कार्यक्रममा बोल्दै नेपाल तरुणदलका अद्यक्ष बिनोद कायस्थले सँविधान सभा चुनावको लागि वातावरण तयार गर्न आठै दल समान रुपले लाग्नु पर्नेमा प्रकाश पार्नु भयो । माओवादी द्वारा अघि सारिएका पुर्वशर्तहरु र वाईसिएल गतिविधि मुख्य बाधकको रुपमा रहेको र माओवादीले चुनाव सार्न प्रस्ताव गरेबाट उ सँबिधानसभाबाट भाग्न खोजेको प्रष्ट भएको बताउनु भयो ।



कार्यक्रमका अर्का वक्ता ने वि सँघ (प्रजातान्त्रीक) का निवर्तमान महामन्त्री किरण पौडेलले नेपालको अवस्था निराश भैइ हाल्ने खालको भैइ नसकेको र अझै पनि सबै जनताप्रति उत्तरदायी हुन सक्ने हो भने नयाँ नेपालको ढोका उघार्न सकिने दावी गर्नु भयो । नेपाल तरुण दलका केन्द्रीय सदस्य राजिव पौडेलले काँग्रेस एकता छिट्टै हुने र काँग्रेस एक हुनासाथ चुनावी माहौल स्वत:बन्न जाने छ भन्नु भयो ।
अर्का सदस्य सरस्वति तिवारीले द्वन्द्वपीडीत महिलाका पीडाहरुको चर्चा गर्नु भयो । कर्यक्रममा नेपाल तरुण दल(प्रजातान्त्रीक)का कोषाद्यक्ष दीर्घमान श्रेष्ठ, नेपाल तरुण दल केन्द्रीय सदस्य उषा गुरुङ्, युरोप काँग्रेसका सचिव गँगाधर गौतम, तरुणदलका युरोपीयन प्रतिनीधि उल्का घिमिरे, नेपाली जनसम्पर्क समिति (प्रजातान्त्रीक) का महासचिव माधव सापकोटा, नेपाली व्यावसायी सँघ बेल्जियमका अद्यक्ष राधा क्रिष्ण अधिकारी र नेपाली जनसम्पर्क समिति बेलायतका सदस्य शेखर कँडेल ले पनि बोल्नु भएको थियो ।
तरुण दल बेल्जियमका अद्यक्ष नन्द घलेले सञ्चालन गर्नु भएको सो कार्यक्रमको अद्यक्षता नेपाली जनसम्पर्क समिति बेल्जियमका अद्यक्ष ईन्द्र क्षत्रीले गर्नु भएको थियो । कार्यक्रमको समाप्ति पछि हिमालयन रेस्टुराँमा नेपाली जनसम्पर्क समिति बेल्जियम र जनसम्पर्क समिति (प्रजातान्त्रीक) बेल्जियमको सँयुक्त आयोजनामा नेपालबाट पाल्नुभएका दुबै तरुण दलका नेता तथा पदाधिकारीहरुको स्वागतमा एक भब्य रात्रीभोज को आयोजना गरियो ।
Nuk ka komente:
Posto një koment