
धनै धन को मात्र पनि - हैन रहेछ जीवन ।
साग सिस्नु खोले सँग - खेल्दो रहेछ जीवन ।।
घमन्ड र मुर्ख्याइ मा - एक्लो रहेछ जीवन ।
मेलमिलाप र सद्भाबको - साथी रहेछ जीवन ।।
सुखै सुखको मेसो पनि - ब्यर्थ रहेछ जीवन ।
दु:ख बिच जिऊनु पनि - अर्थ रहेछ जीवन ।।
हांसै हांसो मात्र पनि - हैन रहेछ जीवन ।
हांसो रोदन सँग बाच्नु - मज्जा रहेछ जीवन
दिनेश खरेल
नेदरलंड
Nuk ka komente:
Posto një koment