e enjte, 11 shtator 2008

जीबन


धनै धन को मात्र पनि - हैन रहेछ जीवन ।

साग सिस्नु खोले सँग - खेल्दो रहेछ जीवन ।।

घमन्ड र मुर्ख्याइ मा - एक्लो रहेछ जीवन ।

मेलमिलाप र सद्भाबको - साथी रहेछ जीवन ।।

सुखै सुखको मेसो पनि - ब्यर्थ रहेछ जीवन ।

दु:ख बिच जिऊनु पनि - अर्थ रहेछ जीवन ।।

हांसै हांसो मात्र पनि - हैन रहेछ जीवन ।

हांसो रोदन सँग बाच्नु - मज्जा रहेछ जीवन

दिनेश खरेल
नेदरलंड

स्पेन

e diel, 7 shtator 2008

अभिवादन ! कमरेड प्रचण्ड


आमुल परिवर्तनको नयाँ प्रक्रिया शुरु हुनै पर्छ, केहि नयाँ हुनै पर्छ र केहि नयाँ गरिनै पर्छ । आफु र आफ्नो कर्तव्यलाई चटक्कै विर्सिएर दिने अभिव्यक्तिको मोल शुन्य हुन पनि सक्छ । र्सवसत्तावादी चिन्तन र अधिनायकवादी शासनको अभ्यासवाट आएका नेपालका नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल उर्फप्रचण्ड’सामन्तवादको नव-नायक वन्ने चर्को होडवाजीमा दौडिदै छन । अहिले प्रचण्ड द्वन्द कालखण्डमा पनि छैनन र भूमिगत भैहाल्नुपर्ने परिस्थिती पनि तत्काल छैन । कर्तव्य ज्यान मुद्दा अदालतवाट फिर्ता लिन फर्ुसत नभएको हुनसक्छ, हतार हतारमा त्यो काम गर्नु पर्ने केहि आवश्यकता छैन । किनभने उनी अहिले गणतन्त्र नेपालका प्रधानमन्त्री छन । उनलाई अव कसैले पक्रने,सरकारवादी मुद्धा चलाउने र कसैले सजँाय दिन सक्ने अवस्था नै छैन ।

आज विकराल अवस्था त ति निर्दोश नेपाली दाजुभाई, दिदीवहिनीहरुको छ जसलाई विभिन्न वहानामा आफ्नो घर,परिवार र सम्पत्ति त्यागेर शरणार्थीको अवस्थामा जीउन परिरहेको छ । नेपालका रुकुम ,रोल्पा लगायतका विकट पहाडी गाँउवाट विस्थापित भई सडक र पेटीमा परिवारलाई माग्न लगाएर जीवन धानेका ती गरीव नेपालीहरुको वारेमा किन कसैलाई केही मतलव छैन । कोहि कांग्रेस भएर विस्थापित भएका छन त कोहि एमाले,राप्रपा र अन्य पार्टर्ीी लागेका व्यक्तिहरु छन । बिशुद्ध राजनैतिक प्रतिशोधको आधारमा विस्थापित गर्राईएका ति नेपालीहरुको अवस्थाका वारेमा किन आज सम्म कसैले वोल्न चाहिरहेको छैन । भक्षक नै रक्षक भएको वर्तमान सरकारले के तिनीहरुको पिडा वुझ्ला - जनयुद्धका नाममा विस्थापित गर्राईएका ति नेपालीहरुलाई आ-आफ्नो घर र्फकन पाउने अधिकार कसले दिलाई देला - १२ वँुदे समझदारी,२३ वुँदे समझदारी र ७ वुँदे सहमति त केवल कागजमा सिमित छ, काँग्रेसले त पालना गराउन सकेन अव कसरी कार्यान्वयन होला ।

नेपाली कांग्रेसले संविधान सभाको निर्वाचनमा पराजय भोग्न पर्ने कारण विस्थापित संग सम्वन्धित छ । नेपाली कांग्रेस प्रति आस्थावान ९० प्रतिशत नेता,कार्यकर्ता र र्समर्थकहरु देशभित्र आन्तरिक शरणार्थीका रुपमा विस्थापित भएका थिए । कंागे्रसको सरकारले माओवादी शसस्त्र द्वन्दको प्रतिकार गरेर ठेगान लाउन सकेन सकेन आन्तरिक शरणार्थीका रुपमा विस्थापित भएका आफ्ना कार्यकर्ताहरुको संरक्षण गर्न पनि सकेन । आफ्नै साथी विस्थापित भएर सदरमुकाम र राजधानीका सडकमा भौतारिई रहदा सम्म चिल्ला गाडी चढने राज्यको सविधा लिईरहेका मन्त्री र उच्चपदस्थ नियक्ति पाएकाहरुलाई कहिल्यै दखेन । नेपाली कांग्रेसले आफ्ना विस्थापित नेता,कार्यकर्ता र र्समर्थकहरुलाई पर्ुनस्थापित गर्न सकेन वा त्यो ठाँउमा नयाँ नेतृत्वको विकास गराउन सकेन भने लोकतान्त्रिक संस्कार लाई आत्मसात गर्ने कुनै नयाँ पार्टर्ीी कांग्रेसलाई नै विस्थापन गर्न सक्छ । अहिले सत्ता वाहिर वस्दा समेत विगतको गल्ती,कमजोरी सच्याउने ठोस नीति तय गर्न नसक्नु कांगे्रसका लागि मात्रै होईन सिंगो मुलुकलाई त्यसको असर पर्न जाने निश्चित छ ।

शसस्त्र द्वन्दकालमा शाहीसेनाले ज्यादती गरेको थियो , संगसंगै माओवादी आतकंकारीहरुको ज्यादती पनि कम थिएन । विभिन्न संघ संस्थाहरुले प्रकाशित गरेको तथ्यांकले भन्दै छ एक हजार भन्दा वढी नेपाली नागरीक अझै बेपत्ता छन । तिनीहरुको स्थिति के कस्तो अवस्थामा छ र्सार्वजनीक हुन सकिरहेको छैन । द्वन्दकालमा सेनालाई व्यक्तिको जग्गा जवरजस्ति लिएर काढे तार वार लगाउन कसैले रोक्न सकेन । माओवादीले पनि व्यक्तिको नीजी घरमा तालाबन्दी गर्ने,घर जग्गा र सम्पत्ति कब्जा गर्ने काम निर्वाध रुपमा गर्दै आए । सेनाले त्यो क्रम छाड्यो तर माओवादीले त्यो ज्यादती वर्ढाई रहेका छन । कुनै कुनै ठाउँमा कब्जाको शैली फेरेका छन,पार्टर्ीीे सट्टा भातृ संस्था अगाडी सरेका छन । तर्राईमा रहेका विभिन्न व्यक्तिहरुको जग्गा कब्जामा लिएर आफ्ना र्समर्थहरुलाई वाड्ने काम खल्लम खला गरि रहेका छन । त्यति मात्र होईन पहाडी जिल्लामा त सामुदायिक बन क्षेत्रलाई अतिक्रमण गरि छाप्रा हाल्न लगाईदै छ ।
र्सवसत्तावादी सोचाई वोकेका माओवादी पार्टर्ीी नेता तथा कार्यकर्ताहरु नयाँ परिवर्तन सगै परिमार्जित हुने कि नहुने - कमरेडहरु हो अहिले जवरजस्ति कसैलाई लुटन पर्ने वेला होईन किनभने तपाईको पार्टर्ीीे सर्वोच्च कमाण्डर प्रधानमन्त्री वनेका छन । जनस्तर वाट पनि लुटी रहने राज्यस्तर वाट पनि दिन दहाडेै लुट मच्चाउने हो भने त्यो भन्दा नयाँ के हन्छ नेपाली जनता लाई । के नँया नेपाल बनाउने भनेको त्यही हो - नेपालीको आर्थिक क्षमताले २२ वटा मन्त्रालय नै धान्न गाह्रो थियो अझ थपेर २५ पुयाउने - सरकारले हालै गरेको आर्थिक मितव्ययिताका नाममा कागजमा लेखिएका ९२ वुँदे निर्देशिकाले केही नियन्त्रण गर्न सक्दैन, त्यो त सिधा साधा जनतालाई देखाउने निर्ण्र्ाामात्र हो । अव छिट्टै वन्ने जम्वो मन्त्रिमण्डलका लागि खोलिएको वाटो मात्र हो । कमरेड खुल्लम खुला लुट मच्चाउन तपाईलाई नेपाली जनताले ठुलो पार्टर्ीीे स्थान दिएका होईनन । हुन त तपाईको पार्टर्ीीभत्र पनि काम गरेका तमाम दलित,महिला,जनजाती,उत्पिडित वर्ग र पिछडिएको क्षेत्रका कार्यकर्तालाई उपेक्षा गरिएको खवर सुनिन्छ । प्रधानमन्त्री-मन्त्री वनेका प्रचण्ड-वावुरामले छोरी-स्वास्नी लाई सभासद्-मन्त्री वनाएको सम्म हामीले पनि थाहा पाएको हो ,अरु वढी तपाईहरुलाई नै थाहा होला । यस्तो लुट कहिले सम्म चलाई रहने हो -

आज सवाल नयाँ नेपालको हो , संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल । त्यसको लागी परिवर्तन चाहिन्छ , सवैभन्दा पहिला सरकार र त्यसको नेतृत्व गर्ने व्यक्ति र पार्टर्ीी त्यो परिवर्तन आउनु पर्छ । ज्ञानेन्द शाहलाई सामन्त भन्नेले आफु त्यहि पथमा लम्किरहेको पत्तो पाईएन भने कुनै वेला अहिलेको नयाँ पुरानो वन्ने छ कमरेड प्रचण्ड” । नेपाली भोटो,सरुवाललाईर् इन्कार गरेर टोपी,र्टाई,सुट लगाउदैमा परिवर्तन हुने होईन । साम्राज्यवादीले नेपालमा पनि जरा गाडेका छन भन्ने प्रचण्डले किन तिनै अंग्रेजहरुको पोशाक लाएर सपथ खाए - यसै वाट अन्दाज गर्दा पुग्छ उनी ज्ञानेन्द्र शाह भन्दा पनि ठुलो सामन्त वन्न चाहन्छन । नेपालका जल्दावल्दा माओवादी कमरेडहरुका हिजोका दिनको दिनचर्या र आजका दिनको विलासिता , लाग्दैछ पाएमा उनीहरुले पुराना सवै सामन्तहरुका अनुहार विर्सर्ाा दिन्छन ।

नेकपा माओवादीले आफ्नो पार्टर्ीीथापना कालमा अंगीकार गरेको सिद्धान्त र वाद छाडेर क्रमिक रुपमा पतनको वाटो तर्फअगाडी वढीरहेको छ । असली र सच्चा कम्यूनिष्ट हामी हौ भन्दै नेतृत्वको शिखरमा पुगेको नेकपा माओवादी दक्षिणपन्थि अवसरवादको वाटो लिएर पतनको नजकि पग्दैछ । यदी त्यसो भएन भने नेपालको कम्यूनिष्ट आन्दोलनकोर् इतिहासलाई त्यसै दिन देखि वदलिएको मान्नु पर्ला । क्रान्तिकारी नारा दिएर पार्टर्ीी नेतृत्वले उच्चाई लिने अनि नेतृत्वले दक्षिणपन्थि अवसरवादको वाटो समातेर गए पछि पार्टर्ीीभत्रै सच्चा क्रान्तिकारी धारको जन्म हुने परिस्थितीको निर्माण हुने नियती नेकपा माओवादीले पनि भोग्नै पर्ने छ । मार्क्सवाद-लेनिनवाद-माओवाद-प्रचण्डपथ सिद्धान्त वोकेको नेकपा माओवादीले वर्तमान सत्ताको नेतृत्व गरि रहेको छ । जनयुद्धका र्घाईते,वन्दीगृहमा यातना भोगेका योद्धा,शहीद परिवार,वेपत्ता नागरिकका परिवारलाई केहि राहतका नाममा आर्थिक सहयोग त गर्लान तर राजनितीक रुपमा उनहिरुको अर्न्तमनमा चोट पगि सकेको छ । उनिहरुको आत्मामा पुगेको ठेस,दुखेको चित्त केवल रुपैयाले बुझ्ने छैन । निस्वार्थ भावले पार्टर्ीीथापनाकाल देखि काम गर्दै,विभिन्न आरोह अवरोह पार गर्दै आएका कामरेडहरु लाई सामन्तवादको घेरा भित्रका,ज्ञानेन्द्र शाहका कठपुतलीहरुले हेप्दा झुकेको आत्म सम्मान रुपैयाले दिने छैन ।

नेपालमा आज सम्म जति नयाँ प्रधानमन्त्री वने ती सवैको पहिलो भ्रमण भारतमा हुने परम्परा रहेछ । कमरेड प्रधानमन्त्रीले त्यो कुरामा परिवर्तन गरेर चीन तर्फलागे त्यो सत्य सवैलाई ताजै छ । मन्टो हल्लाएर मने पहिला चाईना जादैछु’ भन्नु नै परिवर्तन हो र - काठमाण्डौ विमानस्थलमा उत्रे पछि कमरेडका अभिव्यक्तिले परिवर्तनको आभास दिन सकेन ,उल्टो क्रान्तिकारी कम्यूनिष्टको भाषामा भारतीय विस्तारवादका सामु लम्पसार पर्दै माफी मागे । “वाह्रवँुदे सहमतिका लागी भारतले गरेको सहयोगर्,इतिहास,भगोल र संस्कृतीका कारणले पनि आफ्नो पहिलो राजनितीक भ्रमण शायद भारतमै हनेछ । मोहन शमशेर देखि प्रचण्ड सम्मका भनाईले नेपालका प्रधानमन्त्रीको हालत झल्काउदछ । सामन्तवाद र विस्तारवादको परिवर्र्तित रुप कसरी वदलिदों रहेछ ।
आगामी भदौ २९ देखि असोज २ गते सम्म प्रधानमन्त्रीको भारत भ्रमण तय भै सकेको छ । प्रचण्डको सरकार गठवन्धन सरकार हो । गठवन्धन लोभि पापी विचको हो,प्रतिस्पर्धि कम्यूनिष्ट पार्टर्ीीमाले संग पनि हो । गठवन्धन सरकारलाई स्वदेशी र विदेशी संचालकहरुले खुल्लम खुला र्समर्थन गरेको अवस्था पनि हो । त्यसैले पनि छिमेकी देश भारतको भ्रमण प्रति सवैको चासो हुन स्वाभाविक हो । दई देश विचको वार्तालाप असल छिमेकी सम्वन्ध स्थापित गर्न केन्द्रित हनेछ । वार्ता खुला र पारदर्शि हुनेछ,गोप्य खुसामत केही हुने छैन । गठवन्धन सरकारलाइ टिकाउन यो भ्रमणमा देशद्रोही सन्धि सम्झौता केही हुने छैनन । प्रचण्डको गठवन्धन सरकार तेलका लागी-नदी दिने,हतियार लिने-सुरक्षाको छाता दिने अनि रोटीका लागि-गोटी वन्न सहमत हुने छैन । नेपाली जनता प्रतिक्षारत छन ।


किरण पौडेल
पर्ूव महामन्त्री,
ने.वि.संघ
baglunga@hotmail.com

e shtunë, 6 shtator 2008

तीज




e premte, 5 shtator 2008

ब्रुग्गे, बेल्जियममा तीज-कार्यक्रम सम्पन्न






साथीहरुसंग यौन रोगको कुरा




असुरक्षित वातावरण असुरक्षित यौन क्रियाकलापद्धारा र्सर्ने संक्रमण हरुलाई sexually transitted inffection यौनजन्य संक्रमण मानिन्छ । यी संक्रमण हरु प्रमुख रुपमा एउटा संक्रमित व्यत्रली संग असुरक्षित यौन सर्म्पर्क गर्दा र्सदछ । संक्रमित व्यक्तीका यौन रस genital secretions जस्तै पुरुषको विर्य महिलाको योनी रसमा यौन र् सक्रमण किटाणु bacteria fungus protozoq आदी वा जिवाणु हरु virus हुन्छन । यी किटाणु हरु संक्रमित व्यक्तीवाट यौन सर्म्पर्क गर्दा अर्को यौनसाथी sex partners मा र्सर्ने भएकोले यसरी हुने सक्रमणहरुलाई यौन जन्य सक्रमण भनिएको हो । तर केही सक्रमण हरु रगत वा रगत रगतवाट blood and blood products वनेको पदार्थहरु का अन्तर्रग शाररिक सर्म्पर्क close body contact को माध्यमवाट पनि र्सदछन जस्तै यौन सक्रमित महिलावाट जन्मने वच्चामा र्सन सक्दछ । एच आइ भी पनि एउटा यौन जन्य सक्रमण हो किन भने यो मुख्यत असुरक्षित यौन सर्म्पर्कको माध्यम वाट नै र्सदछ ।

HIV and AIDS महामारीले विश्वव्यापी र विनासकारी प्रभाव पारेको छ । झन्डै दर्ुइ दशक यो महामारीले करिव ७ करोड मानिसलाई आफनो सिकार वनाइ सकेको छ ।झण्डै ३ करोड मानिसकेा मुत्यु भइ सकेको छ भने ४ करोड सक्रमित भएर वाचिरहेका छन । वर्षोनी झण्डै ५० लाख थप नया मानिसहरु वाट सक्रमित भइरहेको छन । ३१ लाख व्यक्तीहरुकेा काकारण मृत्यु पनि भइ रहेको छ । यसको प्रचाव सक्रमित व्यक्तिहरुमा मात्र पर्दनै तिनका परिवार र समुदाय पनि यसवाट सक्रमित भैरहेको छ । आमावुवाको मुत्यु भएर अनाथ र छुहुरा वालवालिकाको सख्या हरुको पनि कमि छैन । विश्वमा यस्ता टुहुरा orphans को संख्या १ करोड ५५ लाख रहेको अनुमान छ । HIV and AIDS को असर यति व्यापक छ की यसले स्वास्थ्य क्षेत्रलाई मात्र हैन समाजिक आर्थिक शैक्षिक सास्कृतिक का साथै मानव विकासको हरेक पक्षलाई तहस नहस पार्दैछ । यसले समग्रमा देशको जनसंख्या आर्थिक विकास शैक्षिक अत्पादन र मानविय जनशक्ती सवै क्षेत्रलाई असर पार्दैछ । र्

र्सव समधारण अफिकाकाकेही देशहरुमा झण्डै आधा जति वयस्क जनसंख्या HIV and AIDS वाट संक्रमित छन । अस्पतालका ६१ प्रतिसतHIV and AIDS शैया भएका वयक्तीहरुले ओगटेका छन । वर्षभरि भएका व्यक्तीहरु रदर १७ पटक विरामी हुने र ५६ दिन हस्पिटलमा भर्ना भई वस्ने र १७८ दिन द्दरमै स्याहार हेरचाह र उपचार गराउनु पर्ने अनुमान छ । स्वास्थ्य उपचारमा खर्च घेरैहुने भएकोले अन्य कुराको लागि खर्च वच्दैन । वाट धेरै संख्यामा मृत्यु हुने भएकोले कतिपय अफि्रकी देशहरुमा सरदर आयु ७१ वर्षाट ३९ मा पुगेको छ । १५ ४९ वर्षा अधिकासको मुत्यु भएकोले समाजमा वच्चा र वुढापाकाहरु मात्रै रहेको छन । ती अत्याधिक वाट प्रभावित देशहरुमा जनसंख्या वृद्धी दर सुन्य हुन थालेको छ । समाजमा दक्ष कामदार र तालिम प्राप्त शिक्षक घटदै गएका छन । औधोगिक उत्पादन व्यापार व्यावसाय ठप्प हुने सिलसिलामा छ । सम्रग देशको विकास नै पछाडी परिरहेको छ । धटदो आयश्रोत वढदो उपचार खर्च ले गरिवी वढाउदै छ । HIV and AIDS स्वास्थ्य क्षेत्र यो पदुपादिक समस्या हो ।यो गरिवी संग गासिएको छ। यो अशिक्षा र अज्ञानता संग सम्वन्धित छ । यो समाजिक आर्थिक समस्या संगा सम्वन्धित छ । त्यसैले सवै सरोकार वालाको चासो र चिन्ता को विषय हो । यसको रोकथाम र नियन्त्रण गर्न समाजका हरेक व्यक्ती परिवार समुदाय ले सामुहिक कार्य गर्नु पर्दछ । युवा विधार्थी शिक्षक अभिभापक सरकारी गैरसरकारी नागरिक समाव सवैले आ आफना क्षेत्रवाट महामारी रोक्न योगदान गर्नु पर्दछ । आफु पनि वच्ने र अरुलाई पनि वचाउने अभियानमा लाग्नु पर्दछ । जुन रफतारमा वढिरहेको छ त्यसको तुलनामा रोकथाम नियन्त्रणका प्रयास हरु एकदम ढिलो गतिमा वढिरहेको छ । हवाइजहाजको गतिमा फैलिरहेको महामारीलाई पैदल यात्रीको गतिमा भेटन सकिदैन । संयुक्त राष्ट संघ एच सम्वन्धी विशेष महाअधिवेशन पनि यो कुरा स्वीकार गरी सवै सदस्य राष्ट लाई रोक थाम र नियन्त्रण कार्यलाई प्राथमिकता दिने कार्यक्रम विस्तार गर्ने र उपतार स्याहार सेवा हरु संचालन गर्ने प्रतिवद्धता लिएको छ । अन्तत HIV and AIDS मानवजातीकै अस्तित्व लाई असर पार्ने विश्व व्यापी समस्या र सहकार्य गर्नु जरुरी हुन्छ । व्यक्ती व्यक्ती हरेक परिवार समाज र राष्टले आफनो जिम्मेपारी पुरा गर्नु पर्दछ । अनि मात्र HIV and AIDS लाई हामी पराहस्त गर्न सक्दछौ र मानव जातीलाई सुरक्षित राख्न सक्छौ ।

हाम्रो देश नेापलमा आज भन्दा १८ वर्षअगाडी पहिलो पटक HIV फेला परेको थियो । तर आज नेपालमा ७१ हजार मानिस सक्रमित भएसकेको पछिल्लो अनुमानले देखाउछ । नेपालक १५ वर्षो दौरमा HIV and AIDS सक्मण दर ०,५५ प्रतिसत रहेको छ । अभ,ै र्सवसाधारण मा फैलिसकेको छैन तर जोखिमपुण व्यवहार लागेका जनसंख्या समुहहरुमा म अत्याधिक मात्रामा रहेको छ । जस्तै यौन व्यवसायीहरुमा १७ प्रतिसत सुइ द्धारा लागुपदार्थ सेवन गर्नेहरुमा ६८ प्रतिसत फेला परको छ । त्यस्तै ठुलो संखयामाभारतमा कामको खोजीमा जाने कामदारहरुमा ४-१ प्रतिसत पाइएको छ । यौन व्यवसायी का ग्रहाक र यौन रोगी हरुमा ६ प्रतिसत सम्म देखिएको नेपालमा वढी जोखिम पर्ुण्ा व्यवहार गर्ने समुह हरुमा केन्द्रित रहेको छ । महामारी यी समुहमा केन्द्रित चएर रहदैन यो भमरा समुह वा तिनका सर्म्पर्क समुह मार्फ र्सवसाधारण मा पुग्ने पुरा सम्भावना रहेको छ । उदाहराण्को लागि भारतको मुमवाइमा काम गनेृ कामदारले त्यहा यौन व्यवसायी कहा हसुरक्षित यौन सर्म्पर्क गरयो र HIV सक्रमित भएर घर फकेृ पछि उसले गाउमा रहेको निर्दोष पत्नि लाई सार्ने छ । स्वास्नी गर्ववती भएर वच्चा जनमाउदा वच्चामा पनि र्सन सक्छ । यसरी भारतमा गई कममगर्ने नेपालको आछाम दिपायल डोटी लगायतका जिल्लाका निर्दोष महिलामा यो रोग ुरेको छ । आजको दिनमा नेपालको दर्ुगम जिल्लाहरुका केही गाउहरुका धेैरै मानिस हरु HIV वाट संक्रमित भएर वसेका छन । HIV संक्रमित महिला वाट जन्मेका निर्दोष शिशु मा र्सन सक्छ। यी कामदार का परिवार जो सदरमुकाम वा शहर पनि गएका छैनन त्यस्ता पनि संक्रमणको शिकार हुन पुग्दछ । यो HIV सजाल अति व्यापक र अन्तर सम्वन्धित महामारी जो सुकैलाई पनि हुन सक्ने सम्भावना हुन्छ । त्यसैले समाजका हरेक वर्ग सपैले उसको वारेमा चासो र चिन्ता लिनु पर्दछ । उसको रोकथाम र नियन्त्रण सवैको उतिकै दायित्व छ । जिम्मेवारी छ । यो व्यक्ती परवार समाज र राष्ट सवैको साझा समस्या हो । सवै को सामुहिक सहकार्य र समन्वित प्रयासले मात्र HIV and AIDS महामारी लाई हामी रोक्न सक्छौ । समाजमा वारेमा जनचेतना फैलाउनु हामी सवैको कर्तव्य हो ।

लक्ष्मण यादव

जनकपुर ६ धनुषा नेपाल हाल वेल्जियम