चितवन सहायता कोष वेल्जियम ले नेपालका विभिन्न असहायलाइ सहयोग गर्दै आएको यहा हरुलाई र्सवविदित नै छ । यहाहरुको सहयोगले सो कार्य गर्न सकिएको हो ।

यसै अवसरमा वेल्जियममा रहने सम्पूर्ण नेपालीहरुलाइ चितवन सहायता कोष वनभोजमा आमन्त्रण गर्दछ ।

सो वनभोज कार्यक्रमको आकर्षण एन डि एफ वेल्जियम द्धारा आयोजित दोहरी प्रतियोगीताका दुइ विजेता टोली मगर समाज वेल्जियम समुह र चितवन सहायता कोष समुहको पुन एक पटक दोहरी भिडन्तका साथ भरपुर मनोरन्जनको साथै अन्य विविध रमाइलो कार्यक्रम हरु पनि समावेश गरिएको छ ।
वनभोज मिति:२२ जुलाई आइतवार
वनभोज स्थान : वाभर ल्युभेन
विस्तृत जानकारीको लागी चितवन सहायता कोष वेल्जियममा सर्म्पर्क गर्नु होला ।
Nuk ka komente:
Posto një koment