




हङकङमा नेपाली सप्ताह शुभारम्भ
देवराज रार्इ
डिसेम्बर २५, २००८
नेपाली समाजको आधार नेपाली भाषा साहित्य संस्कृति भएकोले भाषा, साहित्य संस्कृति जाति पहिचानको आधार मानेर यसलाई संस्थागत गर्दै नेपाली यसकै आधारमा नेपाली एकता र समृद्धिलाई बढावा दिँदै लैजाने उद्देश्यले हङकङमा 'नेपाली भाषा साहित्य संस्कृति सप्ताह २००८' कार्यक्रम विगत वर्षरुमा जस्तै भव्यरुपमा सम्पन्न भइरहेको छ ।
हङकङका विराट नेपाली समुदायको सहभागीतामा डिसेम्बर २५ तारिखका दिन झाँकी प्रदर्शन गरियो । यहाँका विभिन्न प्राथमिक, माध्यमिक, उच्चतर माध्यमिक तथा किन्डरगार्टेनका प्रिन्सिपल, भाइस प्रिन्सिपल, शिक्षक, नेपाली विधार्थीहरु तथा तिनको अभिभावकहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, पत्रकार, जिल्ला पार्षदहरु स्थानीय जननेताहरुको साथमा युनलङको घडी पार्कदेखि यावसान स्ट्रीट, होपयिक रोड, म्यानह्याटन प्लाजा, ताइतोङ रोड, काउयुक रोड तथा मातिन रोड हुँदै युनलङ परिक्रम गरी युनलङ थिएटरको भव्य हलमा पुगेको थियो । शोभायात्रा पछि विभिन्न संघसंस्था तथा विभिन्न विद्यालयका विधार्थीहरुले विविध नेपाली साँस्कृति कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।
विभिन्न जातीय संस्कृतिको योग नै नेपाली संस्कृति भएको यथार्थलाई आधार मानी हङकङ नेपाली समुदायभित्रका जातीय संस्कृति झल्कने भेषभुषा, नेपाली बाजागाजाहरु यात्रभर प्रदर्शन गरिएको थियो । शोभायात्रामा नेपाली हृदय नजीकका नेपाली समुदायहरुलाई एकता प्रदान गर्ने नेपाली धुनहरु बजाइएका थिए । विभिन्न जातीय गीतहरु समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा विभिन्न विद्यालयका साथ नेपाली संघसंस्थाले समेत सहभागीता जनाएको थियो । हङकङ जस्तो भव्य ट्राफिक व्यस्तता हुने प्रमुख बाटाहरुमा प्रहरी तथा ट्राफिकहरुले यातायात ठप्प बनाइ दिएका थिए ।
याात्राभर कला संस्कृतिमा धनी संस्थाहरु किरात र्राई यायोक्खा, तमू प्ये ल्हु संघका उल्लेख्या मानिसहरुले जातीय धुन तथा नृत्य, बाजागाजाहरु आकार्ष रुपमा प्रस्तुत गरको थिए । बाटाको दुवै क्षेत्रहरुमा कोचिएर हेरिरहेका चिनिया तथा अन्य मूलका नागरिकहरुले तस्विर व्यस्त रुपमा लिई रहेको देखिन्थे ।
नेपालका प्रमुख जातजातिहरुको भेषभूषा सजिएका विधार्थीहरु तिनका अभिभावकहरुले माहोल नेपालीमय बनाएका थिए । पदयात्रा पछि सम्पन्न भएको सांस्कृति कार्यक्रममा पीएच सेन्ट्रल प्राइमरी स्कुल, टीके प्राइमरी स्कुल, आइकेटी सेकेण्डरी स्कुल, डेलिया स्कुल हिपओ, डेलिया ब्रडवे, सर एलिस कादुरी स्कुल, पीके कलेज, मानकिउ प्राथमिक विद्यालय, बेथल हाइस्कुल, सगरमाथा किण्डर गार्टेनका विधार्थीहरुले नेपाली संस्कृति झल्कने नृत्यहरु प्रस्तुत गरेका थिए ।
किरात र्राई यायोक्खा साकेला सिली, तमू प्ये ल्हु संघले तमू संस्कृतिमा आधारित नृत्य, तबला बादक हरि श्रेष्ठले नेपाली हृदय नजीकका धुनहरुमा तबला वादन गर्नु भएको थियो ।
नेपाली सप्ताह २००८ को अन्या कार्यक्रमहरु २६ डिसेम्बरका दिन युनलङको सरकारी पुस्तकालयमा नेपाली पुस्तकहरुको समाहिताको समुद्घाटन गरिने भएको छ ।२९ डिसेम्बरका दिन हङकङ सरकार प्रमुख डोनाल्ड चाङलाई नेपालीहरु यहाँको स्थानिय नागरिक सोसरह अधिकार सम्पन्न भएका कारण दर्शाउदै तथा हङकङको बेसिक ल, बिल अफ् राइट्स तथा हङकङले पालना गर्नुपर्ने अन्तराष्ट्रिय कानूनबमोजिम अल्पसंख्यक जातिको भाषा, सहित्य तथा संस्कृतिको समुन्नति हुनुपर्छ भन्ने मांग विषयक ज्ञापनपत्र बुझाइने भमएको छ ।
३० डिसेम्बरका दिन हङकङका विभिन्न सरकारी नियन्त्रणमा रहेका लोकप्रिय जनप्रायोगिक ठाउँहरु जस्तै पार्क, अस्पताल, पुस्तकालय, चिडियाखाना आदिमा सरकारी अनुमतिले नेपाली भाषाको सूचनापटहरु राखिने कामको शूरुवात गरिने आयोजकले जनाएका छन् । ३१ डिसेम्बरका दिन विभिन्न विद्यालयहरुमा अध्धयानरत नेपाली विधार्थीहरुबीच प्रतिस्पर्धात्मक नेपाली विषयक कार्याशाला सम्पन्न हुने भएको छ । नेपाली सप्ताहको आयोजना हङकङ नेपाली कला मन्दिर तथा यसको संयोजन हङकङ नेपालीज फाउण्डेशनले गरेको छ ।
Nuk ka komente:
Posto një koment