e diel, 9 mars 2008

चर्चित गायक सत्यराज आचार्यकी जीवनसङ्गिनीको निधन


चर्चित गायक सत्यराज आचार्यकी धर्मपत्नीको असामयिक निधन भएको छ। प्रसूति व्यथा लागेपछि उपचारका लागि पाटन अस्पताल भर्ना गरिएकी गायकपत्नीको फागुन २६ गते अपराह्न निधन भएको हो।
अस्पतालले जनाएअनुसार बच्चा र आमा दुवैको मृत्यु भएको छ। उहाँको मृत्युको खबर पाउनेबित्तिकै कलाकार तथा पत्रकारहरू पाटन अस्पताल पुगेका छन्।
भक्तराज आचार्यका जेठा छोरा सत्यराजले दर्जनौँ गीत गाइसक्नुभएको छ। वर्तमान समयमा युवाहरूमाझ सत्यराज लोकप्रिय गायकका रूपमा स्थापित हुनुहुन्छ।

Nuk ka komente: