
नयां नेपाल निर्माणको नयां आर्थिक कार्यक्रम सफल पार्न सुझाव
नेपाल कृषि प्रधान देश हो र अहिले पनि असि प्रतिसत भन्दा वढि नेपाली जनता कुनै न कुनै रुपमा कृषि तथा कृषिमा आधारित व्यवसायवाट जिविका चलाइ रहेका छन । त्यसैले नेपालको समग्र विकासको लागी कृषिको विकासलाइनै पहिलो प्राथमिकता दिनु पर्ने नेपालका सवै खाले विशेषज्ञहरु स्विकार्छन । यस्को लागी सवभन्दा पहिले जटिल रुपमा रहेको सामान्ती संरचनामा आमुल परिवर्तन गर्नुपर्ने हुन्छ र यस्लाइ राजनीतिक दृढता विना समाधान गर्नै सकिंदैन त्यसकारण सवभन्दा पहिले राजनीतिक रुपले वैज्ञानिक तथा क्रान्तिकारी भुमी सम्वन्धि निती तय हुन पर्यो र त्यसलाइ लागु गर्न पर्यो । यो गर्न लामो वहस छलफल र दिर्घकालिन योजनाहरुको आवश्यकता पर्छ तर पनि यस्लाइ जति सक्यो छोटो अवधिमा टंुग्याएर नेपालमा कृषिमा आधुनिकीकरण गरेर वहुसंख्यक भोका नांगा जनताको समस्या समाधान भए मात्र आम नेपाली जनताको मुहार फेरिन सक्ने कुरामा दुइमत नहोला । तर यो नभए सम्म अर्को सहायक आर्थिक विकासकेा थालनी गर्नै हुंदैन भन्ने कुरा पनि युक्तिसंगत नहोला । त्यसैले वर्तमान सरकारले माथी उल्लेखित दिशा तर्फपनि तदारुकताका साथ लाग्ने साथै तत्काल गर्न सकिने अन्य आर्थिक विकासका उपायहरु उपर पनि प्राथमिकताका आधारमा गम्भिरतापर्ूवक विचार गर्दै योजनावद्ध ढंगले अगाडी वढदा यस्ले पक्कै पनि फाइदा गर्नेछ र साथै सरकारको वहुमुखी सोंच र योजनाले विविध वर्गका जनतालाइ अवस्य पनि सकारात्मक प्रभाव पार्ने छ । वर्तमान पर्ूवाधारहरुमा सामान्य सुधार तथा परिवर्तन गरेर तत्काल प्रभावकारी रुपमा गर्न सकिने योजनाहरुलाइ सफल पार्न सके यस्ले कमसे कम केही हदसम्म नेपालको वाषिर्क व्यापार घाटामा थोरै भए पनि घटाउने काम गर्छ भने देशको वेरोजगारीलाइ केही हदसम्म घटाएर पहिले व्यवसाय गर्दै आएकाहरुलाइ भविष्य प्रति आत्मविश्वास दिलाउनका साथै यो नयां परिस्थितीमा व्यवसायलाइ नयांढंगले सरकारको नयां आर्थिक निती पव्लिक प्राइभेट पार्टनरसिपको निति अनुसार अगाडी वढाउने मौका पाउनेछन । वर्तमान पर्ूवाधारहरुमा थोरै समय भित्र सुधार तथा परिवर्तन गरेर विदेशी मुद्रा आर्जन गर्न सकिने व्यवसाय भनेको पर्यटननै हो । पर्यटनको विकास संग अरु धेरै आर्थिक विकासका योजनाहरु प्नि जोडिएको हुनाले थोरै मात्रमा भए पनि नेपालले गर्दै आएको विदेश निकासी गर्न सकिने वस्तुहरु नेपाली गलैचा लगायत अन्य हस्तकलाका व्यवसायहरु ज्ाो अहिले ज्यादै गिर्दो अवस्थामा छ त्यसता व्यवसायहरुको पर््रवर्धन गराएर त्यसलाइ पुनर्जिवित गर्न सकिनेछ साथै विदेशी मुद्रा आर्जन गर्न सकिने अन्य योजनाहरुको पनि विकास गर्न सकिनेछ ।
संसारका कुनै पनि विकसित देशले आफनो देशको विशिष्टतालाइ पहिल्याएर त्यसैलाइ प्राथमिकता दिइ राष्ट्रिय योजना भित्र पारेर अभियान शुरु गरेका थिए र त्यसैमा उनिहरुले विशिष्टता पनि हासिल गरेर देशको अर्थतन्त्रलाइ माथी उठाउंदै विश्व वजारमा आफनो प्रभुत्व जमाए । उदाहरणको लागी जापानलाइ लिन सकिन्छ । दोस्रो विश्व युद्ध पछि जापानले सारा जनतालाइ औधोगिक क्रान्तिमा होमे । उनिहरुले ध्यान केमा दिए भने अर्को देशको वैज्ञानिकले अविष्कार गरेका विद्युतिय तथा अन्य यन्त्रको प्याटेन्ट किन्ने र त्यसलाइ परिमार्जित गरेर यस्तो रुप दिनेकी जव त्यो माल विश्व वजारमा जान्छ त्यसले तहल्का मच्चाइ दिन्छ । जापान निर्मित इलेक्ट्रोनिक सामानहरु जस्तै टिभी,रेडियो,क्यामरा,घडि जस्ता सामानहरु जोडनु भनेको इज्जतै वढने रुपमा विश्वका उपभोक्ताहरुको मानसिकता वन्यो जुन यद्यपी जारी छ । त्यसतै गरेर विश्वका सवै विकसित देशहरुले आफनो कुनै न कुनै विशिष्ट सामानको उत्पादन गरेर त्यसलाइ विश्व वजारमा कम प्रतिस्पर्धामा उतारेका छन त्यसैले उनिहरुको अर्थतन्त्र माथी छ । यो सकारात्मक सिको हामीले पनि किन नगर्ने । हाम्रो देशको आफनै विशिष्टता छ भौगलिक विविधताको विशेषता भित्रवाट हामीले कम प्रतिस्पर्धा हुने वस्तु उत्पादनमा ध्यान किन नदिने र योजना किन नवनाउने । नेकपा माओवादीको पांचवोटा ज भित्र पर्ने जल र जमिनको विकासमा योजना सम्पन्न भए रोपवे वाट मुस्तांगको स्याउ पोखरा र डोल्पाको स्याउ धनगडि हुंदै हामीले भोलिपल्ट भारतको दिल्ली र वंगलादेशको ढाकाको उपभोक्ता विच पुर्याउन सके राम्रो मूल्यमा खोसाखोसनै हुनेछ त्यस्तै गरेर गोर्खा मनकामना र धनकुटाको सुन्तलाको पनि । यस्ता विशिष्ट खाले उत्पादन हाम्रो देशको पहिचान वनाउन सके हामीले पनि हाम्रो अर्थतन्त्रलाइ माथी उकास्न धेरै समय लाग्ने थिएन ।
विकसित देशहरुले गरेको विभिन्न क्षेत्रको विकास वयान गरि साध्यनै छैन तर कतिपय विकास समय क्रममा प्रत्युत्पादक पनि भएको छ तर त्यसलाइ तुरुन्तै प्रतिस्थापन गर्न सक्ने अवस्था पनि छैन । जस्तै युरोपमा ओधोगिक क्रान्ति पछि कृषिमा पनि औधोगिकीकरण भयो,आंखाले नभ्याउने गहु र आलुको खेती त युरोपमा सामान्यनै हो । सवै मेसिनलेनै गर्छ,विउहरु प्नि हाइव्रिडका छन एकनासले फल्छन । तर समस्या रासायनिक औषधिहरुको हो जो वाली संरक्षणको लागी सयौं वर्षदेखी प्रयोग गरिंदै आएको छ यद्यपी त्यसको मात्राको नियन्त्रणको लागी मानिसले उपभेाग गर्न उपयुक्त छकि छैन भनि कडिकडाउका साथ क्वारान्टाइन पास गरेर मात्र उपभोक्ता कहां पुग्छ । युरोपमा हरेक खाद्य वस्तु जस्तै अन्नपात,डेरी प्रडक्ट,लाइभस्टक-मासु)तथा फलफुल जस्ता सवै चिजको अन्तरराष्ट्रिय स्तरको क्वारान्टाइन पास गरिएको हुन्छ । तर ति सवै खानेकुराहरु सत प्रतिसत प्राकृतिक भने हुदैनन । खाने मामलामा सचेत युरोपेलीहरु प्ा्राकृतिक किसिमले उत्पादन गरेको खाद्यपदार्थ खान राम्रो मान्छन तर यो उनिहरुको देशमा संम्भव छैन । तर हाम्रो देशको कतिपय भागमा अझै पनि प्राकृतिक किसिमले उत्पादन गरिने परम्परागत प्रणालीनै छ त्यसलाइ विकसित गराएर ठुलो मात्रामा उत्पादन गर्न सके युरोपका एउटा वर्गको वजार समाउन सकिनेछ । यो वर्गको उपभोगको लागी युरोपमा सिमित फार्म तथा कम्पनिहरुले वायो प्रडक्ट भनी उत्पादन गर्छन जुन स्थानिय वजारको मुल्य भन्दा तेव्वरनै तिर्नु पर्ने हुन्छ त्यसैले यस्को वजारको विस्तार एकदमै कम छ तर हामीले हाम्रो सस्तो श्रम र रसायनवाट अछुत जमिनमा केही सिमित कृषि वस्तुहरुको वायो प्रडक्ट युरोपको वजारमा हाम्रो आफनै हवाइजहाजमा ल्याउने हो भने पनि राम्रै नाफा हुनसक्छ । तर यि वस्तुहरुको उत्पादन र वजार व्यवस्थापनमा भने सजिलो छैन । यस्को लागी कमसेकम हाम्रो अन्तरराष्ट्रिय विमानस्थलमा वातानुकुलित वेअरहाउस हुनु अनिवार्य छ र हाम्रो देशमानै अन्तरराष्ट्रिय स्तरको क्वारानटाइन प्रमाणित गर्ने प्राविधिक व्यवस्था हुनर्ुपर्छ । तैपनि वायो उत्पादन गरिएको लामो समय सम्म राख्न सकिने तरकारी जस्तै काउली,वन्दा,मुला,फर्सर्ीी मास,वोडी जस्ता गेडागुडीहरु अलिकति मेहनत गरे अहिले देखीनै युरोपको वजारमा वेच्न सकिन्छ साथै वायो चिया र कफीको वजार लिन सकिन्छ । हाम्रो देशमा कृषि विशेषज्ञ र उद्यमीहरुको कमि छैनन अहिलेको सरकारले वास्तविकरुपमै ध्यान पुर्याएर उनिहरुलाइ यस तर्फअघि वढन सक्ने वातावरण वनाए लगानी हुनसक्ने वलियो संम्भावनालाइ नर्कान नमिल्लाकी साथै वायो उत्पादन गर्ने युरोपका कृषक तथा कम्पनिहरुसंग संयुक्त लगानी को लागी पनि पहल गर्न तिर पनि सरकारले चासो दिनु पर्ने देखिन्छ ।
र हाम्रो देश जलस्रोतको धनि देश भनिंदै आएकोछ तर यस्को उपयोग सुन्य वरावरनै छ केही भएका पनि हाम्रो राष्ट्रिय हितमा नभइ छिमेकी देश भारतले फाइदा लिदै आएको जगजाहेरनै छ त्यसलाइ गणना नगर्दा पनि हुन्छ । वर्तमान संक्रमणकालिन राजनीतिक अवस्थामा जतिसुकै सुविधा दिएर निम्ता गरे पनि अहिले देशमा स्वदेशी तथा विदेशी निजी क्षेत्रको लगानी आउन हिच्कीचाइ रहेको अवस्था छ । यो अवस्थामा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुलाइ पहिला सामुदायिक खालको ग्रामिण साना जलविद्युत योजनाहरुमा लगानी गर्न प्रोत्साहित गर्दै गएमा केही वर्षपछि यस्को सफलतावाट उत्साहित भएर उनिहरु मझौला खाले परियोजनाहरुमा पनि लगानी गर्न तम्सीने छन । वरु यस्ता योजनाहरुलाइ कसरी कम लागतको वनाउन सकिन्छ स्वदेशी प्राविधीकहरुले तय गर्नु पर्ने हुन्छ । तत्कालै ग्रामिण भेकमा साना जलविद्युत परियोजनाहरु सफलतापर्ूवक पुरा गर्न सकियो भने पनि यस्ले वर्षोनी डिजेल र मट्टतिेल खरिद गर्न विदेश जाने ठुलो धनरासी विदेश जानवाट रोकिन्छ । विजुलीको प्रयोगले ग्रामिण जिवनको शिक्षा,स्वास्थ्य र अन्य आयमुलक व्यवसायहरुको विकासका साथै ग्रामिण जनतालाइ विस्तारै आधुनिकीकरणको दिशातर्फअग्रसर गराउने छ । ग्रामिण भेकमा भएका परम्परागत साना कुटिर तथा लघु उद्योगहरुलाइ विद्युत मिश्रीत गर्दा समयको वचतको साथै उत्पादन लागत पनि कम भइ वजारमा प्रतिस्पर्धामा आउन सक्छन जस्ले गदौ गाउलेहरुको आम्दानी वढन गइ जिवनस्तरमा सुधार आउनेछ र भोली यस्ले राष्ट्रिय वजेटमा अहम भुमिका समेत खेल्ने छ । श्रमको वचतको कुरा गर्दा हाम्रो गाउं घरमा सामान्य घिउ निकाल्न मोही पार्ननै हामीलाइ कम्तीमा थकाइ लाग्ने गरि कम्तीमा आधा घन्टा पंलेटी कसेर मदानी घुमाउनु पर्ने हुन्छ भने विजुली भएमा त्यो काम पांच मिनट भन्दा कम समयमा पुरा हुन्छ । सानो परिणामको जडिवुटि प्रसोधन,मह प्रसोधन,नेपाली कागज उद्योग तथा फलफुलको जुस र क्यानिंग फुडको कम विजुलीमा संचालन हुने लघु उघोगहरु पर्ूव मेची देखी महाकाली सम्मका माहाभारत श्रृखलाको पहाडी भुभागहरुमा जहां साना ठुला सडकहरु पुगेको छ त्याहा सजिलै सित संचालन गर्न सकिन्छ र त्यो उत्पादनलाइ केन्द्रिकृत गरेर स्वदेशी तथा विदेशी वजारमा हामीले उर्तान सक्छौं मात्र यस्को लागी सरकारको राष्ट्रिय योजना हुनु पर्यो साथै विशेषज्ञहरु यो विषयमा गम्भिरता पर्ूवक लाग्नेहो भने हामीले कालान्तरमा विश्व वजारमा हाम्रो उत्पादनको खपतलाइ स्थायी वनाउन सक्नेछौं । साथै सरकारले विश्ववजारको माग र ट्रेन्डको अध्ययन गर्न विशेषज्ञहरु लाग्न पर्ने र त्यसको सूचना प्राप्त गर्न तथा विविध ज्ञान आर्जन गर्न विकसित देशहरुमा आयोजना हुने विभिन्न व्यापार मेलामा हाम्रा विशेषज्ञ तथा उत्पादकहरुले भाग लिएर हाम्रो उत्पादनलाइ अन्तर्रर्ााट्रय वजारमा खपत गराउने तर्फपनि त्यत्तिकै ध्यान दिन पर्ने जरुरी हुन्छ ।
यस्कारण जलविद्युतको विकासको कुरा गर्दा साना जलविद्युतको विकास र त्यसको साथसाथै माथी उल्लेखीत अन्य विकास गर्न सकिने सम्भावना र व्याभरिकता प्रति आंखा चिम्लेर मात्र ठुल्ठुला विद्युत परियोजनाहरु विदेशी रिण लगानीमा विदेशीलाइ वनाउन लगाएर वन्ने विजुली वेचेर हामी धनि वन्न सक्छौं भन्ने सपना देख्नु निश्चय पनि वुद्धिमानी हुने छैन । यस्कारण हाम्रा अनुभवी व्यवसायी र विशेषज्ञहरुको संयुक्त सहयोगमा वर्तमान सरकारले थोरै लगानीमा तत्काल गर्न सकिने योजनाहरु वनाएर स्वदेश तथा विदेशमा वस्ने नेपालीहरुको लगानीलाइ ग्यारेन्टीका साथ आकर्षा गर्न सके नयां नेपाल निर्माणमा सानै भए पनि एउटा कोशे ढुंगा सावित हुने थियो ।
रामवहादुर गुरुङ्ग , वेल्जियम ।