
अफगानिस्तानको राजधानी काबुलमा आज भएको एक आत्मघाती कार बम विस्फोटनमा परी एक नेपालीसहित २ जनाको मृत्यु भएको छ ।
पूर्वी काबुलमा भएको हमलामा एक नेपाली र एक अमेरिकी नागरिकको मृत्यु भएको प्रहरी अधिकृत अलिशाह फत्तवालले जनाएका छन् । अमेरिकी सैनिकको कार्यालयमा ठेकेदारका रुपमा कार्यरत उनीहरु दुबैको नाम खुल्न सकेको छैन ।
कारागार निर्माणमा व्यस्त रहँदा आत्मघाती कार बम विस्फोटन गराएको बताइएको छ । घटनामा कारमा सवार अन्य २ जनाको मृत्यु भएको एपीले जनाएको छ । विस्फोटको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन ।
Nuk ka komente:
Posto një koment