e martë, 15 korrik 2008

साहसिक साइकल यात्री पुष्कर शाह




हा.. जताततै ´सुनिन्छ हाई-हाई´
एउटा गीत गाइदिनुस पुष्कर, दाई बल्लै भो भेट हाँसी देऊ बोलिदेऊ खोली मनपेट...

भर्खर शुरू भएको गर्मीयाम संगै युरोप मा धमाका मच्चाहिरहेको युरो फूटबलको समय पारेर विष्वमा शान्ति फैलिरहोस भन्ने नारा लिई नेपाल र नेपाली को पहिचाहन गर्ने उदेष्य बोकेर सन १९९८ बाट साईकिल कुदाउंदैं हिडेको साहसिक यात्री पुष्कर शाह संग २८ जून को बेलुका बार्सिलोनामा भेट भयो। उहांको यात्रा को क्रममा पहिला नेपाल टेलीभिजन मा अन्तर्बार्ता हेर्दा म मा केही प्रश्नहरु नउब्जेका पनि होइनन तर आज प्रत्यक्ष भेटी कुरा गर्दा खुसी लाग्नु त छदै थियो भने अर्को तर्फ़ उहांको यात्रा को कथा भनौ या भोगेको यथार्थ कति दुख:दाई कति खुसियाली, कतिखेर मन सीरिंग हुन्थ्यो त कतिखेर रमाइलो पनि। युरो कप फूटबल को फाइनल खेल संगै बसेर हेर्ने मौका मिल्यो। स्पेन को बार्सिलोनामा संगै साथिहरु संग बसी उहांको इतिहास हेर्ने र सुन्ने मौका पायौ। फूटबल खेलमा स्पेनको जितपछि त झनै रमाइलो छायो।
यसरी साथी नगेन्द्र सापकोटाले गीतको सुमधुर लयबाट गीत गाउन अनुरोध गर्नुभयो। वास्तवमा पुष्कर शाह हँसिलो, मिलनसार मात्र नभई धेरै रमाइलो पनि हुनुहुँदोरहेछ। उहांको उत्तर थियो ´´तिमी कहांको म कहांको संजोगले भेट हाम्रो जुराको, बल्लै भो भेट हांसिदेउ बोलिदेऊ.... साथिहरु छम-छम नाच्दै पनि हुनुहुन्थ्यो। वास्तवमा पुष्कर शाह मा धेरै ठुलो धैर्य र साहस थियो, उहांले अहिले सम्म पार गरिसकेका १२२ राष्ट्र र हरेक राष्ट्रमा भोगेका दुख:सुखका यात्राहरुलाई हेर्दा लाग्छ आफ्नो मातृभूमि प्रति असीमित माया छ उहांमा, अनि चिनाउनु छ नेपाललाई विश्वको सामु, फहराउनु छ विश्वको राष्ट्रीय झन्डाहरू सगरमाथाको शिखरमा। उहांको यात्रा झन्डै १५० को देश को हाराहारिमा सन २००९ मा टुंङ्गिने र सन २०१० मा सगरमाथाको शिखर चुमेपछि पूर्णरूपले बिश्राम मार्ने छ। उहां आफ्नो यात्रालाइ पुस्तकको रूप दिनुहुनेछ जसबाट हामी तथा नया पुस्ताले धेरै कुरा सिक्नेछौ। सगरमाथाको शिखर चुमेपछि बाँकी जीवन कसरी बिताउनुहुनेछ? भनी सोधिएको एक प्रश्नमा आफ्नै गांऊ फर्की गांऊको विकास कार्य मा जुट्ने प्रर्तिबद्ता जाहेर गर्नु भयो।

बार्सिलोनामा रहदैँ आएका हामी नेपाली बिच उहां वास्तवमै साहसी, धैर्यवान र एक पूर्ण देशभक्त पुरुषको रूपले परिचित भएर यहाँबाट जुलाइ १० तारीख बिदाभइ पूर्वी यूरोप इटाली तर्फको यात्रालाई निरन्तरता दिनुभयो। हामी उहांको यात्राको सफलताको कामना गर्दछौ।

-जगदीश सापकोटा (बार्सिलोना, स्पेन)

Nuk ka komente: