

प्रबसी नेपालीको लगानीमा हासी देउ एकफेर
लामो समय पछि हासी देउ एकफेरले मह जोडीलाई एक साथ ठुलो पर्दाको चलचित्रमा सगै ल्याएको छ । गैर आवासिय नेपालीले नेपाली चलचित्रमा लगानी वेला वखतमा गर्ने गरेका छन ।तर पदाधिकारीको एकल लागानीमा वनेको चलचित्र हासी देउ एकफेर पहिलो हुने छ । एन आर एन लग्जर्न्वर्गका आ्रइ सिसि सदस्य समेत रहेका रमेश त्वायनाले निमार्ण्र्ाार्न लागेको यो चलचित्रको शुभ मुहत केही समय पहिला काठमाण्डौमा भएको थियो । एन आर एन केन्द्रिय अध्यक्ष उपेन्द्र महतोले यो चलचित्रको शुभमुहत गर्न भएको थियो । यस अधि नेपाली सफल चलचित्र हामी तीन भाइ र भरोसामा समेतमा लगानी गरी सकेका त्वयनाले यस पटक भने एकल लगानाीमा यो चलचित्र निमाण गर्न लागेका हुन । शिव रेग्मीले निर्देशन गर्न लागेको ´हाँसीदेउ एकफेर´ मा झट्ट हेर्दा विहारी नेता लालुप्रसाद यादवजस्तो लाग्ने गेटअपमा हरिवंश बिहीबार राजधानीमा फिल्मको मुहुर्त कार्यक्रममा सार्वजनिक भएका थिए र, मदनकृष्णसँग फिल्मको एउटा संवाद पनि बोले। फिल्ममा महका अलावा राजवल्लभ कोईराला, श्वेता सिंह, मिथिला शर्मा, रवि गिरी आदि कलाकारको पनि मुख्य भूमिका रहने छ। यो फिल्मको पटकथा/संवाद निर्देशक रेग्मी, विकास आचार्य र रमेश त्वयनाले लेखेका छन्। फिल्ममा सुरेश अधिकारीले संगीत दिएका छन्। शुभमुहत कार्यक्रम सकाएर फर्केका त्वायना संग नमस्ते यूरोपले गरेको कुराकानी
कस्तो रहयो चलचित्रको शुभ मुहत ?
राम्रै भयो । एन आर एन केन्द्रिय अध्यक्ष डा महतोले व्यस्तताको वावजुद पनि समय निकालेर चलचित्रको शुभ मुहतमा आइ दिनु भयो ।
शुभ मुहतमा डा महतो नै किन ?
म प्रवासी नेपाली उहा प्रवासी नेपालीहरुको आवाजलाई विश्वमा उठाउदै आउनुभएको मान्छे तथा आदरणिय समेत हुनु हुन्छ साथै नेपालमा प्रवासी नेपालीहरुले गर्ने लगानीमा उहाको सधै सहयोग र हौसला प्रदान गर्नु भएको छ । यसैले हो ।
चलचित्रमा मह जोडीलाई लिनु भएको छ नी ?
उहाहरु भनेको नेपाली कला क्षेत्रका नक्षत्र हरु हुनुहुन्छ । तेसमा पनि लामो समय भयो उहाहरुले कुनै नेपाली चलचित्रमा एक साथ काम गर्नु भएको छैन । तेसैले मैले प्रयास गरेको हु ।
यस अधिको चलचित्र जस्तै यसमा पनि शिव रेग्मीको निर्देशक हुनु हुदो रहेछ ?
हो । उहा चलचित्रलाई राम्रो निर्देशन गर्न सक्नु हुन्छ ।
चलचित्रको लगानी कति होला ?
राम्रो चलचित्र निमाण र कलाकार लगायत घेरै कुरामा यो चलचित्र ठुलो लगानी हुन सक्छ
के लगानी उठाउनेमा तपाई विश्वस्त हुनु हुन्छ ?
राम्रो कलाकार प्रावधिक र निर्देशक को सामुहिक प्रयासमा यो चलचित्र वन्दै छ । चलचित्र राम्रो हुनेमा म विश्वस्त छु । जहा सम्म लगानी उठछ की उठदैन भन्ने सवालमा म अहिले नै भन्न सक्दिन तत्कालिन माहोलले भुमीका खेल्ने हुदा त्यो त पछिका े कुरा हो । तर मलाई आशा छ की यो चलचित्रले दर्शक हरुलाई हलमा अवस्य तान्ने छ ।
कहिले सम्म चलचित्र प्रदशन होला ?
अक्टोवरमा गर्ने विचार छ । यो चलचित्र प्रिमियर म प्रवासी भएको कारण प्रवास वाटै गर्ने योजना छ ।