e martë, 29 korrik 2008

e diel, 27 korrik 2008

अनेसास जापानको आयोजनामा भानु जयन्ति सम्पन्न


अनेसास जापानको आयोजनामा भानु जयन्ति सम्पन्न

मगर

e shtunë, 26 korrik 2008

e premte, 25 korrik 2008

nrn




e hënë, 21 korrik 2008

e shtunë, 19 korrik 2008

nrn

e enjte, 17 korrik 2008

बिमल usaa



भानु तिमीलाई अन्जुली भरी श्रधासुमन
रम्भाको शाहीतिक
उर्बरा भुमिमा आमाको
बत्सल्एमय कोखबाट
नेपाली साहित्यफाटको
उथ्खनन गर्दै तमाम नेपालीहरुको
जनजिब्रोमा साहित्यको गुलियो रस्चखाउदै
ह्रिदयेको अन्धकारबाट
कालो बादल हटाई, साहित्यको ज्योति ल्याऔ
कोमल भाबना युक्त कृतिहरु
रामायण, बधुशीक्षा, भक्तमाला र प्रश्नोतरी
जनमानसमा ल्याइ सरल र सजिब
ढंगबाट चित्रण गर्यौ
उत्साह र प्रेरणा दिने बिम्बर
प्रतिकका धनी भानु
तिम्रो स्वस्थ चिन्तनले
प्रभाबित हामी नेपालीहरु
साहित्यको काब्याधाराबाट
कैलैपनि उम्कन सक्दैनौ
तिम्रो महानताप्रती आजका दिनलाई सम्झनागर्दै
"भानु तिमीलाई आन्जुली भरी श्रध्दासुमन"२

बिमल गिरी
अनेसास(बेल्जियम च्यापटर)
चारपाने, झापा, नेपाल

पस्च्यताप्मा दुबी
जीबन जिर्न नबनाउ जीबन
एक इस्वर् को उपहार हो |
चट्याणमा फुल्ने सुनखरी त
बाचीरहेछ
न जल न मल
यो पनि त भगवान को बर्दान हो
मानब जीबनमा
कहिले काही उताड चडाब त भइनै रहन्छ
यो पनि त एउटा
रङमन्च नै हो
त्यसै ले
सम्झ बुझ र सामना गर्न सिक
यहि नै तिम्रो महानता हो

- उषा गिरी
चारपाने झापा
हाल बेल्जियम ब्रसेल्स

e mërkurë, 16 korrik 2008

e martë, 15 korrik 2008

साहसिक साइकल यात्री पुष्कर शाह




हा.. जताततै ´सुनिन्छ हाई-हाई´
एउटा गीत गाइदिनुस पुष्कर, दाई बल्लै भो भेट हाँसी देऊ बोलिदेऊ खोली मनपेट...

भर्खर शुरू भएको गर्मीयाम संगै युरोप मा धमाका मच्चाहिरहेको युरो फूटबलको समय पारेर विष्वमा शान्ति फैलिरहोस भन्ने नारा लिई नेपाल र नेपाली को पहिचाहन गर्ने उदेष्य बोकेर सन १९९८ बाट साईकिल कुदाउंदैं हिडेको साहसिक यात्री पुष्कर शाह संग २८ जून को बेलुका बार्सिलोनामा भेट भयो। उहांको यात्रा को क्रममा पहिला नेपाल टेलीभिजन मा अन्तर्बार्ता हेर्दा म मा केही प्रश्नहरु नउब्जेका पनि होइनन तर आज प्रत्यक्ष भेटी कुरा गर्दा खुसी लाग्नु त छदै थियो भने अर्को तर्फ़ उहांको यात्रा को कथा भनौ या भोगेको यथार्थ कति दुख:दाई कति खुसियाली, कतिखेर मन सीरिंग हुन्थ्यो त कतिखेर रमाइलो पनि। युरो कप फूटबल को फाइनल खेल संगै बसेर हेर्ने मौका मिल्यो। स्पेन को बार्सिलोनामा संगै साथिहरु संग बसी उहांको इतिहास हेर्ने र सुन्ने मौका पायौ। फूटबल खेलमा स्पेनको जितपछि त झनै रमाइलो छायो।
यसरी साथी नगेन्द्र सापकोटाले गीतको सुमधुर लयबाट गीत गाउन अनुरोध गर्नुभयो। वास्तवमा पुष्कर शाह हँसिलो, मिलनसार मात्र नभई धेरै रमाइलो पनि हुनुहुँदोरहेछ। उहांको उत्तर थियो ´´तिमी कहांको म कहांको संजोगले भेट हाम्रो जुराको, बल्लै भो भेट हांसिदेउ बोलिदेऊ.... साथिहरु छम-छम नाच्दै पनि हुनुहुन्थ्यो। वास्तवमा पुष्कर शाह मा धेरै ठुलो धैर्य र साहस थियो, उहांले अहिले सम्म पार गरिसकेका १२२ राष्ट्र र हरेक राष्ट्रमा भोगेका दुख:सुखका यात्राहरुलाई हेर्दा लाग्छ आफ्नो मातृभूमि प्रति असीमित माया छ उहांमा, अनि चिनाउनु छ नेपाललाई विश्वको सामु, फहराउनु छ विश्वको राष्ट्रीय झन्डाहरू सगरमाथाको शिखरमा। उहांको यात्रा झन्डै १५० को देश को हाराहारिमा सन २००९ मा टुंङ्गिने र सन २०१० मा सगरमाथाको शिखर चुमेपछि पूर्णरूपले बिश्राम मार्ने छ। उहां आफ्नो यात्रालाइ पुस्तकको रूप दिनुहुनेछ जसबाट हामी तथा नया पुस्ताले धेरै कुरा सिक्नेछौ। सगरमाथाको शिखर चुमेपछि बाँकी जीवन कसरी बिताउनुहुनेछ? भनी सोधिएको एक प्रश्नमा आफ्नै गांऊ फर्की गांऊको विकास कार्य मा जुट्ने प्रर्तिबद्ता जाहेर गर्नु भयो।

बार्सिलोनामा रहदैँ आएका हामी नेपाली बिच उहां वास्तवमै साहसी, धैर्यवान र एक पूर्ण देशभक्त पुरुषको रूपले परिचित भएर यहाँबाट जुलाइ १० तारीख बिदाभइ पूर्वी यूरोप इटाली तर्फको यात्रालाई निरन्तरता दिनुभयो। हामी उहांको यात्राको सफलताको कामना गर्दछौ।

-जगदीश सापकोटा (बार्सिलोना, स्पेन)

e hënë, 14 korrik 2008

स्वीजरल्याण्डमा एक साथी नेपाल पठाउ अभियान कार्यक्रम आयोजना








नेपाली दुतावास स्वीजरल्याण्डको आयोजनामा एक साथी नेपाल पठाउ अभियान संचालन गरिएको छ । एन आर एन स्वीजरल्याण्डसंगको सहकार्यमा स्वीजरल्याण्डमा वसोवास गर्ने नेपालीहरुलाई नेपालमा पर्यटक गन्तव्यको स्थान वनाउन महत्वपर्ुण्ा भुमिका खेल्न सकुय गराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको थियो ।
त्यहा स्थित नेपाली संध संस्थाको प्रतिनिधी विधार्थी र स्वीजरल्याण्डमा वसोवास गर्ने नेपालीको हरुको उल्लेख्य उपस्थिती रहेको उक्त कार्यक्रममा एन आरएन का सल्लाहकार प्रा शर्ुय प्रसाद सुवेदीको उपस्थिती रहेको थियो ।
कार्यक्रममा स्वीजरल्याण्ड स्थीत नेपाली राजदुत महामहिम डा दिनेश भटराइले नेपालको वदलिदो परिस्थितीमा नेपालको विकासको अग्रणी भुमीका पर्यटनले गर्ने भएको हुदा एक साथी नेपाल पठाउ अभियानमा सहृदय साथ दिन आग्रह गर्नु भयो ।
कार्यक्रममा एन आर एन स्वीजरल्याण्डका अधक्ष्य संजय मुडवेरी नेपाली समाजका पर्ुव अध्ाक्ष्य माधव राज आचार्यले कार्यक्रमको सान्दभिकतालाई प्रकास पार्नु भएको थियो ।
सास्कृतिक कार्यक्रम समेत अयोजना गरिएकेा सो कार्यक्रममा विश्व प्रसिद्ध नेपाली साइकल यात्री पुस्कर शाहलाई स्वीजरल्याण्डमा स्वागत गरिएको थियो ।
रात्री भोजसंगै अन्त्य गरिएको सो कार्यक्रममा नेपाली दुतावास स्वीजरल्याण्डका मिनिस्टर काउन्सिल भरतराज पौडेलले सवै सहभागीलाई धन्यवाद दिनु भएको थियो ।

बेल्जियममा भानु जयन्ती तथा कविता गोष्ठी सम्पन्न






आदिकवि भानुभक्तको १९५ औं जन्म जयन्ती तथा कविता गोष्ठी असार २९ गते आईतवार ब्रसेल्समा भब्यताका साथ सम्पन्न भएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरले आयोजना गरेको उक्त कार्यक्रममा बेल्जियममा रहनु भएका कवि तथा कवयित्रीहरुले भानुभक्त सम्बन्धी तथा समसामयिक विषयका आआफ्ना कविता प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा कवि विमल गिरी, कुम शाही, विनिता रिमाल, पुरुषोत्तम सुवेदी, रमेश कँडेल, बोधराज पौडेल, जीतेन्द्र अधिकारी र कृष्ण बजगाईंले आआफ्ना कविता वाचन गर्नु भएको थियो ।
त्यस्तै कवयित्री साजु बजगाईं 'नेपाल', बिनिता रिमाल र बालकवि कृतिस बजगाईं निश्चल गिरी तथा बालकवयित्री निष्ठा तिवारीले आफ्ना कविता पाठ गर्नु भएको थियो ।
उक्त कार्यक्रमको लागि अमेरिकाबाट प्राप्त होमनाथ सुवेदीको कविता विमल गिरीले, नम्रता गुरागाईंको कविता श्रीमती देवी गौतमले, रमेश पल्लवको कविता गजेन्द्र क्षेत्रीले, भुपेन्द्र महतको, गजल अर्जुन घिमिरेले पाठ गर्नु भएको थियो । त्यस्तै नेपालबाट प्राप्त मोहन सिटौलाको कविता शिवराम ढकालले, प्रकाश शिलवालको कविता शागर अधिकारीले, श्रीशीशा राईको कविता रवीन्द्रमान श्रेष्ठले, राजकुमार कार्कीको कविता श्रीमती दुर्गा तिवारीले, बद्री पलिखेको कविता बीरेन्द्र गुरुगंले र बेल्जियमबाट प्राप्त शुशील न्यौपानेको कविता उत्तम गौतमले र उषा गिरीको कविता शंकर बोगटीले वाचन गर्नु भएको थियो ।
उक्त कार्यक्रममा वाचित कविताहरु चाँडै प्रकाशित हुन लागेको अनेसास बेल्जियमको साहित्यिक पत्रिका 'शब्दाञ्जली' को दोस्रो अंकमा प्रकाशित गरिने कुरा बताईएको छ ।
कार्यक्रममा अनेसासको २००६-०८ का अध्यक्ष प्रोफेसर मोहन सिटौलाले पठाउनु भएको शुभकामना मन्तब्य बेल्जियम च्याप्टरका उपाध्यक्ष विमल गिरीले पढेर सुनाउनु भएको थियो ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरले आयोजना गरेको उक्त कार्यक्रमका वक्ताहरुले भानुभक्तको बिविध आयामहरुको बारेमा व्याख्या गरेका थिए ।
कार्यक्रममा अतिथिको आसनबाट बोल्दै नेपाली राजदुतावास बेल्जियमका प्रथम सचिव दुर्गा प्रसाद भण्डारीले भानुभक्तले नेपाली भाषाको माध्यमबाट नेपालको भावानात्मक एकीकरण गरेको कुरा बताउनु भयो ।
अर्का अतिथि एनआरएनका आईसिसि सदस्य रवीन्द्रमान श्रेष्ठले विदेशमा रहेर पनि नेपाली भाषा साहित्य प्रति अनेसासले गरेको कार्यको प्रशंसा गर्दै फ्रेंचहरु जसरी नै हामी पनि आफ्नो भाषा प्रति सचेत हुनपर्दछ भन्नु भयो ।
सभापतीको आसनबाट बोल्दै अनेसास बेल्जियम च्याप्टरका अध्यक्ष तथा केन्द्रीय कार्य समितिका नवनिर्वाचित महासचिव कृष्ण बजगाईंले भानुभक्तको परिष्कारवादी काव्य धारको चर्चा गर्नु भयो । उहाँले बेल्जियममा जन्मिएका नेपाली बालबालिकाको लागि चाँडै नै नेपाली भाषा कक्षा संचालनमा ल्याउन तयारी गरिरहेको कुरा बताउनु भयो ।
कार्यक्रममा स्वागत मन्तब्य अनेसास बेल्जियमका महासचिव रमेश कँडेलले तथा कार्यक्रम संचालन कोषाध्यक्ष कुम शाहीले गर्नु भएको थियो ।

e diel, 6 korrik 2008

माओवादीहरु संगठनहरुलाई विस्तारित गर्ने काममा व्यस्त



समाजवादी रुसको विघटन र समाजवादी चाइनाको पुजीवादीमा पतन भएपछि साम्राज्यवादी देशहरुमा अत्यन्तै कमजोर अवस्थ्ँँम्ँ पुगेका माओवादी संगठनहरु हाल आएर नेपाली जनयुद्ध र त्यसको उपलव्धीलाई आफ्नो मार्ग निर्देशक सिद्धान्त मान्दै आफ्नो पार्टर्ीीथा संगठनहरुलाई विस्तारित गर्ने काममा व्यस्त रहेका छन् ।

यसै क्रममा स्थापना कालदेखिनै कार्क इटलीले आफ्नो मुखपत्रको रुपमा प्रकाशित गर्दै आएको रेषिश्टेन्जा पत्रिकाको १६औं वाषिर्कोत्सवको क्रममा इटलीकेा समुद्री किनारमा रहेको रमणीय शहर लिभर्नोमा एक हप्ते वहस कार्यक्रमको आयोजना गरयो ।रक्त रन्जीत हसिया हथौडा अंकित झण्डाहरु र राता व्यानरहरुले सजिसजाउ ठुलो कम्पाउण्डमा विभिन्न क्रान्तीकारी कार्यक्रमहरु सम्पन्न भएका थिए। कार्क इटलीका सयौं कायकर्ताहरु सहभागी भएका उक्त कार्यक्रममा विभिन्न देशका कम्युनिष्ट पार्टर्ीी नेताहरुले सहभागिता जनाएको थिए।विश्मा समाजवादी व्यवस्थाहरु टिक्न नसक्नाका पछाडीका कारणहरु के हुन सक्छन् त भन्ने विषयमा विभिन्न देशका कम्युनिष्ट पार्टर्ीी नेताहरुले आ आफ्ना अनुभवहरु कार्यपत्रका रुपमा प्रस्तत गरेका थिए।

सोही अवसरमा नेपाली जनप्रगतिशील मञ्च वेल्जियमका अध्यक्ष तथा संयुक्त नेपाली मेार्चा युरोपका केन्द्रिय सदस्य विष्णु भुजेलले वहसमा सहभागी हुंदै भन्नु भयो 'हामीले विगतमा समाजवादी सत्ताहरुको पतनको विषयमा मुल्यांकन गर्ने क्रममा तत्कालिन अवस्थामा क्रान्तिकारी पार्टर्ीी भित्र र्सवहारावादी विचार र अवसरवादी प्रवृत्ति पार्टर्ीी संगसंगै हुन सक्छन् र त्यो पार्टर्ीीभत्र संगसंगै आउने अवसरवादी प्रवृत्तिलाई चिन्न नसक्नु वा चिनी सकेपछि पनि वैचारिक प्रतिस्पर्धाको माध्यमवाट त्यो अवसरवादी प्रवृत्तिलाई जनतासामु न‹याउन नसक्नु नै क्रान्तिकारी आन्दोलनले धक्का खानुको मुख्य कारण हो। 'यी र यस्ता विषयहरुमा गम्भिर मुल्यांकन गर्दै नेपालमा नेकपा माओवादीको नेतृत्वमा क्रान्ति एक पछि अर्को सफलता हासिल गर्दै अगाडि वढिरहेको विभिन्न दृष्टान्तहरु प्रस्तुत गर्दै वहाले अगाडि भन्नु भयो 'यो सफलता विश्व र्सवहारा वर्गकै लागि महत्वपर्ुण्ा क्रान्तिकारी उपलव्धी हो जो विश्व साम्राज्यवादसंग टकराइरहेको छ ।तपाइंहरु आ आफ्नो देशमा साम्रावादलाई घेरा हाल्नुस नेपालमा नयां जनवादी व्यवस्थाको स्थापना हुनेछ। '

e premte, 4 korrik 2008

रेगुलाइज भए पछि भोख हडताल समाप्त


वेल्जियममा विगत डेढ महिना भन्दा वढी भोख हडतालमा रहेका करिव १६१ जनालाई ९ महिनाको रेसिडेन्ट प्रमिट र काम गर्न सि कार्ड दिने निणय गरेपछि भोख हडतालको अन्त्य गरिएको छ । विगत लामो समय देखि यहा वसोवास गर्दै आइरहेकाहरुले सरकारलाई दवाव दिने उदेश्यले व्रसल्सको वेजेनहोफ चर्चमा भोख हडतालमा रहेका थिए । आज उनिहरुको स्वास्थ्य परिक्षण गरिएको थियो।

यही चर्चमा नेपाली संर्घष्ा समितिको अगुवाइमा नेपालीहरुले समेत भोख हडतालमा सहभागी भएका थिए । तर करिव २ हफता पछि नेपालीहरु भने भोख हडतालवाट वाहिरिएका थिए ।
समाचार फोटो एच एन एल

e enjte, 3 korrik 2008

एन डि यफ बेल्जियम को पिक्निक कार्यक्रम भब्यताका साथ संपन्न





गत २९ जुन आ इतबार को दिन एन डि यफ बेल्जियमको आयोजनामा नेपाल गणतन्त्रमा प्रबेस गरेको खुसियालिमा यक रमाइलो बनभोज कार्यक्रम गरेको थियो। अत्यधिक नेपालिहरुको उपस्थितिमा गणतन्त्र नेपाल लेखियका २वटा ठुला केकहरु काटेर कार्यक्रम शुरु गरिएको थियो ।थुप्रै संघ संथा का पदाधिकारि सहित नेपालि राजदुतावास बाट महामहिम श्री प्रवेस हमाल ज्यु को समेत उपस्थिति थियो ।साथमा चर्चित कलाकार हरु द्वारा लोक दोहोरि कार्यक्रम ले बनभोज लाइ रमाइलो गराउन अझ थप टेवा पुर्यायको थियो ।साथै म्युजिक को तालमा थुप्रै कला प्रेमि हरुले नाचेर आफ्नो कला प्रदर्सन समेत गरेका थिय । बर्स भरिको थकान मेट्न र सबै साथि भाइहरु संग भेट्न र रमाउन गरिएको सो कार्यक्रममा अझै आकर्सित गराउन उपस्थित सबैलाइ गोला प्रथा बाट प्रथम द्वितिय र त्रितिय पुरस्कारको समेत ब्यवस्था गरियको थियो । उक्त पुरस्कार क प्रायोजक श्री शहदेव गौतमले पुरस्कार बितरण गर्नु भएको थियो ।