बेल्जियमको सबै भन्दा महत्वपूर्ण चर्च क्याथेरल ब्रशेल्समा करीव एक सयको संख्यामा रहेका गैरआवासीय आप्रवासीहरुले नेशनलको अर्डिनेशन फर विथआउट पेपरका संयोजक ओस्कारको नेतृत्वमा चर्चको प्रार्थन गर्ने समय दिनको २:३० बजेको अवसर मिलाई प्रवेश गरेर आफ्नो समस्या बताउँदै संरक्षणको माग गरेका छन् ।
नेपाली समुदाय संघर्ष समिति,बेल्जियमको अत्यधिक उपस्थिति रहेको उक्त समुहमा सि. एन्. एस. पि का अन्य सदस्य उडेप फो रे र सि. पि.आर. इक्सेलको सहभागिता रहेको थियो भने संघर्षको दौरानमा उर्जा थप्न र कानुनी व्यवधानलाई सरलिकरण गर्न नेपाली जन प्रगतिशील मंच, बेल्जियमका अध्यक्ष विष्णु भुजेलको उपस्थिति रहेको थियो ।
सन् २००६ मा उडेपको नेतृत्वमा संचालित देशव्यापी आन्दोलनको क्रमममा ४१ वटा चर्चमा धर्ना र करिब २ सय ५० को संख्यामा भोकहडताल जस्ता सशक्त आन्दोलनका कार्यक्रम गर्दाका अवस्थामा पनि कोही प्रवेश गर्न नसकेको उक्त चर्च बेल्जियममा पर्यटकीय हिसाबले अति महत्वको रुपमा लिइन्छ । एक हुल बनाएर प्रवेश गरेको उक्त समुह चर्च भित्रै अनुमति विना नै आफ्नो व्यानर प्रदर्शन गर्दै आफ्ना मागहरु व्यबस्थापन समक्ष राख्दा कुरा सुन्न आनाकानी गरी व्यबस्थापन पक्षले पुलिस फोर्स बोलाई घेराबन्दी गरेको थियो । समस्या समाधानको लागि वार्ता गर्ने र निकास खोज्ने शर्तमा चर्च बाहीर निस्कन लाग्दा भित्र जानबाट रोक लगाइएका पत्रकारहरुको लाइन लागेको थियो ।
पत्रकारसँग कुरा गर्दै नेपाली समुदाय संघर्ष समिति, बेल्जियमका संयोजक लिलाधर पन्तले यहाँको सरकारले दिइरहेको सुविधा कटौती गरि हामी सबैलाई सडकको वास गराएको छ । पटक-पटक सडक मार्फत आवाज उठाउँदा पनि यो सरकारले न्यायोचित आवाज सुन्न नचाहेका कारण ध्यानाकर्षण गराउन हामी यो धार्मिक स्थलमा आउन वाध्य भयौं उहाँले बताउनु भयो । हामी नेपाली देशमा चलिरहेको राजनीतिक अस्थिरताका कारण शरण माग्न यहाँ आएका थियौं । अहिलेको अवस्थामा हामी र्फकन सक्ने सम्भावना छैन, यो कुरा यहाँको सरकारले सुन्न र विचार गर्न चाहदैन, त्यस कारण उक्त कुरा पुनः स्मरण गराउनका लागि हामी यो कदम चाल्न बाध्य भएको बताउनु भयो । डर त्रास र खुसीको मिश्रति आभास देखिने उक्त समुहमा समस्या समाधान नहुँदा सम्म जस्तो सुकै कठीन परिस्थितीमा पनि कठोर भन्दा कठोर संघर्ष गर्ने उहाँले बताउनु भयो ।
-यसु थापा बेल्जियम
Nuk ka komente:
Posto një koment