






वेल्जियमको एन्टवर्ेर्पेन शहरमा "संविधानसभाको निर्वाचनलाइ संर्घष्ा द्धारा जनताको पक्षमा वनाउदै संघिय लोकतान्त्रिक गणतान्त्रिक नयां नेपाल निर्माणमा एकयवद्धता जाहेर गरौ" भन्ने मुल नाराका साथ नेपाली जनप्रगतीशिल मञ्च वेल्जियमको सातौं अधिवेशन ज्ञात अज्ञात शहिदहरु प्रति एक मिनट मौनधारण गरी शुरु भएको थियो ।
उक्त अधिवेशनको प्रमुख अतिथीको रुपमा ने.क.पा.माओवादीका वरिष्ट केन्द्रिय सदस्य तथा विदेश विभाग प्रमुखको उपस्थिीतीमा समपन्न गर्ने भनिएता पनि आसन्न संबिधान सभाको कारण उपस्थित हुन नसकेको जानकारी गराइयो । तर उहांले अधिवेशनको सफलताको लागी पठाउनु भएको शुभकामना उदघोषकले मौखिक सुनाउनु भएको थियो साथै इन्सोफ स्विटजरल्याण्डका अध्यक्ष अशोक चौलागाइ, नेपाली जनजाति सरोकार मञ्च, नेदरल्याण्डसका विर्ख सुव्व्ाा, नेपाली जनजाति सरोकार मञ्च, स्विटजरल्याण्डका अध्यक्ष सागर शेरचनहरुवाट प्राप्त शुभकामनाहरुलाइ समय अभावका कारण एकैसाथ मौखिक सुनाउनु भएको थियो ।
कार्यक्रममा अतिथीको रुपमा निम्त्याइएको नेपाली राजदुतावासको वर्तमान राजदुत प्रवेश हमालज्यूले आफनो शुभकामना मनतव्यमा नेपालनमा राजतन्त्रात्मक सामान्तवादको समूल नष्ट गरेर नेपालमा लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न गइरहेको अवस्थामा यस मंचले गरेको सहयोग र र्समर्थन कम नरहेको भन्नु हुंदै मञ्चका वर्तमान नेतृत्व जस्तै सरल तथा सक्षम नेतृत्व नयां वन्ने कार्यसमितीमा चयन होस भन्दै अधिवेशनको सफलताको कामना गर्नु भएको थियो । पच्चिस भन्दा वढि स्थानिय विभिन्न संघसंगठनका प्रतिनिधीहरुले अधिवेशनको सफलताको कामना गर्दै वर्तमान राजनीतिक परिस्थीतीमा संविधानसभाको चुनावलाइ सफल वनाइ संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापनाको लागी युरोपवाट समेत प्रचार प्रसार गर्नु पर्नेमा जोड दिएका थिए ।
शुभकामना मनतव्यको चरणमा मञ्चका जीवन श्रेष्ठ,कुलमगर, कल्पना मगर,गणेश घिमिरे,रमेश कार्की, अमर राणामगर ,धनेश्वर तिवारी,देवा र्राई ,माया वुढामगर निसा आले मगर लगायतका सांस्कृतिक समूहले शुभकामना मनतव्यको विच विचमा प्रस्तुत गरेका क्रान्तिकारी गीत तथा नृत्यले कार्यक्रमलाइ अझ रोचक वनाएको थियो । मञ्चको एन्टवर्ेर्पेन क्षेत्रिय समितीको सक्रियतामा अधिवेशनमा सहभागीहरुलाइ जनयुद्ध दिवसमा जनसेनाले आयोजना गरेको भिडियो पर््रदर्शन गर्दै स्वादिष्ट नेपाली खानाको समेत व्यवस्था गरेको थियो ।
वन्दसत्रमा शुरेन्द्र भुषाल,राम व गुरुड,नवीन साप्कोटा,कृष्ण तिवारी,वदन योडहाड सहितको निर्वाचन समितिले अध्यक्षमा विष्णु भुजेल,उपाध्यक्षमा चित्र सुवेदी महासचिवमा दधिराज घिमिरे,कोषाध्यक्षमा लिलाधर पन्त गरि पुरानै नेतृत्वलाइ चुनिएका छन भने सचिवमा परिवर्तन गरि प्रेम पाठकलाइ छानेका छन र सदस्यहरुमा क्रमस प्रकाश पौडेल, धरणीधर गौतम, टि.एन.सापकोटा, होम गुरुङ्ग, सोम थनेत, जीत गुरुङ्ग, रामहरि घिमिरे, हरि पाठक, देवेन्द्रराज पौडेल, श्याम श्रेष्ठ, तेज नेपाली, पवन सुवेदी, लोक प्रशाद दाहाल, अर्जुनवावु तिवारी, कृष्ण पौडेल, कुलवहादुर मगर र दुइजना पछि थप्ने गरि जम्मा तेइस जनाको कार्यसमिती र्सवसम्मतीले निर्विरोध चुनेका छन ।
Nuk ka komente:
Posto një koment