e hënë, 30 prill 2007

माओवादी सेनाले प्रयोग गरेको जीप राष्ट्र संघीय टोलीको नियन्त्रणमा

चितवनस्थित माओवादी तेस्रो डिभिजनले प्रयोग गरिरहेको दर्ता नम्बर नभएको एक जीपलाई आज राष्ट्र संघीय अनुगमन टोलीले राजधानीको भोटाहिटी क्षेत्रबाट आफ्नो नियन्त्रणमा लिएको छ।

माओवादीको सो जीप चितवनस्थित छापामारहरुका लागि सामान लिन राजधानी आएको अवस्थामा प्रहरीले पक्राउ गर्न खोजेपछि भएको दुई घण्टाभन्दा लामो समयसम्म चलेको वार्तापछि राष्ट्र संघीय टोलीले भर्पाई गरी सो जिप आफ्नो नियन्त्रणमा लिएको हो । अनुगमन टोलीले दर्ता नगरिएका यस्ता गाडीहरुका सम्बन्धमा अन्मितको बैठकमा छलफल गरिने बताएको छ।

यसअघि प्रहरीले नम्बर नभएको भन्दै राजधानीको महाबौद्ध चोकमा माओवादीले सामान लोड गरेर राखेको जीप नियन्त्रणमा लिएको थियो । सो जीपमा माओवादी जनमुक्ति सेना र नम्बर लेख्ने स्थानमा तेस्रो डिभिजन-चार लेखिएको छ। प्रहरीले जीप नियन्त्रणमा लिएर क्रेनको सहयोगमा उठाएर लान खोजेपछि माओवादी कार्यकर्ताले प्रतिवाद गरेका थिए । दिउँसो झण्डै दुई बजेदेखि साँझ ५ बजेसम्मको खिचातानी र प्रहरी घेराबीच अन्मिन, माओवादी र प्रहरीबीच वार्ता भएको थियो ।

Nuk ka komente: