e premte, 26 dhjetor 2008

एन आर एन पोर्तुगल को दोश्रो अधिबेशन भब्यता का साथ सम्पन्न

एन आर एन पोर्तुगल को दोश्रो अधिबेशन भब्यता का साथ सम्पन्न

एन आर एन पोर्तुगल को दोस्रो राष्ट्रिय महाधिबेशन लिस्बोन अल्वालादेको हल मा पूर्व सभामुख तथा पूर्व उपप्रधानमन्त्री रामचन्द्र पौडेलले दीप प्रज्वलन गरी भब्य समारोहका बिच उदघाटन गर्नु भयो । कार्यक्रममा सुश्री बिमला गोतामेले प्रमुख अतिथि तथा बिशेष अतिथिहरु लाई ब्याज बितरण गर्नु भएको थियो भने एन आर एन पोर्तुगलका अध्यक्ष पूर्ण हमालले पाहुनाहरु लाई खादा ओडाएर स्वागत गर्नु भएको थियो । राष्टिय गान बजाएर शुरु गरिएको कार्यक्रम मा अतिथि तथा उपस्थित सबै लाई एन आर एन क्षेत्रय अल्गार्वे अध्यक्ष पूर्ण तिमील्सिनाले स्वागत भाषण गर्नु भएको थियो ।

कार्यक्रममा बिशेष अतिथि काबा राजदूत जीवन कुमार श्रेष्ठ, एन आर एन आईसिसी मेम्बर रबिन्द्रमान श्रेष्ठले मन्तब्य दिनु भएको थियो । त्यसै गरी जन संपर्क समिती पोर्तुगल का महा सचिब राजेन्द्र शर्मा, एनडिफ का काबा अध्यक्ष रत्न सापकोटा, गणतान्त्रीक मन्च नेपाल का अध्यक्ष राम बहादुर गौचन,नेपाल पोर्तुगल मैत्री संघ का अध्यक्ष मकर हमाल्, नेपाली समाजका अध्यक्ष पदम तुलाचन र निर्वाचन सम्योजक डा महेन्द्र पन्थी ले शुभ कामना मन्तब्य दिनु भएको थियो ।
प्रमुख अतिथि को आसन बाट बोल्नु हुँदै नेता पौडेल ले प्रबासी नेपालीहरु लाई बढी भन्दा बढी सुबिधा दिन नयाँ संबिधान मा स्पस्ट ब्यबस्था गर्न लागिएको जानकारी दिदै नयाँ संबिधान ले दोहोरो नागरिक्ता, सम्पत्ती ल्याउन लैजान सक्ने जस्ता बिबिध समस्या को हल गर्ने बताउनु भयो ।साथै प्रबासी नेपालीहरु ले नेपाल को कुनै पनि क्षेत्रमा लगानी गर्न सक्ने र पुजी को सुरक्षा को प्रत्याभुती दिने प्रतिबद्दता ब्यक्त गर्नु भयो । अन्तमा अध्यक्ष हमालले प्रबासी नेपालीहरुका बिबिध समस्याहरु समाधान गर्न नेपाल सरकारले ठोस् पहल गर्नु पर्ने कुरामा जोड दिनु भयो । उहाले नेपाल र पोर्तुगल का बिचमा प्रत्यक्ष कुट्नैतीक सम्बन्ध नहुनाले धेरै समस्या झेल्नु परेको बताउनु भएको थियो । कार्यक्रम झलक केसी ले संचालन गर्नु भएको थियो ।

कार्यक्रम को दोश्रो चरणमा बन्द शत्र शुरु भएको थियो । बन्द शत्रमा वार्षिक प्रतिबेदन सचिब लक्ष्मी प्रसाद सापकोटाले र कोषाध्यक्ष झलक के सी ले आर्थिक प्रतिबेदन पेस गर्नु भएको थियो । वार्षिक तथा आर्थिक प्रतिबेदन र शंसोधित बिधान लाई सर्ब सहमती बाट पास भएको थियो । बन्द सत्रको संचालन सोम सापकोटाले गर्नु भएको थियो ।

उक्त अधिबेशनले प्रजातान्त्रिक प्रकृया बाट बिधिवत रुपमा निर्वाचन गरी निम्नानुसारको कार्य समिती च् यन गरिएको थियो । जस अनुसार अध्यक्ष पदमा अत्याधिक मत ल्याइ लक्ष्मी प्रसाद सापकोटा बिजयी हुनु भएको थियो भने अन्य पद हरु मा उपाध्यक्ष मा भिम के सी "कमल" , ओ म शर्मा , सचिब मा खेम रानाभाट ,सह सचिब मा हेमन्त सेढाइ ,कोषाध्यक्ष मा राजेन्द्र गुरुङ बिजयी हुनु भएको थियो। त्यस्तै गरेर सदस्य हरु मा बिमला गोतामे, भानु सापकोटा, बल बहादुर पुन ,बिष्णु गौतम , झपेन्द्र बम मल्ल ,शेर बहादुर रोका मगर , टिकाराम आचार्य ,अशोक गुरुङ ,ध्रुब गौचन , बल बहादुर खत्री र शंकर कँडेल बिजयी हुनु भएको थियो ।



jhalak kc

Lisbon, Portugal.

Nuk ka komente: