e martë, 11 mars 2008

बेल्जियममा एक साथी घर पठाऔ कार्यक्रम सम्पन्न







सँस्कॄति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको पर्यटन बोर्ड र बेल्जियममा रहेका बिभिन्न नेपाली संघसंस्थाहरुको संयुक्त आयोजना बेल्जियमको आन्त्वेर्पेनमा “एक साथी घर पठाऔँ ” कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ । कार्यक्रममा बेल्जियमका लागि नेपाली राजदूत प्रमेश हमाल, पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत राजदूतावास उपनियोग प्रमुख अंबिका लुइटेल, राजदूताबास प्रथम सचिव दुर्गा भण्डारी, पर्यटन बोर्डका दिवाकरबिक्रम राणा , एनआरएन आइसीसी सदस्य रबिन्द्रमान श्रेष्ठ , लगायत बिभिन्न सँघसंस्थाका प्रतिनिधिहरु तथा नेपाली र बिदेशी समेत को उपस्थिती थियो ।  
नेपालीपन झल्काउने नृत्यले र पोसाक ले कार्यक्रममा रौनकता थपेको थियो

सो कार्यक्रममा नेपालबाट आउनु भएका नेपाल पर्यटन बोर्ड प्रमुख प्रचण्डमान श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो। कार्यक्रमको अन्त्यमा महामहिम राजदूत प्रमेश हमालले पर्यटन बिकास सम्बन्धी आफ्नो मन्तब्य राख्नु भएको थियो ।

Nuk ka komente: