e shtunë, 20 dhjetor 2008

वेल्जियममा नेपाली सांगतिक कार्यक्रम सम्पन्न + photo





























यहि 19 Dec 2008 शुक्रवार साझँ Stad oostend aan Zee (MARO), Belgium को आयोजनमा नेपाली सांगतिक कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा कलाकारहरु नारायण धित्ताल, मुना ताम्राकार, जुना निरौला द्घारा गायन प्रस्तुत गरिएको थियो । साथै तबलामा धनेश्वर तिवारी, बासुरी र सारङ्गी मा अमर राना र खैजडीमा श्रीकृष्ण तमोटले साथ दिनु भएको थियो । त्यसै गरि कलाकारहरु सोनिया पाहरी, स्मृति श्रेष्ठ, स्वेच्छा नौभाग, सन्जु पाठक, सोनिया चौधरी, सन्जु भारती, दिया पोखरेल, जोस्ना पौडेल र रिया समेत द्घारा सुन्दर नेपाली नृत्य प्रस्तुत गर्नु भएको थियो । उक्त कार्यक्रममा बेल्जीकहरु लगायत अन्य विदेशीहरुको उल्खनिय उपस्थित रहेको थियो र उनिहरुले अतेन्त उत्साह पर्ूवक नेपाली गित संगतिमा सामुहिक नाचगानमा रमाएको थिए ।
सोही अवसरमा नारायण धित्ताल द्घारा सृजीत नेपाली कला, संस्कृति र प्रकृति झल्कने खालका थुप्रै चित्रकलाहरु पर््रदशनमा राखिएको थियो । सो कार्यक्रमलाई दिनेश पोखरेल, सुनिता गुरुङ्गले संचालन गर्नु भएको थियो ।

-gokul pathak/belgium

Nuk ka komente: