





लुभेन वेल्जियम । स्थानीय सांग्रिला समाजव्दारा वर्षोनी आयोजना गरिदै आएको हाजिरी जवाफ प्रतियोगिता तेस्रो वर्षपनि यही मार्च २३ मा व्यापक उल्लास र सहभागिताकावीच सम्पन्न भयो ।
समाजका अध्यक्ष पुष्पाराज अधिकारीव्दारा उद्घाटित प्रतियोगिता का अतिथी नेपाली दूतावास वेल्जियमकी काउन्सिलर अम्विका लुइटेल हुनुहुन्थ्यो भने कार्यक्रमको संयोजन र संचालन सदस्य यामु निरौला गर्नु भएको थियो ।
कूल १० टीमहरु बागलुड. कालिका, एनआरएन वेल्जियम, तरुण दल, स्थानीय कलेजमा अध्ययनरत नेपाली बिद्यार्थीहरुको समूह, जनप्रगतिशील मंच, मगर महासंघ, पासापुच, हिमालय रेष्टूरेण्ट, ओ फाडो रेष्टूरेण्ट र जनसर्म्पर्क समितिवीचकोरोमांचपर्ूण्ा प्रतिस्पर्धामा तरुण दलका नन्दू घले, विकल अधिकारी र यसोदा सुवेदीले प्रथम स्थान हासिल गर्नुभएको थियो । यसैगरी बागलुड. कालिकाका दीपक पौडेल, याम बहादुर खडका र परमानन्द सापकोटा व्दितीय एवं जनप्रगतिशील मंचका पवित्र गुरुड., नारायण श्रेष्ठ र शक्ति पीसी तृतीय हुनुभएको थियो । सहभागी एवंविजयी प्रतियोगीहरुलाई समाजका अध्यक्ष अधिकारी, उपाध्यक्ष जानकी गुरुड. र संयोजक निरौलाले पुरस्कार वितरण गर्नुभएको थियो ।
कार्यक्रमका लागि सहदेव गौतम, पुष्पराज अधिकारी, सन्तोष क्षेत्री, मनोज काफले, वासु खडका र दर्ुगा सापकोटाले आर्थिक सहयो प्रदान गर्नुभएको थियो ।
दीपेन्द्र के.सी., लुभेन बेल्जियम
Nuk ka komente:
Posto një koment