e hënë, 14 korrik 2008

बेल्जियममा भानु जयन्ती तथा कविता गोष्ठी सम्पन्न






आदिकवि भानुभक्तको १९५ औं जन्म जयन्ती तथा कविता गोष्ठी असार २९ गते आईतवार ब्रसेल्समा भब्यताका साथ सम्पन्न भएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरले आयोजना गरेको उक्त कार्यक्रममा बेल्जियममा रहनु भएका कवि तथा कवयित्रीहरुले भानुभक्त सम्बन्धी तथा समसामयिक विषयका आआफ्ना कविता प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा कवि विमल गिरी, कुम शाही, विनिता रिमाल, पुरुषोत्तम सुवेदी, रमेश कँडेल, बोधराज पौडेल, जीतेन्द्र अधिकारी र कृष्ण बजगाईंले आआफ्ना कविता वाचन गर्नु भएको थियो ।
त्यस्तै कवयित्री साजु बजगाईं 'नेपाल', बिनिता रिमाल र बालकवि कृतिस बजगाईं निश्चल गिरी तथा बालकवयित्री निष्ठा तिवारीले आफ्ना कविता पाठ गर्नु भएको थियो ।
उक्त कार्यक्रमको लागि अमेरिकाबाट प्राप्त होमनाथ सुवेदीको कविता विमल गिरीले, नम्रता गुरागाईंको कविता श्रीमती देवी गौतमले, रमेश पल्लवको कविता गजेन्द्र क्षेत्रीले, भुपेन्द्र महतको, गजल अर्जुन घिमिरेले पाठ गर्नु भएको थियो । त्यस्तै नेपालबाट प्राप्त मोहन सिटौलाको कविता शिवराम ढकालले, प्रकाश शिलवालको कविता शागर अधिकारीले, श्रीशीशा राईको कविता रवीन्द्रमान श्रेष्ठले, राजकुमार कार्कीको कविता श्रीमती दुर्गा तिवारीले, बद्री पलिखेको कविता बीरेन्द्र गुरुगंले र बेल्जियमबाट प्राप्त शुशील न्यौपानेको कविता उत्तम गौतमले र उषा गिरीको कविता शंकर बोगटीले वाचन गर्नु भएको थियो ।
उक्त कार्यक्रममा वाचित कविताहरु चाँडै प्रकाशित हुन लागेको अनेसास बेल्जियमको साहित्यिक पत्रिका 'शब्दाञ्जली' को दोस्रो अंकमा प्रकाशित गरिने कुरा बताईएको छ ।
कार्यक्रममा अनेसासको २००६-०८ का अध्यक्ष प्रोफेसर मोहन सिटौलाले पठाउनु भएको शुभकामना मन्तब्य बेल्जियम च्याप्टरका उपाध्यक्ष विमल गिरीले पढेर सुनाउनु भएको थियो ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरले आयोजना गरेको उक्त कार्यक्रमका वक्ताहरुले भानुभक्तको बिविध आयामहरुको बारेमा व्याख्या गरेका थिए ।
कार्यक्रममा अतिथिको आसनबाट बोल्दै नेपाली राजदुतावास बेल्जियमका प्रथम सचिव दुर्गा प्रसाद भण्डारीले भानुभक्तले नेपाली भाषाको माध्यमबाट नेपालको भावानात्मक एकीकरण गरेको कुरा बताउनु भयो ।
अर्का अतिथि एनआरएनका आईसिसि सदस्य रवीन्द्रमान श्रेष्ठले विदेशमा रहेर पनि नेपाली भाषा साहित्य प्रति अनेसासले गरेको कार्यको प्रशंसा गर्दै फ्रेंचहरु जसरी नै हामी पनि आफ्नो भाषा प्रति सचेत हुनपर्दछ भन्नु भयो ।
सभापतीको आसनबाट बोल्दै अनेसास बेल्जियम च्याप्टरका अध्यक्ष तथा केन्द्रीय कार्य समितिका नवनिर्वाचित महासचिव कृष्ण बजगाईंले भानुभक्तको परिष्कारवादी काव्य धारको चर्चा गर्नु भयो । उहाँले बेल्जियममा जन्मिएका नेपाली बालबालिकाको लागि चाँडै नै नेपाली भाषा कक्षा संचालनमा ल्याउन तयारी गरिरहेको कुरा बताउनु भयो ।
कार्यक्रममा स्वागत मन्तब्य अनेसास बेल्जियमका महासचिव रमेश कँडेलले तथा कार्यक्रम संचालन कोषाध्यक्ष कुम शाहीले गर्नु भएको थियो ।

Nuk ka komente: