e shtunë, 18 gusht 2007

ईन्टरनेट मार्फत हस्ताक्षर सन्कलन गरी प्रबासी नेपालीलाई मतदानको लागिमाग


आगामी संबिधान सभाको निर्वाचनमा बिदेशमा बसोबास गरिरहेका नेपालीहरुलाई मतदानको अवसर प्रदान गरिनु पर्छ भनेर तीन हजार नेपालीहरुको हस्ताक्षरद्वारा माग गरिएको छ। सो हस्ताक्षर वासिङ्टन स्थित नेपाली दुतवास मार्फत नेपाल सरकार एव निर्वाचन आयोगमा प्रस्तुत गरिएको छ।

हस्ताक्षर अभियान अधिबक्ता दिनेश त्रिपाठीद्वारा ईन्टरनेट मार्फत बिगत केही महिना देखी सन्चालन गरिएको थियो। उक्त हस्ताक्षर अभियानमा विश्वब्यापी रुपमा छरिएर रहेका नेपाली नागरिकहरुले भाग लिदै हालको निर्वाचन कानूनमा आवश्यक सुधार गरी बिदेशमा बसोबास गरिरहेका नेपाली नागरिकहरुलाई आगामी संबिधान सभाको निर्वाचनमा मतदान गर्ने अवसर प्रदान गरिनु पर्द्छ भन्ने माग गरिएको छ। आगामी संबिधानले मुलुकको नयाँ मानचित्र कोर्ने भएकोले संबिधान निर्माण प्रकृयामा नेपाली जनताको ब्यापक शाहभागीता आवश्यक छ।


ब्यापक शाहभागीता द्वारा निर्माण गरिएको संबिधानले मात्र बैधता प्राप्त गर्न सक्ने तथा बिदेशमा बसोबास गरिरहेका नेपालिहरुले पनि अप्रिल जनान्दोलनमा ब्यापक भूमिका खेलेकाले पनि आगामी निर्वाचनमा मतदान गर्ने अवसर बाट बन्चित गरिनु हुँदैन भन्ने कुरा पनि सो मागपत्रमा भनिएको छ। एक सय पैतिश पृष्‍ठ लामो रहेको उक्त हस्ताक्षर हरुको पुलिन्दा अधिबक्ता दिनेश त्रिपाठीद्वारा वासिङ्टन स्थित कार्यबाहक नेपाली राजदूत काली प्रसाद पोख्रेल मार्फत नेपाल सरकार एव निर्वाचन आयोगलाई हस्तान्तरण गरिएको थियो। उक्त हस्तान्तरण कार्यक्रममा वासिङ्टन डिसीमा बसोबास गर्ने नेपाली हरु सर्वश्री होम राज आचार्य, मल्लिका शाक्य, परशु नेपाल, कृष्ण खनाल, निर्मल आत्रेय लगायतका नेपालीहरुको उपस्थिती थियो।

Nuk ka komente: