










बेल्जियममा एन आर एन दोस्रो रनिंग शिल्ड भलिवल प्रतियोगिता भब्यताका साथ सम्पन्न
पुरुशोत्तम सुबेदी
गत आईतवार दिसेम्बर २८ का दिन बेल्जियम को लुभेन शहरमा एन आर एन बेल्जियमले दोस्रो रनिँग शिल्ड भलिवल प्रतियोगिताको कार्यक्रम सम्पन्न गरेको छ । एन आर एन बेल्जियमका महासचिव नन्दु घलेको संयोजकत्वमा थालियको सो कार्यक्रमलाई सफल बनाउन एन आर एन बेल्जियमको सिंगो टिम लगायत बेल्जियममा रहेका बिभिन्न संघ संस्था का साथै अन्य समाज सेविको संलग्नता रहेको थियो भने भुतपुर्व एन आर एन अध्यक्ष युबराज गुरुङ- किसान केसी लगायत अन्य थुप्रै सदस्यहरुको पनि सहयोगका साथ कार्यक्रममा उपस्थिती रहेको थियो । गत बर्ष जस्तै एस बर्ष पनि भलिवल प्रतियोगितामा ६ बटा टिम ले भाग लियका थिय । भाग लिने टिम हरुमा - विश्व मगर संघबाट खगेन्द्र पुन (टिम क्याप्टेन )राम थापा राजु शर्मा -राम बहादुर मगर -सुनिल पुन मगर -राम पुन-राजु रोका -कपिल कुवंर -प्रेम पुन (टिम मेनेजर ) किरण पुन लगायतका खेलाडिले भाग लियका थिय ।
त्यस्तै -तमु समाज बेल्जियमबाट टिम मेनेजर किरण गुरुङ -याम बहादुर गुरुङ टिम क्याप्टेन)प्रदिप चौधरी -संजय ग्यास्सो दीपक मल्ल -नविन गुरुङ -दुर्गा प्रशाद राइ -शुभास सुब्बा -भिम थेवे -मकुन राइ लगायतका खेलाडी रहेका थिय ।
त्यस्तै थकाली समाज बेल्जियमबाट (टिममेनेजर )रबिन गुरुङ -देबेन्द्र सेरचन -किस्ण सेरचन -राजु गौतम -याम भण्डारी -बिनोद शाही -तुङ निरौला -(सरोज गौचन -टिम क्याप्टेन)सुर्य लाल भट्टचन् -कमल गुरुङ ले भाग लियका थिय ।
त्यस्तै सेर्पा समाज बेल्जियमबाट (टिम क्याप्टेन दावा किन्जो सेर्पा ) -दावा निमा सेर्पा -आङ दावा सेर्पा -प्रकास के सि -हरी लामिछाने - कमल के सि -अमन गुरुङ -साजन राज भण्डारी -आङ द वाङ सेर्पा लगायतका खेलाडिले भाग लियका थिय ।
त्यस्तै फ्रितुर चेक अवे (समाज सेबी सहदेब गौतम) टिमबाट-(टिम क्याप्टेन जुमकाजी गुरुङ) अमृत के सि -अर्जुन गुरुङ -भुसण पन्त -गोपाल छेत्री -शिदार्थ श्रेष्ठ -दुर्गा गुरुङ -मिनजंग राइ -उमेशराज भण्डारी -(टिममेनेजर शहदेब गौतम लगायत ले भाग लियका थिय ।
त्यस्तै मिलिजुली समाज (हेम्बर्ग)जर्मनीबाट (टिम क्याप्टेन बिजय गुरुङ )-याम गुरुङ मेनेजर - रोहित छन्त्याल -सुन्दर गुरुङ - बेला गुरुङ -किसन श्रेष्ठ -मनोज गुरुङ -बसन्त वाग्ले -गणेश छन्त्याल लगायतका खेलाडिहरुले उत्साहका साथ खेलमा भाग लियका थिय । स्मरण रहोस साल बेल्जियम भन्दा बाहिरको कुनै टिमले भाग लियको थियन । तर एस बर्ष भने जर्मनीले भाग लियर थप उत्साह र सहयोग पुर्यायको छ ।
भलिवल खेलको अन्त्य तथा पुरस्कार बितरण कार्यक्रमलाई कुसल उद्घोसक सांग्रिला समाज बेल्जियमका महासचिब यामु निरौला ज्यु ले सन्चालन गर्नु भयको थियो । साथै मन्चमा आसिन एन आर एन बेल्जियम का अध्यक्ष श्री पि जि सेर्पाको अध्यक्षतामा प्रमुख अथिति नेपाली कांग्रेसका नेता तथा माननीय भु पु शान्ती मन्त्री राम चन्द्र पौडेलको आतिथ्यमा बिशेष अतिथी आई सि सी मेम्बर रबिन्द्र मान श्रेष्ठमहिला सदस्य रजनि श्रेष्ठ -युरोप उप संयोजक जानकी गुरुङ - एन आर एन का उपाद्यक्ष दोय श्री प्रशाद सापकोटा र लीला धर पन्त -संयोजक महासचिव नन्दराज घले -सह संयोजक नेत्र बहादुर मगर रहनु भयको थियो । साथै कार्यक्रमलाई सहयोग पुर्यााउनु हुने सबैलाई प्रसंसा पत्र बितरण सकिय लगत्तै भु पु माननीय सान्ती मन्त्री राम चन्द्र पौडेल बाट प्रथम हुने खेलाडी लाई ८८८ युरो नगद कप तथा प्रमाण पत्र र दोश्रो हुने खेलाडिलाई ६६६ युरो नगद र प्रमाण पत्र जानकी गुरुङले बितरण गर्नु भयो भने (मेन अफ द म्याच)को पुरस्कार सांग्रिला समाजका अध्यक्ष श्री दीपेन्द्र के सि ज्यु ले बितरण गर्नु भयको थियो । झन्डै १००० जनाको उपस्थिती रहेको यो कार्यक्रम निकै रोमान्च पूर्ण रहेको थियो ।
Nuk ka komente:
Posto një koment