एक दन्त्यकथा जस्तै लाग्न सक्ने “साथी नेपालका” कुराहरु लगभग २० वर्षहरु का सपना को फल र वास्तविकता बनेको छ। लक्जेम्वर्गवासि नेपालको भलोचाहानेहरु, नेपालीमूलका भारतीयहरु र नेपालीहरु मिलेर स्थापना गरिएको, समस्त नेपालीहरुको एकमात्र सङ्घ बनेको छ “साथी नेपाल”। यस सङ्घका पर्यवेक्षयक समितिका प्रेमलालजी, चन्द्र बाहादुरजी, दुर्गाजी र सोमन सिंहजीहरुलाइ बर्षौ पहिला लक्जेम्वर्गमा कुनै अन्य नेपालीलाइ भेटन महिनौ पर्खिनु पर्दथियो। हिजो कै कुरा जस्तै गरेर चन्द्रजी सुनाउनुहुन्छ, एक पल्ट नेपालीनै हुन जस्तो लागेर एक मान्छे संग कुरा गर्न सुरु गरेउ, तर पछि थाहा भयो उ त दक्षिण अमेरिकी पो रैछन। हामिहरुलाइ त्यो समयमा एक नया नेपाली भेट्न पाउदा दशैंनै आएजस्तो लाग्दथियो। वाँहाहरु र अन्य सदस्यहरुको मेहनेत ले गर्दा आज लक्जेम्वर्गमा “साथी नेपाल” सङ्घको स्थापना सफल भएको छ।
कार्यकारिणी समितिका पहिलाका पोखरावासि नारायण गुरुङ्गजी ले भन्नु हुन्छ, बिरेठाँटि को डरलाग्दो उक्कालो चढदै गर्दा घोरेपानी जति सुन्दर र अनमोल देखिएता पनि, जबसम्म हामि त्याँहा पुग्दैनौ त्यो हिमशृङ्खलाद्वारा सज्जिएको सुन्दर ठाउको आन्नद एक सपना नै हुन्छ। हामिहरु ले पनि बिरेठाटि को त्यो उकालो पारगरेर “साथि नेपाल” को नया युगमा प्रवेश गरेका छौ। याँहा एकता छ, समानता छ, धर्मनिरपेक्ष्यता छ, लोकतन्त्र छ र नेपाली मात्र नभएर विश्व भरिका मानिसहरुलाइनै सहयोग गर्न चाहाने हिर्दय लिएका मानिसहरु छन।
साथी नेपाल लक्जेम्वर्ग
तेन्जिङ नोर्गेको छिमेकि गाउबाट आउनु भएका जिवन सेर्पाजीका अनुभवहरुका कुरा सुन्दा, वाँहाले त भारतवासी नेपालीहरुको ईतिहाँसनै सुटुक्क डोकोमा हालेर लक्जेम्वर्ग तर्फ लागे जस्तो लाग्छ।
हरि बाहादुर खत्रीजीको इमान्दारिता र मेहनेत गर्ने बानिका चर्चा पश्चिम नेपाल देखि लिएर लक्जेम्वर्गवासी नेपालीहरु सम्छय मात्र नभएर लक्जेम्वरवासीहरु बिच पनि हुनेगर्छ। नेपाली, भारतीय र लक्जेम्वरको पनि पाँचतारे होटल सम्म आफ्ना परिकारहरु पस्केर वाँहाले ख्याती पाइसक्नु भएको छ। यस्ता इमान्दार ब्याक्तिले यस सङ्घको कोषाध्यक्षको जिम्मेवारीपुर्ण काम लिएर सबैलाइ ठुलो हौसला दिलाउनुभएको छ।
महिलाहरुका हक, अधिकारका र समानता जस्ता बिषयहरुलाइ मुख्य लक्ष्य बनाएर अधिकार खोजिरहेका लक्जेम्वर्गका संस्थाहरु संगको दुर्गा थापाजीको पुराना नाता सवै लक्जेम्वर्गवासिहरुलाइ जानकारि भएकै बिषय हो। “साथी नेपाल” को उपाध्यक्ष को महत्वपुर्ण स्थानमा दुर्गा थापाजी आउनुभएको ले समानता भनेको ब्यबाहारमा हुनुपर्छ भन्ने यस सङ्घले परस्ट पारेको छ।
काठमान्डुका रैथाने रमेश त्वायनाजी भन्नु हुन्छ नेपाली भनेकै यहि त हो, विभिन्न संसक्रिति, कला र अनुभवहरुका डोकाहरु बोकेका मनिसहरु। त्वायनाजी को भनाइलाइ थापाजी, सापकोटाजी, निउरेजी, खत्रिजी, बस्नेतजी, गुरुङ्गजी, शर्माजी र सबै साथिहरुले अघाडि बढाउदै भन्नु हुन्छ, “साथि नेपाल” ले वास्तविक नेपाल त लक्जेम्वर्गमानै छ भन्ने दर्साउछ।
तराईको सुन्दर सहर बिराटनगरका पुरानावासी दिपेन्द्र बस्नेतजीलाइ “साथी नेपाल” को अधक्ष्यताको जिम्मेवारि सुम्पिइएको छ। बस्नेतजीले यो जिम्मेवारि स्विकारेर वास्तममै सम्पुर्ण नेपाली र नेपालीभाषा बोल्नेहरुको यस युरोपेलि सङ्घको एक राजधानि लक्जेम्वर्गमा मिलनसारिता र एकता सम्भव छ भन्ने देखाउनु भएको छ।
साथी नेपालको संचालन समिति
पर्यवेक्षयकहरु
प्रेमलाल शर्मा
चन्द्र बाहादुर थापा
दुर्गा निउरे
सोमन सिंह बस्नेत
कार्यकारिणी समिति
दिपेन्द्र बस्नेत अध्यक्ष
दुर्गा थापा उपाध्यक्ष
हरि बाहादुर खत्री कोषाध्यक्ष
सदस्यहरु
नारायण गुरुङ्ग
मिन बस्नेत
रमेश त्वायना
सिता खत्री
गोर्ख बाहादुर थापा
रामाकान्त सापकोटा
श्याम थापा
शान्ती सापकोटा
पत्रव्यवहारका लागि हालको ठेगाना
NAMASTE RESTAURANT
19, RUE DE STRASBOURG
L-2561 LUXEMBOURG
EMAIL: SathiNepal@pt.lu
Nuk ka komente:
Posto një koment