
स्पेनमा नेपालीहरुको बढ्दो चापलाई ध्यानमा राख्दै नेपाली दुतावासको स्थापना गर्न नेपाल सरकारलाई माग गर्ने निर्णय नेपाली जनसम्पर्क समिति स्पेन ,NRN स्पेन र नेपाल तरुण दल स्पेनको हालै सम्पन्न बैठकले गरेको छ । बैठकमा राहदानी लगायतका कगजातहरुका लागि छिमेकि मुलुक धाउनु पर्ने,समयमा कागजपत्र उपलव्ध नहुने, आवश्यकता भन्दा बढि खर्च हुन जाने आदिजस्ता समस्याहरु स्पेनवासी नेपालीहरुले भोग्नु परिरहेको कुरामा नेपाल सरकारको ध्यानाकर्षण गराउने निर्णय भयो ।
स्पेनमा नेपालीहरुको बढ्दो आगमनलाई ध्यानमा राखि स्पेन हेर्ने जिम्मा पाएको नेपाली दुतावास फ्रान्सले कम्तिमा हप्ताको एक् पल्ट आफ्नो प्रतिनीधि स्पेन खटाई समस्या समाधान गर्नु पर्ने र फ्रान्समा पुगेका स्पेनवासी नेपालीहरुको काम छिटो-छरितो ढ्ङगले गरिनु पर्नेमा नेपाली दुतावास फ्रान्सलाई अनुरोध गर्ने र नेपालमा पनि स्पेनको राजदुतावास नहुनाले भिसाका लागि स्पेनवासी नेपालीहरुका परिवारले महिनौँ दिल्लिमा चक्कर लगाउनु पर्ने बिडम्बना रहेकोले यस तर्फ सकारात्मक पहल गर्न स्पेन सरकारलाई अनुरोध गर्ने निर्णय भयो । बैठकको अद्यक्षता नेपाली जनसम्पर्क समिति स्पेनका कार्यवाहक अद्यक्ष पुष्प भण्डारी ले गर्नु भएको थियो भने सञ्चालन महासचिव दीपक सुबेदीले गर्नु भएको थियो ।
अद्यक्षको आशनबाट बोल्दै का वा अद्यक्ष पुष्प भण्डारीले आफुले काँग्रेसको बर्लिन भेलामा स्पेनमा नेपाली दुतावासको आवश्यकता रहेको र यसको लागि नेपाली काँग्रेस बिदेश बिभाग प्रमुख सुजाता कोईराला र सदस्य रमेश धमला मार्फत नेपाल सरकारलाई लिखित रुपमै अनुरोध गरेको र ई यू काँग्रेस सँयोजक दिल गुरुङ् र जर्मनीका लागि नेपाली राजदुत डा मदन कुमार भट्टराईलाई पनि यस कार्यमा सक्दो पहल गरिदिन आग्रह गरेको जानाकारी गराउनु भयो । बैठकमा NRN उपाद्यक्ष नारायण प्रसाईँ,तरुण दल उपाद्यक्ष कमल सापकोटा,NRN उपाद्यक्ष तथा नेपाली जनसम्पर्क समितिका सल्लाहकार रामलाल कँडेल,नेपाली जनसम्पर्क समिति स्पेनका सहसचिव भानु कँडेल,नरहरि सापकोटा,अनिल गुरुङ,कमल सिटौला,गणेशमान चाल्चाभडेल लगायत को उपस्थिति थियो ।
-दीपक सुबेदि स्पेन
Nuk ka komente:
Posto një koment