e diel, 6 korrik 2008

माओवादीहरु संगठनहरुलाई विस्तारित गर्ने काममा व्यस्त



समाजवादी रुसको विघटन र समाजवादी चाइनाको पुजीवादीमा पतन भएपछि साम्राज्यवादी देशहरुमा अत्यन्तै कमजोर अवस्थ्ँँम्ँ पुगेका माओवादी संगठनहरु हाल आएर नेपाली जनयुद्ध र त्यसको उपलव्धीलाई आफ्नो मार्ग निर्देशक सिद्धान्त मान्दै आफ्नो पार्टर्ीीथा संगठनहरुलाई विस्तारित गर्ने काममा व्यस्त रहेका छन् ।

यसै क्रममा स्थापना कालदेखिनै कार्क इटलीले आफ्नो मुखपत्रको रुपमा प्रकाशित गर्दै आएको रेषिश्टेन्जा पत्रिकाको १६औं वाषिर्कोत्सवको क्रममा इटलीकेा समुद्री किनारमा रहेको रमणीय शहर लिभर्नोमा एक हप्ते वहस कार्यक्रमको आयोजना गरयो ।रक्त रन्जीत हसिया हथौडा अंकित झण्डाहरु र राता व्यानरहरुले सजिसजाउ ठुलो कम्पाउण्डमा विभिन्न क्रान्तीकारी कार्यक्रमहरु सम्पन्न भएका थिए। कार्क इटलीका सयौं कायकर्ताहरु सहभागी भएका उक्त कार्यक्रममा विभिन्न देशका कम्युनिष्ट पार्टर्ीी नेताहरुले सहभागिता जनाएको थिए।विश्मा समाजवादी व्यवस्थाहरु टिक्न नसक्नाका पछाडीका कारणहरु के हुन सक्छन् त भन्ने विषयमा विभिन्न देशका कम्युनिष्ट पार्टर्ीी नेताहरुले आ आफ्ना अनुभवहरु कार्यपत्रका रुपमा प्रस्तत गरेका थिए।

सोही अवसरमा नेपाली जनप्रगतिशील मञ्च वेल्जियमका अध्यक्ष तथा संयुक्त नेपाली मेार्चा युरोपका केन्द्रिय सदस्य विष्णु भुजेलले वहसमा सहभागी हुंदै भन्नु भयो 'हामीले विगतमा समाजवादी सत्ताहरुको पतनको विषयमा मुल्यांकन गर्ने क्रममा तत्कालिन अवस्थामा क्रान्तिकारी पार्टर्ीी भित्र र्सवहारावादी विचार र अवसरवादी प्रवृत्ति पार्टर्ीी संगसंगै हुन सक्छन् र त्यो पार्टर्ीीभत्र संगसंगै आउने अवसरवादी प्रवृत्तिलाई चिन्न नसक्नु वा चिनी सकेपछि पनि वैचारिक प्रतिस्पर्धाको माध्यमवाट त्यो अवसरवादी प्रवृत्तिलाई जनतासामु न‹याउन नसक्नु नै क्रान्तिकारी आन्दोलनले धक्का खानुको मुख्य कारण हो। 'यी र यस्ता विषयहरुमा गम्भिर मुल्यांकन गर्दै नेपालमा नेकपा माओवादीको नेतृत्वमा क्रान्ति एक पछि अर्को सफलता हासिल गर्दै अगाडि वढिरहेको विभिन्न दृष्टान्तहरु प्रस्तुत गर्दै वहाले अगाडि भन्नु भयो 'यो सफलता विश्व र्सवहारा वर्गकै लागि महत्वपर्ुण्ा क्रान्तिकारी उपलव्धी हो जो विश्व साम्राज्यवादसंग टकराइरहेको छ ।तपाइंहरु आ आफ्नो देशमा साम्रावादलाई घेरा हाल्नुस नेपालमा नयां जनवादी व्यवस्थाको स्थापना हुनेछ। '

Nuk ka komente: