e hënë, 30 prill 2007

माओवादी सेनाले प्रयोग गरेको जीप राष्ट्र संघीय टोलीको नियन्त्रणमा

चितवनस्थित माओवादी तेस्रो डिभिजनले प्रयोग गरिरहेको दर्ता नम्बर नभएको एक जीपलाई आज राष्ट्र संघीय अनुगमन टोलीले राजधानीको भोटाहिटी क्षेत्रबाट आफ्नो नियन्त्रणमा लिएको छ।

माओवादीको सो जीप चितवनस्थित छापामारहरुका लागि सामान लिन राजधानी आएको अवस्थामा प्रहरीले पक्राउ गर्न खोजेपछि भएको दुई घण्टाभन्दा लामो समयसम्म चलेको वार्तापछि राष्ट्र संघीय टोलीले भर्पाई गरी सो जिप आफ्नो नियन्त्रणमा लिएको हो । अनुगमन टोलीले दर्ता नगरिएका यस्ता गाडीहरुका सम्बन्धमा अन्मितको बैठकमा छलफल गरिने बताएको छ।

यसअघि प्रहरीले नम्बर नभएको भन्दै राजधानीको महाबौद्ध चोकमा माओवादीले सामान लोड गरेर राखेको जीप नियन्त्रणमा लिएको थियो । सो जीपमा माओवादी जनमुक्ति सेना र नम्बर लेख्ने स्थानमा तेस्रो डिभिजन-चार लेखिएको छ। प्रहरीले जीप नियन्त्रणमा लिएर क्रेनको सहयोगमा उठाएर लान खोजेपछि माओवादी कार्यकर्ताले प्रतिवाद गरेका थिए । दिउँसो झण्डै दुई बजेदेखि साँझ ५ बजेसम्मको खिचातानी र प्रहरी घेराबीच अन्मिन, माओवादी र प्रहरीबीच वार्ता भएको थियो ।

e diel, 29 prill 2007

स्वास्थ्य मन्त्री नियुक्त

चर्को दबावपछि आज आठ दलीय गठनबन्धनको एउटा दल जनमोर्चा नेपालले आफ्नो भागमा परेको मन्त्री पद पाएको छ ।


। आज अपरान्ह मन्त्रिपरिषद विस्तार गरी प्रधानन्त्री गिरिजाप्रसाद कोइरालाले जनमोर्चाका गिरिराजमणि पोखरेललाई नियुक्त गर्नु भएको हो । प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले पोखरेललाई स्वास्थ्यमन्त्रीमा नियुक्त गरी आजै पद तथा गोपनीयताको पथ गराउनु भएको छ।


स्रोतहरुले जनाएअनुसार कांग्रेस, माओवादी र जनमोर्चाका एक एक गरी अन्य तीन राज्य मन्त्रीलाई भने दुई तीन दिनभित्र नियुक्त गरिने भएको छ।

नेपालीको बर्तमान अबस्था सम्वन्धी कार्यक्रम सम्पन्न

एन डि एफ बेल्जियम र स्तूपा प्रोजेक्ट वर्ल्डको संयुक्त पहलमा अप्रिल २९ गते बेल्जियमका राजनीतिक पार्टर्ीी नेताहरुको उपस्थितिमा नेपाल र नेपालीको बर्तमान अबस्थाको बिषयमा राखिएको प्रबचन कार्यक्रम सम्पन्न भएको छ ।


दक्षिण कोरियामा जनआन्दोलन दिवस मनाइयो

नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले जनआन्दोलन दिवसका दिवस तथा जलपान कार्यक्रम आयोजना गरी आइतबार दक्षिण कोरियामा जनआन्दोलन दिवस भव्यरुपमा मनाइएको छ।

प्रथम जनआन्दोलन दिवसको अवसरमा केक काट्नुका सार्थ दीप प्रज्वलन गरी सुरु गरिएको सो कार्यक्रम जनसम्पर्क समितिका सभापति रतन सुब्बाले उद्घाटन गर्नुभएको थियो ।


उक्त कार्यक्रममा नेपाली जनसम्पर्क समितिका अध्यक्ष बमप्रसाद लावती, नेपाल बौद्ध परिवारका अध्यक्ष नरेन्द्र गुरुङ, कोरियामा अध्ययनरत विद्यार्थीहरुको संगठन सनसिकका सभापति प्रमोद श्रेष्ठलगायतले बोल्नु भएको थियो । कार्यक्रममा स्वागत केन्द्रीय सदस्य गोपाल घिमिरेले गर्नुभएको थियो ।


केन्द्रीय महामन्त्री भूपेन्द्र आचार्यले संचालन गर्नुभएको सो कार्यक्रमको सभापतित्व समितिका केन्द्रीय अध्यक्ष रतन सुब्बाले गर्नुभएको थियो ।

भूपेन्द्र आचार्य, दक्षिण कोरिया

e premte, 27 prill 2007

पद्मकन्यामा आज पनि भुत्लाभुत्ली





राजधानीको मध्य भाग आर्थात बागबजारमा रहेको पद्मकन्या क्याम्पसमा आज पनि नेवि संघ र अखिल क्रान्तिकारीका विद्यार्थीबीच भुत्लाभुत्ली भएको छ। छात्रवृत्तिसम्बन्धी विवादलाई लिएर बिहीबार सुरु भएको ती दुई संगठनबीचको विवाद आज झनै सडकमै पोखिएको थियो । आज क्रान्तिकारीका विद्यार्थीलाई नेवि संघका विद्यार्थीले क्याम्पस छिर्न नदिएपछि झडप भएको थियो । झडपमा दर्जन जति घाइते भएका छन् । उनीहरु बिहीबार क्याम्पस प्रशासकको कोठामा कुस्ती खेलेका थिए । प्रशासनले भने वार्तामा आउन आग्रह गरेको छ।


तस्वीर: सागर श्रेष्ठ/स्वससे ,विजय राइ/अनलाइन खबर

e enjte, 26 prill 2007

गौर घटना हुनुमा तीनै पक्ष जिम्मेवार :मानवअधिकार आयोग


चर्चित गौर घटना हुनुमा नेपाल सरकार, नेपाल कम्युनिस्ट पार्टर्ीीमाओवादी) र मधेसी जनअधिकार फोरम जिम्मेवार रहेको ठहर राष्ट्रिय मानवअधिकार आयोगले गरेको छ । रौतहटको गौरस्थित राइस मिल चौरमा गत चैत ७ गते भएको उक्त हिंसात्मक घटनाका बारेमा आयोगले चैत ८ गतेदेखि १४ गतेसम्म गरेको अनुगमन र अनुसन्धानका आधारमा तयार पारेको प्रतिवेदनमा त्यस्तो ठहर गरिएको छ ।

त्रिचन्द्र कलेजका विद्यार्थीद्वारा तीन घण्टा सडक जाम




राजधानीको घण्टाघरस्थित त्रिचन्द्र कलेजका विद्यार्थीले क्याम्पस अगाडि सडकमा सवारीको गति कम हुनु पर्ने माग गर्दै आज विहान ३ घण्टा सो क्षेत्रमा यातायात अवरुद्ध गरेका छन् ।

फोटो श्रोत् नेपालन्युज

वेल्जियममा रक्तदान कार्यक्रम सम्पन्न




रक्तदान नै जीवनदान हो भन्ने रेडक्रसको विश्वव्यापी मान्यतालाई मध्यनजर गर्दै नेपाली जनसम्पर्क समिति वेल्जियमको क्षेत्रीय समिति आन्त्रोपेनको समन्वयमा चितवन सहायता कोष,नेपाल तरुणदल लगायतका सस्थाहरुको संलग्नतामा रक्तदान कार्यक्रम आयोजना सफलता पर्ुवक सम्पन्न भयो ।

e mërkurë, 25 prill 2007

यूएईमा लोकतन्त्र दिवस मनाइयो




बैशाख ११ का दिन नेपाललगायत विश्वका विभिनन देशहरुमा पनि जनआन्दोलन भाग दुईको स्मरण गर्दै लोकतन्त्र दिवस मनाइएका छन् । सोही क्रममा यूएईस्थित नेपाली दूतावासले पनि यूएईको अबुधावीमा लोकतन्त्र दिवस मनाएको छ।




खेमनाथ पौडेल यूएई

मस्कोमा लोकतन्त्र दिवस भव्य रुपमा मनाइयो







रुसको राजधानी मस्कोमा रहेका नेपालीहरुले जनआन्दोलन सफल भएको बैशाख ११ गतेको स्मरणमा एक भव्य कार्यक्रमका साथ प्रथम लोकतन्त्र दिवस मनाएका छन् ।

तस्वीर: सचिन बज्राचार्य/ मस्को

बेल्जियमम लोकतन्त्र दिवस
















नेपालमा लोकतन्त्र प्राप्तिको प्रथम वाषिर्कोत्सवको उपलक्ष्यमा बेल्जियमका लागि कार्यवाहक नेपाली राजदूतले बेल्जियमस्थित राजदूतावासमा स्वागत समारोह आयोजना गर्नुभयो ।
समारोहमा बेल्जियममा रहेका नेपालीको सहभागिता थियो । त्यस अवसरमा सहभागीहरूले नेपालमा लोकतन्त्रका लागि सहादत प्राप्त गर्ने सहिदका स्मृतिमा एक मिनेट मौनधारण गरेका थिए ।

e hënë, 23 prill 2007

वेल्जियम काग्रेसको कार्यक्रम सम्पन्न







गत वर्ष नेपालमा सम्पन्न महान जन-आन्दोलन-२ को स्मरण तथा नव वर्ष २०६४ को उपलक्षमा नेपाली जनसम्पर्क समिति बेल्जियमले एक विशेष शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रम को आयोजना गरेको छ ।




सो कार्यक्रममा उपस्तिथ संघ संस्थाको प्रतिनिधी लगायत वेल्जियममा रहने नेपाली हरुले समयमा संविधान सभा निर्वाचनको माग समेत गरेका छन । कार्यक्रमका वक्ताहरुले माउवादीलाई दोहोरो चरित्र त्याग्न आग्रह गरेका थिए। सो कार्यक्रम सम्वन्धी भिडियो छिटै अपलोड गर्ने छौ ।

व्यवसायी संघ वेल्जियम तथा नेपाली टिभीको कार्यक्रम सम्पन्न






नेपाली व्यवसायी संघ वेल्जियम तथा नेपाली टिभी युरोपियन रिजनको संयुक्त आयोजनामा नया वर्ष२०६४ को उपल्यक्षमा एक विषेश कार्यक्रम सम्पन्न भएको छ । शुभकामना तथा जलपान कार्यक्रमका नेपाली दुतावास को तर्फवाट का वा राजदुत श्रीमति अम्वीका लुइटेल प्रथम सचिव दर्ुगा प्रसाद भण्डारी लगायत वेल्जियमका रहेका संघ संस्थाको प्रतिनिधी र नेपाली हरुको उपस्थिती रहेको थियो ।

लोकतन्त्र दिवस



मुलुकमा लोकतन्त्र स्थापना भएपछि पहिलो लोकतन्त्र दिवस भव्य रूपमा मनाउन आजदेखि सरकार र नागरिक समाजले छुट्टाछुट्टै कार्यक्रम तय गरेका छन्। आजदेखि लगातार तीन दिनसम्म मनाइने लोकतन्त्र दिवसमा सरकारले सबै सरकारी कार्यालयमा साँझ दीपावली गर्ने भएको छ भने सर्वसाधारणले पनि घरघरमा दीपावली गर्दै खुसीयाली मनाउन सरकारले आह्वान गरेको छ। भोलिको दिन जनआन्दोलनले सफलता हासिल गरेको दिन भन्दै सरकारले बिहान १०ः३० बजे सैनिक मञ्च टुँडिखेलमा सम्पूर्ण सरकारी, अर्धसरकारी र सर्वसाधारणलाई भेला हुन सूचित गरेको छ। भोलि सरकारले हेलिकोप्टरबाट पुष्प वर्षा गर्नेछ। सैनिक परेड, धून, कवाजसमेत प्रदर्शन गर्ने जनाएको छ। सरकारले कर्मचारीलाई पहिलो लोकतन्त्र दिवस मनाउन भोलि सरकारी बिदासमेत दिने भएको छ। त्यसैगरी सरकारले जनआन्दोलनका घाइतेलाई भोलि परिचयपत्र प्रदान गर्ने भएको छ। यसैगरी लोकतन्त्र दिवसका अवसरमा सहिदका नाममा विभिन्न सङ्घसंस्थाले तीनै दिन पूजापाठ लगाउने भएका छन्। यता नागरिक समाजले पनि देशभर नै दललाई सचेत तुल्याउँदै लोकतन्त्रको आन्दोलन जारी छ भन्ने मूल नारा लिएर कार्यक्रम गर्ने भएको छ। आज दिउँसो १ बजे राजधानीको प्रज्ञा भवनमा समाजले गतवर्षको समीक्षा गर्न विचार गोष्ठीको आयोजना गर्दैछ। गोष्ठीमा नागरिक समाजका अगुवाले दललाई खबरदारी गर्दै लोकतन्त्र आएको एक वर्षमा कहाँ के-के त्रुटि भयो भन्नेतर्फ ध्यान दिने आग्रह गर्ने भएका छन्। गोष्ठीमा जनचाहनाको मूल लक्ष्य बनेको संविधानसभाको निर्वाचन जेठ/असारमा किन हुन सकेन भन्नेबारे समीक्षासमेत गर्ने बताइएको छ।त्यसैगरी आजै साँझ माइतीघर मण्डलामा जनआन्दोलनका बेला बनाइएका वृत्तचित्र र फोटो प्रदर्शनी गरिनेभएको छ। नागरिक समाजले भोलि वसन्तपुरमा विशाल नागरिक सभा गर्ने जनाएको छ।