
अन्तरराष्टिय कलाकारहरुको सम्मेलनमा भाग लिन युरोप आएका नेपाली प्रख्यात कलाकार रमेश वुढाथोकी युरोपमा लुटिएका छन । फ्रान्समा सो सम्मेलन सकिएपछि वेल्जियमआउने क्रममा उनि लुटिएका हुन ।कलाकार वुढाथोकीको साथमा रहेको सवै समान लगायत क्यामरा र युरो १५ सय समेत लुटेराहरुले लुटेका थिए । ३ दिनको वेल्जियम वसाइ पश्चात उनि हाल नेपाल पुगि सकेका छन । वेल्जियम लगायत उनले हल्याण्ड जर्मन समेतको भ्रमण गरेका थिए ।
नमस्ते युरोप संगको भेटमा उनले यसरी लुटिदा साहै खिन्नता भएको वताएका छन ।विशेषत आफुसंग रहेको महत्वपर्ुण्ा कागजातहरु गुमाउन पुगेकोमा उनि मर्महात भएका छन । युरोपमा रहेका नेपाल कलाकारसंग सुखद पर्ुनमिलनको घडीमा समेत उनको अनुहरले सो तथ्यलाई दर्शाएको थियो ।
लुटिएका कलाकारलाई उनका फयानहरुले सहयोग गर्ने मनसाय व्यक्त गरेता पनि उनले सहयोग भने लिन मानेनन तथापी उनका सहकर्मी पार्वती अधिकारीको सहयोगलाई भने उनले इन्कार भने गर्न सकेनन । युरोपवाट विदा हुने वेलामा उनले आफना शुभचिन्तकलाई कलाक्षेत्रलाई माया नमार्ने सल्लाह दिएका थिए ।
वुढाथोकी नेपाली कलाक्षेत्रमा चर्चित रहेका छन ।
Nuk ka komente:
Posto një koment