


आज प्रथम विश्व युद्ध समाप्त भएको ९० वर्षभएको छ । यसै अवसरमा विश्व भर विभिन्न कार्यक्रमको आयोजना गरियो । प्रथम विश्व युद्धको अग्रपन्तिमा रहेको वेल्जियमको इपर सहरमा एक विशेष कार्यक्रमको आयोजना गरि प्रथम विश्व युद्धको संझना गरियो । यो विश्व युद्धमा इपर सहरमा मात्र करिव १० लाखले विरगति प्राप्त गरेका थिए।
विरगति प्राप्त गर्ने हरुमा गोर्खा राइफलमा कार्यरत नेपालीहरु पनि छन ।यसै इपर सहरमा प्रथम विश्व युद्ध ताका हजारौको संख्यामा गोर्खा राइफलका नेपालीहरुले विरगती प्राप्त गरेका थिए । हरेक वर्षनवोम्वर ११ तारिक ११ वजे यस सहरमा विशेष कार्यक्रमहुने गर्दछ । नेपालीहरु प्रति श्रदान्जली दिने क्रममा युरोपमा रहेका नेपालीहरुको यस दिन घुइचो लाग्ने गर्दछ । यस वर्ष नेपालीको घुइचो भने तेति लागेन तर नेपाल सरकारको तर्फाट महामहिम राजदुत प्रमेस हमाल र दुतावासका प्रथम सचिव दुगा प्रसाद भण्डारी भने उपस्थित हुनु भएको थियो । उहाहरुले नेपाल सरकार र नेपालीको तर्फाट प्रथम विश्व युद्धमा विरगति प्राप्त गर्ने हजारौ योद्धाहरुलाई श्रदान्जली प्रकट गर्नु भएको थियो ।
Nuk ka komente:
Posto një koment