


दीपेन्द्र के, सी लुभेन वेल्जियम
सा“ग्रिला समाजको दोस्रो श्रृ◊ला गायक धितालको आगनमा
एन्तोर्पेन , बेल्जियम । लुभेनस्थित सांग्रिला समाजको अग्रसरतामा वेल्जियममा रहेका कला साहित्य संस्कृतिका र्सजकहरुको सम्मान, पहिचान र अवसरहरु उपलव्ध गराउने अभ्रि्रायले थालनी गरेको स्रष्टाको आगनमा सांग्रिलाको दोस्रो श्रृ◊ला नेपाली संगीतका साधक, गायक, र्साई भजनका संरक्षक, कुशल चित्रकार बहमुुखी प्रतिभा नारायण धितालको सम्म्ाानमा एन्त्ाोर्पेनस्थित ओसियन सुसी रेष्टूरेण्टमा यही डिसेम्वर २५ मा सम्पन्न भयो ।
सभापतिको आसनबाट कार्यक्रमको शुभारम्भ गर्दै समाजका अध्यक्ष दीपेन्द्र के.सी.ले संसारमा सवै प्राप्ति सम्भव भएपनि प्रतिभाको प्राप्ति दर्ुलभ रहने भएकोले प्रतिभाको संरक्षण र सम्मानका साथै समयानूकुल अवसरका लागि क्रियाशील रहने प्रण गर्नुभयो । समाजका निवर्तमान अध्यक्ष पुष्पराज अधिकारीले स्थापनाकालदेखिनै समाज भाषा कला साहित्य र संस्कृतिको संरक्षणमा समर्पित रहेको स्पष्ट पार्नु भएको थियो भने समाजका सल्ल्ााहकार अर्जुन श्रेष्ठले स्वागत मन्तव्य प्रकट गर्दै समाजले नेपालीत्वलाई जगर्ेना गर्दै समाजका मोतीहरुल्ााई आभूषणमा परिणत गरी सम्मान र संंरक्षण गर्ने अभियानको सह्राना गनुभयो ।
कार्यक्रमका केन्द्रविन्दू स्रष्टा धितालले विदेशमा पनि यसरी स्रष्टाको खोजी र प्रोत्साहन गरिनुवाट आफूले कलाको र्सार्थकता र उर्जा प्राप्त गरेको आत्मविश्वास व्यक्त गर्नुभयो ।
समाजका सचिव यामु निरौलाको कुशल उदघोषणमा संचालित कार्यक्रमको दोस्रो चरणको शुरुवात गायक धिताल, मदन पाण्डे, नरेन्द्र अधिकारी, कृष्ण श्रेष्ठ, झुना निरौला, मुना ताम्राकारको सामूहिक र्साई भजनवाट भएको थियो भने गायक धितालले आफना एकल गायनपनि प्रस्तुत गर्नुभएको थियो ।
सो अवसरमा चित्रकार उनै धितालव्दारा सिर्जित नेपालीपना र मौलिक १५ चित्रहरु पर््रदर्शनी समेत गरिएको थियो ।
कार्यक्रममै गायिका मुना ताम्राकार, झुना निरौला, वांसुरीवादक अमर लामा, तवला ढोलकवादक धनेश्वर तिवारी आदिले आफना गीत र कला प्रस्तुत गर्नुभएको थियो ।
स्रष्टासंगको अन्तक्रियामा गायक धितालले आफनो कलाको स्रोत आध्यात्मिक रहेको वताउदै आफनो चित्रकारिता र गायनको आरोह अवरोहवारे र्छलङ्गयाउनुभएको थियो । अन्तक्रियामा मदन पाण्डे, दीपकज्योति पौडेल, संजय के.सी., लगायतका व्यक्तिहरुले सहभागिता जनाउनुभएको थियो ।
कार्यक्रमको अन्तमा समाजका उपाध्यक्ष संजय श्रेष्ठले धन्यवाद ज्ञापन गर्दै सांगीतिक सामाग्री उपलव्ध गराउनुभएकोमा इन्द्र गुरुङ्ग र मिना गुरुङ्ग र अन्य सौजन्यका लागि सल्लाहाकार अर्जुन श्रेष्ठप्रति आभार व्यक्त गर्नुभएको थियो । यसै क्रममा समाजका निवर्तमान र वर्तमान अध्यक्षले स्रष्टा धिताललाई संयुक्त रुपमा मायाको चिनो प्रदान गर्नुभएको थियो । धन्यवाद ।
Nuk ka komente:
Posto një koment