

जनसर्म्पर्क समिति अमेरिका पेनसलभानियाद्वारा स्वागत कार्यक्रम
हरिओम श्रेष्ठ, पेनसलभानिया र नेपाली कांग्रेसका नेता तथा केन्द्रीय सदस्य सुनीलकुमार भण्डारी र नेपाली कांग्रेस प्रचार समितिका सदस्य कवीर राणालाई पेनसलभानियामा नेपाली जनसर्म्पर्क समिति, अमेरिकाका नवनिर्वाचित केन्द्रीय सदस्य विमल मोक्तानद्वारा दोसल्ला ओढाएर स्वागत गर्नुभयो ।
छोटो समयमा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले दर्शाएको न्यानो आतिथ्या, आत्मीयता र एकता देखेर उहाँहरु प्रफुल्ल हुनुभएको थियो भने देश र जनताप्रति देखाएको चासो र चिन्ताप्रति गम्भीर हुनुभएको थियो ।
देश र जनताका लागि सम्पर्ूण्ा जनता एक ढिक्का हुनुपर्ने बताउँदै प्रजातन्त्रमा समेट्न सक्ने सबैलाई समेटेर लैजानुपर्ने दायित्व बोकेको पार्टर्ीी बहस, छलफल, अन्तरविरोध र वादविवाद हुनु स्वाभाविक रहेको बताउँदै विगतका आन्दोलनमा नेतृत्व गरेको पार्टर्ीी काँधमा नयाँ नेपाल बनाउने जिम्मेवारी रहेकोले नयाँ समृद्धि नेपाल बनाउनका लागि सम्पर्ूण्ा देश-विदेशमा रहेका नेपालीहरुको सहयोगको आवश्यकतामा नेता भण्डारीले जोड दिनुभयो ।
उक्त कार्यक्रममा यहाँका नेपालीहरुको तर्फाट आप\mनो विचार राख्ने क्रममा श्री विनोद मोक्तानले सात समुद्रपारी बसे पनि प्रत्येक नेपालीको मनमा देशप्रति गहिरो चिन्ता र चासो रहेको बताउँदै पर्ूण्ा प्रजातन्त्र, स्वतन्त्रता, दिगो शान्ति र विकासका लागि विश्वको जुनसुकै कुनामा बसेको भए पनि प्रत्येक नेपाली एक हुनुपर्ने बताउँदै कमसेकम प्रजातान्त्रिक धारमा समेट्न सक्नेहरु एक हुनुपर्नेमा जोड दिँदै अन्त्यमा नयाँ नेपालको सपना पानीको फोका जस्तो हुने दाबी गर्नुभयो ।
सो कार्यक्रममा महाधिवेशनको बारेमा प्रस्टयाउँदै श्री कवीर राणाले नेपाली जनसर्म्पर्क समिति, अमेरिकाको महाधिवेशनमा कुनै गुट-उपगुट नरहेको जानकारी दिँदै प्रजातन्त्रप्रेमीहरु सबै एक ढिक्का रहेको र सधैँ एक ढिक्का रहने विश्वास व्यक्त गर्नुभयो ।
Nuk ka komente:
Posto një koment