e hënë, 28 janar 2008

भाइ अगाडिः


ख्यात्रि्राप्त बलिउड नायिका तथा नेपाली चेली मनीषा कोइराला सोमबार सोल्टी होटलमा आफना भाइको शुभविवाहको प्रीतिभोजका अवसरमा रमाउँदै । साथमा दुलाहा सिर्द्धार्थ कोइलाला र दुलही युलिसा वेकितोभा (दाया“) ।तस्वीरः सुरेश महर्जन/नेस

बेल्जियममा गैरआवासीय आप्रवासीद्वारा संघर्षमा तिब्रता


बेल्जियमको सबै भन्दा महत्वपूर्ण चर्च क्याथेरल ब्रशेल्समा करीव एक सयको संख्यामा रहेका गैरआवासीय आप्रवासीहरुले नेशनलको अर्डिनेशन फर विथआउट पेपरका संयोजक ओस्कारको नेतृत्वमा चर्चको प्रार्थन गर्ने समय दिनको २:३० बजेको अवसर मिलाई प्रवेश गरेर आफ्नो समस्या बताउँदै संरक्षणको माग गरेका छन् ।

नेपाली समुदाय संघर्ष समिति,बेल्जियमको अत्यधिक उपस्थिति रहेको उक्त समुहमा सि. एन्. एस. पि का अन्य सदस्य उडेप फो रे र सि. पि.आर. इक्सेलको सहभागिता रहेको थियो भने संघर्षको दौरानमा उर्जा थप्न र कानुनी व्यवधानलाई सरलिकरण गर्न नेपाली जन प्रगतिशील मंच, बेल्जियमका अध्यक्ष विष्णु भुजेलको उपस्थिति रहेको थियो ।

सन् २००६ मा उडेपको नेतृत्वमा संचालित देशव्यापी आन्दोलनको क्रमममा ४१ वटा चर्चमा धर्ना र करिब २ सय ५० को संख्यामा भोकहडताल जस्ता सशक्त आन्दोलनका कार्यक्रम गर्दाका अवस्थामा पनि कोही प्रवेश गर्न नसकेको उक्त चर्च बेल्जियममा पर्यटकीय हिसाबले अति महत्वको रुपमा लिइन्छ । एक हुल बनाएर प्रवेश गरेको उक्त समुह चर्च भित्रै अनुमति विना नै आफ्नो व्यानर प्रदर्शन गर्दै आफ्ना मागहरु व्यबस्थापन समक्ष राख्दा कुरा सुन्न आनाकानी गरी व्यबस्थापन पक्षले पुलिस फोर्स बोलाई घेराबन्दी गरेको थियो । समस्या समाधानको लागि वार्ता गर्ने र निकास खोज्ने शर्तमा चर्च बाहीर निस्कन लाग्दा भित्र जानबाट रोक लगाइएका पत्रकारहरुको लाइन लागेको थियो ।

पत्रकारसँग कुरा गर्दै नेपाली समुदाय संघर्ष समिति, बेल्जियमका संयोजक लिलाधर पन्तले यहाँको सरकारले दिइरहेको सुविधा कटौती गरि हामी सबैलाई सडकको वास गराएको छ । पटक-पटक सडक मार्फत आवाज उठाउँदा पनि यो सरकारले न्यायोचित आवाज सुन्न नचाहेका कारण ध्यानाकर्षण गराउन हामी यो धार्मिक स्थलमा आउन वाध्य भयौं उहाँले बताउनु भयो । हामी नेपाली देशमा चलिरहेको राजनीतिक अस्थिरताका कारण शरण माग्न यहाँ आएका थियौं । अहिलेको अवस्थामा हामी र्फकन सक्ने सम्भावना छैन, यो कुरा यहाँको सरकारले सुन्न र विचार गर्न चाहदैन, त्यस कारण उक्त कुरा पुनः स्मरण गराउनका लागि हामी यो कदम चाल्न बाध्य भएको बताउनु भयो । डर त्रास र खुसीको मिश्रति आभास देखिने उक्त समुहमा समस्या समाधान नहुँदा सम्म जस्तो सुकै कठीन परिस्थितीमा पनि कठोर भन्दा कठोर संघर्ष गर्ने उहाँले बताउनु भयो ।
-यसु थापा बेल्जियम

e martë, 15 janar 2008

बेल्जियममा अबैधानिक आप्रवासीद्वारा राजनैतिक पार्टर्ीीार्यालय घेराउ




विगत लामो समय देखि अबैधानिक रुपमा बेल्जियममा बसोवास गर्दै आएका शरणार्थीहरु आफ्नो बैधानिकताको माग गर्दै याहाँको राजनैतिक पार्टर्ीी एम्. आर ) कार्यालय घेराउ गरेका छन् । सयौंको संख्यामा उपस्थित विनाकागजवाला शरणार्थीहरु व्यानर सहित डेलिगेशन टोलीले वार्ता गरिरहको अवस्थामा पार्टर्ीीार्यालय अगाडी धर्ना दिएका थिए ।
बेल्जियम- प|mेन्च पार्टको सबै भन्दा ठूलो राजनैतिक पार्टर्ीीम्. आर. जस्ाले विगतका दिनहरुका याहाँका अबैधानिक आप्रवासी शरणार्थीहरुको बारेमा निरपेक्ष भुमिका खेल्दै आएको थियो र समान निति भएको ल्फामिस पार्टको पार्टर्ीीभ. एल्. डी . को भनाइमा सहमती जनाई गैह्रजिम्मेवारी भुमिका खेलिरहेको आजको अवस्थामा आफू प्रति भएको अन्यायको विरुद्ध ध्यानाकर्षा गराउन उक्त विरोध कार्यक्रम गरिएको थियो । विरोध कार्यक्रम भन्दा एक घण्टा अगाडी नै वार्तामा वोलाइ आफ्नो धारणा राख्ने क्रममा यस पार्टर्ीी जिम्मेवार सदस्य भोकलेन र डेपुटे फेडेरल पीएर्रर् इभ्स ले भन्नुभयो " अहिले कामदारहरुको आवश्यकता भएको अवस्थामा सो खाँचो परिपर्ुर्ति गर्न हामी गम्भीर रुपमा बहसमा लागिरहेका छौं । हामी छिटै निष्कर्षा पुग्दैछौं । लामो समय बसेका , परिवार साथमा भएका साथै छोटो समयावधिका सबैको समस्या र हाम्रो आवश्यकताको समायोजन हुँदैछ । नेशनल को अर्डिनेशन फर विथ आउट पेपरको आयोजनामा भएको उक्त कार्यक्रममा सि. आर. इ.आर का संयोजक ओष्कार , सि. एन्. पीं आर. -नेपाली समुदाय संर्घष्ा समिति) बेल्जियमका संयोजक लिलाधर पन्त , सि.पी.आर. इक्सेल का समीर , उडेप फो रे का कावा र खालिद वार्तामा सहभागी हुनुहुन्थ्यो । वार्ता पछि मन्तव्यको क्रममा सबैले वार्ता सकारात्मक भएको जानकारी दिनुभएको थियो । आफ्नो अन्योल भविष्यको गन्तव्य खोज्न एकत्रित जनसमुदाय सबैमा उत्तिकै जोश जागर र उत्साह थियो भने वार्ता सकारात्मक भएकोमा सबै आशावादी देखिन्थे ।
यस्तै गत हप्ता पनि प|mेन्च पार्टको अर्को ठूलो सोसलिष्ट पार्टर्ीीी. एस्. मा धर्ना कार्यक्रम गरिएकेा थियो । " हामी पनि मान्छे हौं , हाम्रो पनि बाँच्ने अधिकार छ ।" आदि नारा र व्यानरका साथ पार्टर्ीीार्यालय घेराउ गरिएको थियो । उक्त पार्टर्ीीदस्य तथा सोसल इन्टि्रगेशन मन्त्री क्रिश्चियन दु पो ले हामी तपाईंहरुकेा साथमा छौं । तपाईंहरुकै समस्या समाधानका लागि कोशिस गरिरहेका छौं । तपाईंहरुको यो संर्घष्ामा हाम्रो पार्टर्ीीे तर्फाट पर्ूण्ा र्समर्थन रहनेछ भनि आश्वासन दिनु भएको थियो । आफ्नो माग पुरा नभए सम्म संर्घष्ा जारी राख्ने अठोट गरी सडक संर्घष्ा तताएका समस्त नेपालीभाषी समुदाय तथा अन्य देशवासी उक्त भनाई बाट संर्घष्ाका लागि अझ बढी उत्साहित भएका थिए ।

e martë, 8 janar 2008

बैधानिकताका लागि बेल्जियममा संर्घष्ाको घोषणा






ब्रशेल्स,
०६ जनवरी २००८
बेल्जियमवासी विना कागजवालाहरुको संयुक्त भेलाले आज विभिन्न राजनैतिक पार्टर्ीीथा संघ संस्थाको उपस्थिती साथै सयौंको संख्यामा उपस्थित विनाकागजवालाहरुले खचाखच भरिएको हलमा मानवीय नाताले बाँच्न पाउने समान अवसर प्राप्ति नभए सम्म कडा संर्घष्ा गर्ने घोषणा सहित अन्तरकृया कार्यक्रम सम्पन्न गरेका छन् ।
सामाजिक विकृती बाट समाजलाइ बचाउन महत्वपर्ूण्ा भूमिका खेलेका विभिन्न संघ सँस्थाको अगुवाई तथा संरक्षणमा बाँच्न पाउने अधिकार प्राप्तिका लागि संर्घष्ा गर्न बनेका बेल्जियम स्थित विभिन्न संस्थाहरु नेपाली समुदाय संर्घष्ा समिति - सिं. एन पि. आर ) सि . पि. आर इक्सेल , उडेप फो रे को सकृय सहभागितामा सम्पन्न उक्त कार्यक्रममा राजनैतिक पार्टर्ीी तर्फबाट सोसलिष्ट पार्टर्ीीप. एस. का प्रमुख व्यक्तित्व पिएर गालेफ , क्रिश्चियन डेमोक्रेटिक हृयुम्यानिष्टका सांसद जिं दाहेमान , इकोलो पार्टर्ीी सांसद फुवाद असामी त्यस्तै वर्कस पार्टर्ीीेल्जियमका महीला नेतृ रिपेट को विशेष उपस्थिती थियो । बेल्जियम भरी एकै पटक सशक्त आन्दोलन गर्न र गराउनका लागि बनेको संयोजक कमिटी नेशनल को अर्डिनेशन फर विथआउट पेपर नामको नयाँ सँस्थाको मैन वत्ती वालेर उद्घाटन गरी शुरु गरिएको उक्त कार्यक्रममा संस्थाका संयोजक ओस्कार ले बेल्जियमको आप्रवासी समस्याको सम्बन्धमा विस्तृत व्याख्या गर्नु भएको थियो । नेपाली समुदायका तर्फाट उक्त संस्थाको प्रतिनिधित्व गर्नु हुने लिलाधर पन्तले उद्घाटन मन्तव्यको क्रममा नेपाली समुदाय संर्घष्ा समिति , बेल्जियमको ब्रश्ोल्स , आन्त्वेरपेन , लुभेन , गेन्ट , ब्रुगे , वेस्टेण्ड र सेन्त्वेरदोन गरी छ वोटै स्तरमा क्षेत्रीय स्तरको समिति निर्माण भै सकेका छन र हामी हाम्रो संर्घष्ा लाइ प्रभावशाली रुपमा अगाडी बढाउन हाम्रै पहलमा निर्माण गरिएको छाता संगठन सि. एन्. एस ं पी ं मार्फ राष्ट्रव्यापी संर्घष्ाको उठान गर्नेछौं । हाम्रा समस्याको समाधानका लागि यो सरकारले छिट्टै पहल नगरे कठोर भन्दा कठोर संर्घष्ा गर्न कटिबद्ध छौं भन्नुभयो । यो समितिका अर्का प्रतिनिधी कावा र आमुद एकता नै बल हो । हामी अब एक भएका छौं , हामीमाथी गरिएको असमान व्यबहारले हामीलाई फेरी एक पटक ं संर्घष्ाका लागि बाध्य बनाएको छ भन्नुभयो ।
उद्घाटन कार्यक्रम पछि मन्तव्यको क्रममा सोसलिष्ट पार्टर्ीी तर्फाट पाल्नु भएका प्रमुख व्यक्तित्व पिएर गालौदले मानव अधिकार घोषणाको ६० औं बर्षो अवसरमा सबै महीला पुरुष समान हुनु पर्ने र सही मुल्यांङ्कन द्वारा सबैले बैधानिकता प्राप्त गर्नु पर्दछ । सन् २००७ मा बेल्जियममा भएको राजनैतिक अस्तव्यस्तता तथा गृह मन्त्रीको आपत्तीजनक अभिव्यक्तिका कारण तपाईहरु खतरामा हुनुहुन्छ , हामी हाम्रा मन्त्रीहरु मार्फ यो कुरा सम्बन्धीत ठाउँमा सुनुवाईका लागि बाध्य पार्नेछौं भन्नुभयो । अर्का बक्ता क्रिश्चियन डमोक्रेटीक पार्टर्ीी सांसद जी. दायेमान ले यो नयाँ बर्ष२००८ तपाईंहरुको पक्षमा हुनेछ । हाम्रो पार्टर्ीीपार्इंहरुको समस्याको बारेमा निरन्तर लर्डाई लडीरहेको छ । तपाईका बच्च्ााहरु निडर भएर स्कूल जान पाउने र मानव -मानव समान भएर बाँच्न पाउने अधिकार सहीतको रेगुलाइजेशन हुनु पर्छ , यस्को लागि हाम्रो पार्टर्ीी निरन्तर साथ दिनेछ । इकोलो पार्टर्ीी तर्फाट सांसद हुनु भएका फुवाद आसानी ले आफ्नो पार्टर्ीीे धारणा राख्दै आप्रवासीको यो समस्याको लागि निश्चित मापदण्ड सहितको स्थायी निकायको निर्माण हुनु पर्छ । गृहमन्त्री द्वारा भनिने गरिएको आतंङ्ककारीको संकेतले हामीलाइ भयभीत बनाएको छ । आतंकित भएर प्राण रक्षाको लागि हात फैलाउन विवश मानव समुदाय अहिले संसारमा ठूलो संख्यामा छ । कोही पनि आफू खुशी आफ्नो देश र परिवार छाड्दैन । पिडीत मानवलाई संसारमा गरीब भनि हेला नगरी मानवीय नाताले स्वागत र सम्मान गर्नु पर्छ भन्नु भयो । त्यस्तै अर्को बक्ता लेवर पार्टर्ीीेल्जियमकी पीएरले २० बर्षदेखि आफूहरुले हामी खतरनाक होइनौ, हामीहरु खतरामा छौं भन्ने नारा जोडदार साथ उठाउँदै आएको बताउनु भयो । याहाँ पूँजीगत हिसाबमा मानिसहरुलाई रेगुलाइज गरीन्छ । बाँच्नका लागि काम गर्न बाध्य जनसमुदाय सँग गरीने अपहेलीत व्यबहारले हामीलाइ दुःखी बनाएको छ । स्पष्ट नियम बनाइ सबै कामदारको समान अवसर र संरक्षण गरिनु पर्छ भन्नुभयो । नेपालीका तर्फाट आफ्नो मन्तव्य राख्दै नेपाली जन प्रगतिशील मंचका अध्यक्ष विष्णु भूजेलले यो समस्या नेपालको राजनैतिक समस्या सँग जोडीएको छ । देशमा भै रहेको राजनैतिक अन्योलताको समाप्ती सँगै हामी याहाँको नागरिकता पनि त्यागेर र्फकन इच्छुक छौं त्यसैले त्यो समय सम्म राजनैतिक शरणार्थीका रुपमा वा रेगुलाइज भएर बैधानिक रुपमा बस्न पाउनु पर्छ भन्नु भयो ।
कार्यक्रमको दोश्रो चरणमा नेपाली समुदाय बीचको आप्रवासी समस्या समाधानको लागि ऐक्यबद्धता जाहेर गर्दै भेलामा उपस्थित नेपाली लोकतान्त्रिक गणतान्त्रिक मंच ,बेल्जियम का कृष्ण तिवारी , नेपाल बेल्जियम साँस्कृतिक समाजका अध्यक्ष राजकुमार पुडासैनी , जनजाती सरोकार मंच, यूरोपका अध्यक्ष राम बहादुर गुरुङ्ग र विश्व मगर संघका कुल बहादुर मगरले आ- आफ्नो मन्तव्य राख्नु भएको थियो । नेपाली समुदाय संर्घष्ा समितिका संयोजक टि. एन्. सापकोटाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम गेन्ट कमिटीका संयोजक तथा केन्द्रिय सदस्य धरणीधर गौतमले संचालन गर्नुभएको थियो ।
आगामी दिनमा संर्घष्ाको कार्यक्रमलाई प्रभावकारी ढङ्गबाट अगाडी बढाउन पुरानो नेपाली समुदाय संर्घष्ा समिति विघटन गरी लिलाधर पन्तको संयोजकत्वमा २१ सदस्यीय नयाँ कार्यसमितिको गठन गरियो ।
नवगठीत कार्य समितिको नामावली ः

संयोजक लिलाधर पन्त
सचिव धरणीधर गौतम
कोषाध्यक्ष राजकुमार पुडासैनी
सदस्य रामहरी घिमिरे
सदस्य देवेन्द्रराज पौड्याल
सदस्य पवन सुवेदी
सदस्य रामहरी रायमाझी
सदस्य किरण कुमार मगर
सदस्य शिव महर्जन
सदस्य ह सन मल्ल
सदस्य आगबहादुर लामा
सदस्य लक्ष्मी महर्जन
सदस्य घनश्याम शर्मा
सदस्य प्रकाश कार्की
सदस्य रामचन्द्र सुवेदी
सदस्य सुमन शर्मा निउरे
सदस्य प्रकाश घिमिरे
सदस्य यशोदा सुवेदी
सदस्य खेमराज न्यौपाने
सदस्य भरत पन्त
सदस्य खेमराज कार्की

e diel, 6 janar 2008

"बेल्जियममा तमु ल्होछाµ सम्पन्न"


तमू समाज,बेल्जियमले ३० डिसेम्व २००७ आईतवाµ का दिन बेल्जियमको एन्टवर्ेर्पेन शहरमा २५९२ औं तमू ल्होछाµ कार्यक्रम भव्यताका साथ सम्पन्न ग-यो । फोल्हो -मृग) वर्गलाई बिदाई गर्दै च्यू-ल्हो -मुसा) वर्गको स्वागत गर्दै आयोजना गरिएको यस कार्यक्रमलाई शुभ कामना मन्तव्य एंव सांस्कृतिक कार्यक्रम गरि २ चरणमा विभाजित यस कार्यक्रमको प्रमुख अतिथी बेल्जियमका लागी नव नियूक्त राजदूत प्रमेश कुमार हमाल हुनु हुन्थ्यो । NRN ICC सदस्य रविन्द्र मान श्रेष्ठ ,नेपाली राजदूतावासका मिनिष्टर कन्सुलर श्रीमती अम्विका देवी लर्ुइटेल,प्रथम सचिव श्री दर्ुगा प्रसाद भण्डारी, NRN बेल्जियमका अध्यक्ष श्री युवराज NRN UK का संस्थापक एंव प्रोफेसर डा. कुल बहादुर लर्ुइटेल लगायत विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधि एंव बेल्जिक संस्था-अवैधानिक वसोवास गर्ने प्रवासी लाई कानुनी सहयोग गर्ने)पर्ेर्टस एण्ड मर्ेर्टसका Sarah van den Berg एंव Borgerhout का Stad consuller Hugo Michael पनि उपस्थिती थियो ।
लामा गुरुबाट भगवान बुद्धको प्रतिमामा पुजा गर्दै शुरु भएको कार्यक्रममा नेपाली संघ-संस्थाको तर्फाट NRN Belgium च्याप्टरका अध्यक्ष श्री युवराज तमु,बेल्जियम भन्दा वाहिराका देशबाट आउनु भएका अतिथिहरुको प्रतिनिधिको रुपमा डा. कुल बहादुर लर्ुइटेल, बेल्जिक संस्थाको तर्फाट Hugo Michael शुभकामना मन्तव्य प्रकट गर्नु भएको थियो ।
यसै गरी २५९२ औं तमू ल्होछाµ का प्रायोजकहरु क्रमशः श्रीमान/श्रीमती मदन तमु, श्रीमान/श्रीमती बसन्त घले, श्रीमान/श्रीमती बुद्ध तमु, श्रीमान/श्रीमती दोर्जे तमु, श्रीमान/श्रीमती टंक प्रसाद तमु, श्रीमान/श्रीमती पदम बहादुर तमु, श्रीमान/श्रीमती विमल घले, श्रीमान चित्रजङ्ग तमु, श्रीमान आस बहादुर तमु, श्रीमान अर्जुन तमु, श्रीमान प्रकाश तमु, श्रीमान बालेन्द्र तमुलाई समाजका सस्थापक अध्यक्ष श्री मीन तमुले खादा ओर्ढाई धन्यवाद दिनु भयो भने च्यूल्हो वर्गका तमु /तमुस्योहरुलाई लामा गुरुबाट रुपा लगाई शुभकामना प्रकट गर्नु भयो । साथै तमु समाजलाई नि-स्वार्थ तवरले सहयोग पु-याउदै आउनु भएका व्यक्ति/व्यक्तित्वलाई मानार्थ सदस्य प्रदान गर्दै आएकोमा यस पटक श्री प्रदीप चौधरीलाई प्रदान गरियो ।
समाजका आदरणिय संरक्षक सदस्य श्रीमती यम कुमारी तमुस्यो एंव सुनिता तमुस्योलेे अतिथीहरुलाई खादा ओढाइ स्वागत गर्नु भएको थियो भने समाजका सचिव श्री बालेन्द्र तमुले स्वागत मन्तव्य प्रकट गर्नु भएको यस कार्यक्रमलाई श्रीमती जानकी तमुस्योले संचालन गर्नु भएको थियो । यस कार्यक्रमको प्रमुख अतिथी महामहिम राजदूतले आफू बेल्जियममा रहेका नेपालीहरुको समस्यालाई बुझेर समाधानको लागी अगाडी बढ्न तयार भएको जानकारी गराउनु भयो । साथै तमु जातीको नयां वर्षो आगमन संग संगै नेपालमा दिर्घकालीन शान्तीको कामना गर्नु भयो भने ल्च्ल् बेल्जियमका अध्यक्ष श्री युवराज तमुले ल्होछारको शुभकामना सहीत नव नियूक्त राजदूतको कार्यकालको सफलताको कामना गर्नु भयो । यसै गरी समाजका अध्यक्ष श्री कुमार तमुले सवै पक्षलाई स्वागत तथा शुभकामना व्यक्त गर्दै उपस्थितीको लागी धन्यवाद प्रकट गर्नुका साथै प्रथम चरणको औपचारीक कार्यक्रम समापन भएको घोषणा गर्नु भयो ।
दोस्रो चरणको सांस्कृतिक कार्यक्रम बविता तमुस्यो,दर्ुगा तमुस्यो र टंक प्रसाद तमुको तमु क्वोईबाट शुरु भएको थियो । ऋतु तमुस्यो,बिञ्जु तमुस्यो,दिप्सन तमु,रोशन क्षेत्री,मेला,अष्मिता राजभण्डारी, नन्द तमुस्यो, छेटेन तमुस्यो,निशा तमुस्यो,ममता तमुस्यो,पुष्प तमुस्यो,विष्णु तमुस्यो,सुष्मा श्रेष्ठ,कुमार तमु,कमल तमु,दिवकर तमु,विरेन्द्र तमु,मनिष तमु,अनिष तमु,अमित तमु,विवेक तमु,सञ्जित तमु,मिन पुन,दिपक तमु,दिनेश तमु लगायतका स्थानिय कलाकारहरुको बेजोड सहभागिता भएको यस कार्यक्रममा प्राविधिक सहयोगी श्री मनिष तमु एंव डि.जे. दिपक तमु हुनुहुन्थ्थो ।श्री प्रसाद तमु,नारायण प्रसाद तमु,अर्जुन कुमार तमु,राम लामा,कुशल तमु,अमृत तमु,मानकाजी तमु -होल्यण्ड) डेभिड लगायतको विशेष सहयोगीहरुको भूमिका रहेको थियो । तमु क्वोइ,लोक गीत,लोक नृत्यहरु प्रस्तुत भएको यस सांस्कृतिक कार्यक्रमलाई श्री राम घले एंव सुनिता तमुस्योले संचालन गर्नु भएको थियो । ४०० जना भन्दा वढी दर्शकलाई मनोरञ्जन दिने क्रममा काजा तमु तथा चन्द्र ब्लोनको मुक्तकले वाह-वाह वुटुल्न सफल भएको थियो भने तमु रि च्हामीले तयार पारेको सेलरोटी अचारको स्वादले अतिथी एंव दर्शक दिर्घर्ाा छुट्टै खुसी छाएको थियो । प्रवासमा रहेर पनि नेपाली कला र सांस्कृतिको दूतको रुपमा काम गर्दै आएको तमु समाज,बेल्जियमको गतिविधिहरुले स्वदेशकै वर्साईको अनुभूति दिई रहेको महशुस भई रहेको छ ।
 
-नन्दराज घले

e enjte, 3 janar 2008

वेनेजिर भुट्टो प्रति हार्दिक श्रादान्जली


बिश्वकै चम्कलि महिला नेत्रि भुटटो तिमिलाइ भावपुर्णॅ अन्तिम श्रद्दान्जली । ई. स 2007 साल डिसेम्बर 27 तारीख बिहिबार यूरोप को समय आनुसार दिन को 4 बजे टेलिविजन हेरेर बसिरहेको अबस्थामा एक्कासी सि.यन यन्.को ब्रेकिंग निउज बाट पाकिस्तनकी पुर्व प्रधानम्ंत्री , मुस्लिम समुदायमा नारीको हक अधिकारको आवाज बुलन्द गर्ने ,एक सच्चा प्रजाता न्त्रीक महिला नेत्रि ,मन, बचन, कर्म, मात्र नभएर सुन्दर रुपकी धनि बेनजीर भुट्टो जब निकट भविश्यमा हुन गैरहेको पाकिस्तान को निर्वाचन मा अत्याधिक जनसमर्थन जुटाउदै हीँडॆकी थीइन र उनको र आफ्ना सुन्दर बिचारहरुले पाकीस्तानी जनताहरुको मन जितिसकेकी थीइन । उनको पार्टीले अत्यधिक बहुमत ल्याउने कुरा निश्चित भए पछी कट्टरपन्थी वा बिनलादेनकाचेलाहरुलाइ सह्य भएन र ती राक्षसहरुको शीकार भैईन एक महान नेत्री बेनजीर ।

मैले टेलिभिजन हेर्दाहेर्दै आंसु रोक्न सकीन र भाव बिह्वल भए . मनमा अनेक तर्ंग फैलिए .हत्याराहरुलाइ सरापीरहे, रोइरहे । आफ्नै परिवारकी सदस्य,आमा दीदी बहिनि गुमाए जस्तो लाग्यो तर केही पछी संसारकै मन जित्न सफल । सबै देशहरुबाट सम्मान र बिभुषीत भएकी एक महान नारी हून मेरी मात्र कहा हुन र जस्तो लाग्यो . अहिले श्रद्वा न्जलीका दुइ शव्द कोर्दा पनि हात कांपीरहेका छन आंसू बगेरहेको छ । तिम्रा बाबुलाइ पनि हत्या गरे भाइहरुलाइ र तिमिलाइ पनि । हे पापी हो ! एकदिन सबै दानवहरुको सखाप अवस्य हुनेछ र तिमिले विश्वलाइनै टुहुरो बनाएर गयौ तर तिम्रा टुहुरा छोराछोरीहरु विश्वकै छोराछोरी भएर चम्कीरहने छन र एकदिन हजारौहजार बेनजीर जन्मेर पाकिस्तानको मात्र हौइन संसारकै आमूल परिवर्तन गर्नेछन . संसारलाइ फुलाउन फलाउने छन ।

तव मात्र तिम्रो आत्माले शा न्ती पाउने छ । हे महान नारी ! हे पुण्य नारी !! तिम्रो बारेमा जतिसुकै लेखे पनि र बोले पनि कमै हुन्छ । तसर्थ यी दुइ शव्द मार्फत तिम्रो म्रितात्माले चीर शान्ती पाइरहोस र अन्यायको बिरुद्ध लड्न फेरी छिट्टै तिम्रो पुनरजन्म होस भन्ने भावपुर्ण श्रद्दान्जली टक्राउदै र ठुहुरा छोराछोरीहरुलाइ भगवानले हरेक प्रकार को शक्ती प्रदान गरुन भनी प्रार्थना गर्दछु ।

लुभेन,बेल्जियम