
"प्रथम समावेशी महिला सगरमाथा आरोहण २००८"मा गुरुङ्ग जातीको महिला प्रतिनिधित्व गर्दै अगामी ८ अप्रिल २००८ का दिन विश्व सर्वोच्च शिखर सगरमाथाको आरोहणमा सहभगी हुन लाग्नु भएकी सुश्री माया गुरुङ्गले नेपाल सरकारलाई अरोहणमा सहभागी बने वापत तिर्नु पर्ने राजश्वमा सहयोग पु-याउने उद्देश्यले तमू समाज,बेल्जियमका पदाधिकारीहरु,सदस्यहरु,जनजाती सरोकार मञ्च,नेपाली समुदाय बाट तमु समाज,बेल्जियमको पहलमा आर्थिक संकलन गरियो ।
राष्ट्रिय बलिङ खेलकी खेलाडी माया गुरुङ्गले यस ऐतिहासिक महान कार्यमा सफलता पाउन भन्दै २१/०३/२००८ का दिन तमु समाज,बेल्जियमका अध्यक्ष श्री कुमार गुरुङ्गज्यूले बेल्जियममा रही माया गुरुङ्गको आरोहण कार्यक्रमलाई सहयोग गरिरहनु भएका श्री जीमी गुरुङ्गज्यूलाई एक मुष्ठ एक हजार पांच सय यूरो-१५०० यूरो) हस्तान्तरण गर्नु भयो ।
Nuk ka komente:
Posto një koment