e hënë, 9 shkurt 2009

एक पल


एक पल
सबै थियो
एकै निमेषकमा
केही छैन
आँखा खोल्दा
तिमी थियौ
रमाइलो थियो
खुशी थियं
ऊूमङग थियो
आमा थिइन
बाबा थिय
दाजु भाई दिदी बहिनी सबै
आँखा बन्द भो
तिमी थियन
खुशी थियन
टाढा टाढा सम्म
समुद्रको धमिलो छाल
स्वच्छता छैन
बालुवा मात्र
हावा हुरी
धुलो उडेको
भुंवारीमा परेको मन
अभिमुन्यु जस्तै जालोमा
शरीर बालुवाको भुवारीमा
मरुभुमिमा
पानीको प्यासमा
भौंतारी रहेको जिन्दकी
मिर्ग तिर्ष्णाले
कोसौं दौडाइ रहेछ
पाइतालामा फोका
पिंडौलाको गलाई
दिलको प्यास झन बढन लाग्यो
पानी भेट्ने आशमा
हिंडदा हिंडदा
मरुभुमिमा लम्तरान परेर
नाक र मुख बाट श्वासले बलुवा उडाउदै
पल्पल श्वास लिरहेछ
पानीको स्वपनामा
खुट्टा तन्किदै छन
जिउने अथवा मर्ने दोधारमा
अस्तु
मनोज के सी लण्डन

Nuk ka komente: