



लुभेन रेगुलाइज संबन्धी अन्तर्कृया कार्यक्रम संपन्न
पुरुशोत्तम सुबेदी -लुभेन
गत बुधवार दिसेम्बर १० तारिख सांझ ८ बजे लुभेनमा रेगुलाइजेसनको माग संबन्धी बिशेष अन्तर्कृया कार्यक्रम संपन्न भयको छ । रेख्त ओप मिग्रासी(rechtopmigratie) नामक संस्थाको आयोजनामा गरियको सो अन्तर्कृया कार्यक्रममा नेपाली भूटानि र अफ्रिकी मुल्का गरी झन्डै ५० जना बिना कागज वाला मानिसहरुको उपस्थिती रहेको थियो । उक्त भेलामा नेपालीहरुको अन्य मुल्का भन्दा अत्यधिक उपस्थिती रहेको थियो । सो समारोहमा कार्यक्रम का आयोजक पोल भान क्याम्प ले आगामी १४ दिसेम्बरमा एन्टवेर्पेनमा हुन गैरहेको प्रदर्सनमा रेगुलाइजको लागि सरकार लाई दबाव दिन सबै देसी बिदेसी संघ संस्था हरुलाई आह्वान गर्नु भयको छ । मार्च १८ २००८ मा सरकारले गरेको बचन् बद्धतालाई थप दबाव दिनका लागि उक्त दिन बेल्जियम मा रहेका सबै बिना कागजवाला तथा अन्य सबै मानव अधिकारबादीहरुलाई आ आफ्नो क्षेत्र बाट १४ दिसेम्बरमा येन्टवेर्पेनमा दिनको ठीक दुई बजे हुन गैरहेको रेलिमा भाग लीइ सहयोग पुर्याइदिन सबै लाई आग्रह गर्नु भयको छ । सांझ ८ बजे देखी सुरु भयको सो अन्तरकृया कार्यक्रममा रेख्त ओप मिग्रासी संस्थाको तर्फ बाट पोल भान क्यम्प -क्यात्लिन - यक पत्रकार लगायत ४ जनाको उपस्थिती थियो। उक्त भेलाले एन्टवेर्पेन जानको लागी बसको सिट रिजर्वेसन्को लागि समारोहमा जाने हरुको नामावली समेत संकलन गरेको छ । कार्यक्रममा रेगुलाइज संबन्धी अन्य थुप्रै बिषयहरुको छलफल भयको थियो । थप जानकारीको लागि www.rechtopmigratie.be मा गएर हेर्न हुन पनि संस्थाले अनुरोध गरेको छ ।
Nuk ka komente:
Posto një koment