e enjte, 30 gusht 2007

बेल्जियम काँग्रेस द्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाली जनसम्पर्क समिति बेल्जियम र नेपाल तरुण दल बेल्जियमको सँयुक्त आयोजनामा लुभेनस्थित कोस्मोपोल रेस्टुराँमा "नेपालको वर्तमान अवस्था र सँविधान सभाको चुनाव" विषयमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा बोल्दै नेपाल तरुणदलका अद्यक्ष बिनोद कायस्थले सँविधान सभा चुनावको लागि वातावरण तयार गर्न आठै दल समान रुपले लाग्नु पर्नेमा प्रकाश पार्नु भयो । माओवादी द्वारा अघि सारिएका पुर्वशर्तहरु र वाईसिएल गतिविधि मुख्य बाधकको रुपमा रहेको र माओवादीले चुनाव सार्न प्रस्ताव गरेबाट उ सँबिधानसभाबाट भाग्न खोजेको प्रष्ट भएको बताउनु भयो ।




कार्यक्रमका अर्का वक्ता ने वि सँघ (प्रजातान्त्रीक) का निवर्तमान महामन्त्री किरण पौडेलले नेपालको अवस्था निराश भैइ हाल्ने खालको भैइ नसकेको र अझै पनि सबै जनताप्रति उत्तरदायी हुन सक्ने हो भने नयाँ नेपालको ढोका उघार्न सकिने दावी गर्नु भयो । नेपाल तरुण दलका केन्द्रीय सदस्य राजिव पौडेलले काँग्रेस एकता छिट्टै हुने र काँग्रेस एक हुनासाथ चुनावी माहौल स्वत:बन्न जाने छ भन्नु भयो ।

अर्का सदस्य सरस्वति तिवारीले द्वन्द्वपीडीत महिलाका पीडाहरुको चर्चा गर्नु भयो । कर्यक्रममा नेपाल तरुण दल(प्रजातान्त्रीक)का कोषाद्यक्ष दीर्घमान श्रेष्ठ, नेपाल तरुण दल केन्द्रीय सदस्य उषा गुरुङ्, युरोप काँग्रेसका सचिव गँगाधर गौतम, तरुणदलका युरोपीयन प्रतिनीधि उल्का घिमिरे, नेपाली जनसम्पर्क समिति (प्रजातान्त्रीक) का महासचिव माधव सापकोटा, नेपाली व्यावसायी सँघ बेल्जियमका अद्यक्ष राधा क्रिष्ण अधिकारी र नेपाली जनसम्पर्क समिति बेलायतका सदस्य शेखर कँडेल ले पनि बोल्नु भएको थियो ।

तरुण दल बेल्जियमका अद्यक्ष नन्द घलेले सञ्चालन गर्नु भएको सो कार्यक्रमको अद्यक्षता नेपाली जनसम्पर्क समिति बेल्जियमका अद्यक्ष ईन्द्र क्षत्रीले गर्नु भएको थियो । कार्यक्रमको समाप्ति पछि हिमालयन रेस्टुराँमा नेपाली जनसम्पर्क समिति बेल्जियम र जनसम्पर्क समिति (प्रजातान्त्रीक) बेल्जियमको सँयुक्त आयोजनामा नेपालबाट पाल्नुभएका दुबै तरुण दलका नेता तथा पदाधिकारीहरुको स्वागतमा एक भब्य रात्रीभोज को आयोजना गरियो ।

e enjte, 23 gusht 2007

नेपाल बेल्जियम सांस्कृतिक समाजको सूचना




हामी नेपाली हाम्रो परम्परा, कला र संस्कृति हाम्रो विशेषता भन्ने भावनाका साथ आग्ाामी सेप्टेम्वर १५ तारिखका दिन नेपाली महिलाहरुको महान पर्व हरितालिका -तिज) को उपलक्ष्यमा नेपाल बेल्जियम सांस्कृतिक समाजको तर्फाट हाम्रो परम्परा अनुसार स्वच्छ, मनोरञ्जनात्मक तथा विविध कार्यक्रम आयोजना गरिएको हुंदा सम्पुर्ंण्ा नेपाली दिदि वहिनी तथा दाजुभाइहरुलाई निम्न मिति , स्थान र समयमा सहभागी भइदिनुहुन हार्दिक अनुरोध गरीन्छ ।


मिति :- १५ सेप्टेम्वर
स्थान :-ZAAL RUBENS, statiestraat-175, Berchem    

समय :- दिउंसो १ बजे
प्रवेश शुल्क :- ५ यूरो मात्र -खानाको समेत राम्रो ब्यवस्था गरिएको छ)
महिला दिदि बहिनीहरुको लागी निशुल्क प्रवेशको ब्यवस्था गरिएको छ ।

बिस्तृत जानकारीका लागी निम्न ब्यक्तिलाई सर्म्पर्क गर्नु होला

१, राजकुमार पुडासैनी - ०४८४६५३२३०
२, पवन सुवेदी - ०४८६९७९९४२
३, रामचन्द्र सुवेदी - ०४८५७९६१०२
४, घनश्याम श्रेष्ठ - ०४८५६८५२४८
५, एन बि सि एस क्याफे - ०३२९७६३५५

e shtunë, 18 gusht 2007

प्रवासी नेपालीले चुनावमा भाग लिन पाउने छैन तर डिपोर्टर्ेे रोक्न पहल गर्छर्ुुहासचिव नेपाल




तीन दिने वेल्जियम भ्रमणको क्रममा रहेका नेकपा एमालेका महा सचिव माधव कुमार नेपालले प्रवासमा रहेका नेपालीहरुले संविधान सभाको चुनावमा भाग लिन नपाउने वताउनु भएको छ । प्रवाधिक कारण ले प्रवासमा रहेका नेपालीहरुले मतदानवाट वन्चित हुन परेको उहाको भनाइ थियो ।नमस्ते युरोपको प्रतिनिधी संग कुरा गदर्ंर्ैैहासचिव नेपालले भन्नुभयो प्रवासी नेपालीको रर्ेकर्ड , निवाचनमा भाग लिन सहयोग पुयाउने कानुनी प्रवाधान लगाएतको अभावमा प्रवासी नेपालीले संविधान सभाको चुनावमा भाग लिन पाउने छैनन ।
के सविधान सभाको चुनाव हुन सक्छ भन्ने प्रश्नमा उहाले चुनाव हुनेमा आफु विश्वस्त भएको वताउनु भयो ।
उता प्रवासी नेपाली को मर्म लाई मध्य नजर गर्दै महासचिव नेपालले भन्नु भयो नेपाली मुलका आप्रवासीहरु विना आधिकारीक प्रमाणमा डिपोर्टर्ेे हुने गरेको मा सरकारको ध्यानर्कषण गराउछु । तेसमा पनि अध्यागमका कर्मचारी र प्रहरीले डिपोर्टर्ेेमा परेको नेपालीलाइ आर्थिक र मानसिक तनाव दिने कुरा गर्दै उहाले भन्नु भयो यस सम्वन्धमा केही गर्ने छु । प्रमाणको आधारविना नै नेपालले मानिस स्विकार गर्दा गैह नेपाली पर्न सक्ने तर्फऔला उठाउदै उहाले भन्नु भयो अध्यागमका कर्मचारी र प्रहरीले डिपोर्टर्ेेमा परेको नेपालीलाइ आर्थिक शोषण गर्ने गरेको मा तसो हुन अव दिने छैन ।
एन डि एफ वेल्जियम द्धारा आयोजना गरेका कार्यक्रमका महासचिव नेपालका साथ केद्रिन्य सदस्य भिम रावल समेत हुनु हुन्थ्यो ।
यस सम्वन्धी भिडियो रिपोर्ट केही वेरमा नै अपलोड गर्ने छौ ,हर्ेर्दै गर्नु होला ।

ईन्टरनेट मार्फत हस्ताक्षर सन्कलन गरी प्रबासी नेपालीलाई मतदानको लागिमाग


आगामी संबिधान सभाको निर्वाचनमा बिदेशमा बसोबास गरिरहेका नेपालीहरुलाई मतदानको अवसर प्रदान गरिनु पर्छ भनेर तीन हजार नेपालीहरुको हस्ताक्षरद्वारा माग गरिएको छ। सो हस्ताक्षर वासिङ्टन स्थित नेपाली दुतवास मार्फत नेपाल सरकार एव निर्वाचन आयोगमा प्रस्तुत गरिएको छ।

हस्ताक्षर अभियान अधिबक्ता दिनेश त्रिपाठीद्वारा ईन्टरनेट मार्फत बिगत केही महिना देखी सन्चालन गरिएको थियो। उक्त हस्ताक्षर अभियानमा विश्वब्यापी रुपमा छरिएर रहेका नेपाली नागरिकहरुले भाग लिदै हालको निर्वाचन कानूनमा आवश्यक सुधार गरी बिदेशमा बसोबास गरिरहेका नेपाली नागरिकहरुलाई आगामी संबिधान सभाको निर्वाचनमा मतदान गर्ने अवसर प्रदान गरिनु पर्द्छ भन्ने माग गरिएको छ। आगामी संबिधानले मुलुकको नयाँ मानचित्र कोर्ने भएकोले संबिधान निर्माण प्रकृयामा नेपाली जनताको ब्यापक शाहभागीता आवश्यक छ।


ब्यापक शाहभागीता द्वारा निर्माण गरिएको संबिधानले मात्र बैधता प्राप्त गर्न सक्ने तथा बिदेशमा बसोबास गरिरहेका नेपालिहरुले पनि अप्रिल जनान्दोलनमा ब्यापक भूमिका खेलेकाले पनि आगामी निर्वाचनमा मतदान गर्ने अवसर बाट बन्चित गरिनु हुँदैन भन्ने कुरा पनि सो मागपत्रमा भनिएको छ। एक सय पैतिश पृष्‍ठ लामो रहेको उक्त हस्ताक्षर हरुको पुलिन्दा अधिबक्ता दिनेश त्रिपाठीद्वारा वासिङ्टन स्थित कार्यबाहक नेपाली राजदूत काली प्रसाद पोख्रेल मार्फत नेपाल सरकार एव निर्वाचन आयोगलाई हस्तान्तरण गरिएको थियो। उक्त हस्तान्तरण कार्यक्रममा वासिङ्टन डिसीमा बसोबास गर्ने नेपाली हरु सर्वश्री होम राज आचार्य, मल्लिका शाक्य, परशु नेपाल, कृष्ण खनाल, निर्मल आत्रेय लगायतका नेपालीहरुको उपस्थिती थियो।

e mërkurë, 15 gusht 2007

के वास्तविक नेपाल लक्जेम्वर्गमा छ ?


एक दन्त्यकथा जस्तै लाग्न सक्ने “साथी नेपालका” ‍कुराहरु लगभग २० वर्षहरु का सपना को फल र वास्तविकता बनेको छ। लक्जेम्वर्गवासि नेपालको भलोचाहानेहरु, नेपालीमूलका भारतीयहरु र नेपालीहरु मिलेर स्थापना गरिएको, समस्त नेपालीहरुको एकमात्र सङ्घ बनेको छ “साथी नेपाल”। यस सङ्घका पर्यवेक्षयक समितिका प्रेमलालजी, चन्द्र बाहादुरजी, दुर्गाजी र सोमन सिंहजीहरुलाइ बर्षौ पहिला लक्जेम्वर्गमा कुनै अन्य नेपालीलाइ भेटन महिनौ पर्खिनु पर्दथियो। हिजो कै कुरा जस्तै गरेर चन्द्रजी सुनाउनुहुन्छ, एक पल्ट नेपालीनै हुन जस्तो लागेर एक मान्छे संग कुरा गर्न सुरु गरेउ, तर पछि थाहा भयो उ त दक्षिण अमेरिकी पो रैछन। हामिहरुलाइ त्यो समयमा एक नया नेपाली भेट्न पाउदा दशैंनै आएजस्तो लाग्दथियो। वाँहाहरु र अन्य सदस्यहरुको मेहनेत ले गर्दा आज लक्जेम्वर्गमा “साथी नेपाल” सङ्घको स्थापना सफल भएको छ।

कार्यकारिणी समितिका पहिलाका पोखरावासि नारायण गुरुङ्गजी ले भन्नु हुन्छ, बिरेठाँटि को डरलाग्दो उक्कालो चढदै गर्दा घोरेपानी जति सुन्दर र अनमोल देखिएता पनि, जबसम्म हामि त्याँहा पुग्दैनौ त्यो हिमशृङ्खलाद्वारा सज्जिएको सुन्दर ठाउको आन्नद एक सपना नै हुन्छ। हामिहरु ले पनि बिरेठाटि को त्यो उकालो पारगरेर “साथि नेपाल” को नया युगमा प्रवेश गरेका छौ। याँहा एकता छ, समानता छ, धर्मनिरपेक्ष्यता छ, लोकतन्त्र छ र नेपाली मात्र नभएर विश्व भरिका मानिसहरुलाइनै सहयोग गर्न चाहाने हिर्दय लिएका मानिसहरु छन।

साथी नेपाल लक्जेम्वर्ग

तेन्जिङ नोर्गेको छिमेकि गाउबाट आउनु भएका जिवन सेर्पाजीका अनुभवहरुका कुरा सुन्दा, वाँहाले त भारतवासी नेपालीहरुको ईतिहाँसनै सुटुक्क डोकोमा हालेर लक्जेम्वर्ग तर्फ लागे जस्तो लाग्छ।

हरि बाहादुर खत्रीजीको इमान्दारिता र मेहनेत गर्ने बानिका चर्चा पश्चिम नेपाल देखि लिएर लक्जेम्वर्गवासी नेपालीहरु सम्छय मात्र नभएर लक्जेम्वरवासीहरु बिच पनि हुनेगर्छ। नेपाली, भारतीय र लक्जेम्वरको पनि पाँचतारे होटल सम्म आफ्ना परिकारहरु पस्केर वाँहाले ख्याती पाइसक्नु भएको छ। यस्ता इमान्दार ब्याक्तिले यस सङ्घको कोषाध्यक्षको जिम्मेवारीपुर्ण काम लिएर सबैलाइ ठुलो हौसला दिलाउनुभएको छ।

महिलाहरुका हक, अधिकारका र समानता जस्ता बिषयहरुलाइ मुख्य लक्ष्य बनाएर अधिकार खोजिरहेका लक्जेम्वर्गका संस्थाहरु संगको दुर्गा थापाजीको पुराना नाता सवै लक्जेम्वर्गवासिहरुलाइ जानकारि भएकै बिषय हो। “साथी नेपाल” को उपाध्यक्ष को महत्वपुर्ण स्थानमा दुर्गा थापाजी आउनुभएको ले समानता भनेको ब्यबाहारमा हुनुपर्छ भन्ने यस सङ्घले परस्ट पारेको छ।

काठमान्डुका रैथाने रमेश त्वायनाजी भन्नु हुन्छ नेपाली भनेकै यहि त हो, विभिन्न संसक्रिति, कला र अनुभवहरुका डोकाहरु बोकेका मनिसहरु। त्वायनाजी को भनाइलाइ थापाजी, सापकोटाजी, निउरेजी, खत्रिजी, बस्नेतजी, गुरुङ्गजी, शर्माजी र सबै साथिहरुले अघाडि बढाउदै भन्नु हुन्छ, “साथि नेपाल” ले वास्तविक नेपाल त लक्जेम्वर्गमानै छ भन्ने दर्साउछ।

तराईको सुन्दर सहर बिराटनगरका पुरानावासी दिपेन्द्र बस्नेतजीलाइ “साथी नेपाल” को अधक्ष्यताको जिम्मेवारि सुम्पिइएको छ। बस्नेतजीले यो जिम्मेवारि स्विकारेर वास्तममै सम्पुर्ण नेपाली र नेपालीभाषा बोल्नेहरुको यस युरोपेलि सङ्घको एक राजधानि लक्जेम्वर्गमा मिलनसारिता र एकता सम्भव छ भन्ने देखाउनु भएको छ।


साथी नेपालको संचालन समिति

पर्यवेक्षयकहरु

प्रेमलाल शर्मा
चन्द्र बाहादुर थापा
दुर्गा निउरे
सोमन सिंह बस्नेत

कार्यकारिणी समिति

दिपेन्द्र बस्नेत अध्यक्ष
दुर्गा थापा उपाध्यक्ष
हरि बाहादुर खत्री कोषाध्यक्ष

सदस्यहरु

नारायण गुरुङ्ग
मिन बस्नेत
रमेश त्वायना
सिता खत्री
गोर्ख बाहादुर थापा
रामाकान्त सापकोटा
श्याम थापा
शान्ती सापकोटा

पत्रव्यवहारका लागि हालको ठेगाना
NAMASTE RESTAURANT
19, RUE DE STRASBOURG
L-2561 LUXEMBOURG

EMAIL: SathiNepal@pt.lu