












नेवा: जागरण मन्च जापानको आयोजनामा दिसेबेर २८तारेख आइतबा:का दिन तोक्योको एदोगावा स्थित नेपाली रेस्तुरेन्ट & बार सुकुन्दाको सभाहलमा बिभिन्न सान्स्कृतिक कार्यक्रमका साथ 'योमरी पुन्ही' भब्य रुपमा सम्पन्न भएको छ /
योमरी पुन्ही को उपलक्षमा उपस्थित हुनुभएका सम्पूर्ण नेपाली तथा जापानी साथीहरुलाई धन्यवाद दिनुहुँदै मन्चका अध्यक्ष सुनिल कुमार शाक्यले कार्यक्रम आरम्भ गर्नु भएको थियो /आफ्नो मन्तब्य दिनुहुने शाक्यले योमरी पुन्ही को बारेमा सँक्षिप्त परिचय दिनु हुँदै योमरी पुन्हीको लोक भाका गाएर सुनाउनु भएको थियो /
नेवा: समुदयमा जन्मदिनको बेलामा योमरिको माला लगाउने चलन छ / तर आजको कार्यक्रममा योमरी पुन्ही र जन्म दिनको सम्झनामा नेपाली तथा जापानी केटाकेती हरुलाई योमरिको माला लगाइ पूजा गरिएको थियो /
सान्स्कृतिक कार्यक्रमका क्रममा नेपाल बाट आउनु भएका कलाकार प्रतिशा शाक्य र जापानमा बसोबास गरिरहनु भएका पुराना न्रित्य र हास्य कलाकार ( हाल ब्यवसायी ) अनिल कुमार शाक्यले बिभिन्न नेपाली लोक गीतका न्रित्य प्रस्तुत गर्नु भएको थियो भने ७ बर्षका बालक केन शाक्यले आजकाल जापानमा सानो केटा केटीहरुमा सबभन्दा ख्याती पाएको गीत 'पोन्यो पोन्यो 'भन्ने पियानो बजाएर उपस्थित हुनु भएका केटाकेतिहरुलाई मनोरन्जन दिएका थिए / त्यस्तै भुतपुर्व किन्दर गार्डेन तिचर सिमोदा ले केटाकेती हरुलाई मनपर्ने गीतहरु गाउँदा उपस्थित स - साना बालकहरु झुम्मिएर नाचेका थिए /
त्यस्तै राजु मुस्याजु ,जनक राज शाक्य ,ज्ञाना शाक्य र उपेश श्रेष्ठको गीतले योमरी पुन्हीको रौनक बढाएको थियो भने अनिल कुमार शाक्य र आजका कार्यक्रमका सबभन्दा जेठो ७६ वर्शिय हर्श रत्न शाक्यका 'जिगु दन्फु हाइ जिगु दन्फु' भन्ने गीतले सबै लाई नचाएको थियो /
उकत कार्यक्रममा नेपाली केटा र जापानी केटी सँग बैबाहिक सम्बन्ध गास्नुभएका नेवा: साथीहरु आफ्नो श्रीमती र छोरा छोरीका साथ उल्लेख्य रुपमा उपस्थित हुनु भएको थियो / त्यस्तै
जापानी तथा अरु नेवा: साथीहरुको उपस्थिति भएको यस योमरी पुन्हीको कार्यक्रममा योमरी र नेवा:खानाले आफ्नो सन्स्क्रिती र मातृभूमी नेपालको सम्झना गराएको थियो /
योमरी पुन्ही सँक्षिप्त परिचय :
कार्तिक महिनाभरी किसानहरुले खेतबाट धान काट्ने झार्ने ,सुकाउने केलाउने र काम सिध्याएर भकारीमा थन्क्याउन्छन र मंसिर महिनाको शुक्लपक्षको पुर्णिमा तिथिका दिन नेवा: समुदायले योमरी पुन्ही मनाउने गरिन्छ / चामलको पिठोको डल्लालाई बाँया हत्केलामा राखेर दाहिने हातको चोर औँलाले थिच्दै भित्र खोक्रो पारी त्यस भित्र भागमा चाकु ,मस्योरो ,मास ,खुवा ,तिल ,नरिवल राखी भाँडाका मुख बन्द गरेर बास्प पाक द्वारा योमरी पकाइन्छ नेपाल भाषामा 'यो' भन्दाले प्यारो र 'मरी' भन्नाले रोटी अथवा मिठाइ लाई भन्ने बुझिन्छ अर्थात योमरी भन्नाले प्यारो रोटी (मिठाइ ) भन्ने बुन्झिन्छ /
यो दिन स्थानीय बिभिन्न टोलका ब्यक्तिहरुले समुहगत रुपमा बाजागाजा सहित गीत गाएर टोल - टोलमा योमरी माग्न जाने चलन छ /
यसै गरी टोल छिमेकका साथीभाइ, केटाकेतिहरु जम्मा भई नेपाल भाषामा 'योमरी च्वामु ,उकिया दुने चाकु, ब्युसा माकु, मब्युसा फाकु ,ब्युम्ह ल्यासे मब्युम्ह बुरिकुटी अर्थात योमरी चुचचो त्यस भित्र गुलियो ,दियो भने मिठो ,दिएन भने तररो / योमरी दिने तरुनी नदिने बुढी भनी लोक भाका हालेर गीत गाउँदै घर घरमा गई रमाइलो गर्दै योमरी माग्ने गरिन्छ /योमरी पुन्ही नेवा: हरुले देउसी भईलो जस्तै गरी मनाउने गरिन्छ /
यसरी माग्न आउनेलाई घरका मुलिले धान ,चामल ,योमरी र पैसा दिने चलन छ / नेवा: समुदायमा यो पुर्णिमाको दिन बिहान सबैरै देखी योमरी र ल्होंचामरी पकाइ बिभिन्न देबी -देउतालाई चढाएर प्रशादको रुपमा पनि खाने गरिन्छ /
Nuk ka komente:
Posto një koment