ब्रशेल्स,
०६ जनवरी २००८
बेल्जियमवासी विना कागजवालाहरुको संयुक्त भेलाले आज विभिन्न राजनैतिक पार्टर्ीीथा संघ संस्थाको उपस्थिती साथै सयौंको संख्यामा उपस्थित विनाकागजवालाहरुले खचाखच भरिएको हलमा मानवीय नाताले बाँच्न पाउने समान अवसर प्राप्ति नभए सम्म कडा संर्घष्ा गर्ने घोषणा सहित अन्तरकृया कार्यक्रम सम्पन्न गरेका छन् ।
सामाजिक विकृती बाट समाजलाइ बचाउन महत्वपर्ूण्ा भूमिका खेलेका विभिन्न संघ सँस्थाको अगुवाई तथा संरक्षणमा बाँच्न पाउने अधिकार प्राप्तिका लागि संर्घष्ा गर्न बनेका बेल्जियम स्थित विभिन्न संस्थाहरु नेपाली समुदाय संर्घष्ा समिति - सिं. एन पि. आर ) सि . पि. आर इक्सेल , उडेप फो रे को सकृय सहभागितामा सम्पन्न उक्त कार्यक्रममा राजनैतिक पार्टर्ीी तर्फबाट सोसलिष्ट पार्टर्ीीप. एस. का प्रमुख व्यक्तित्व पिएर गालेफ , क्रिश्चियन डेमोक्रेटिक हृयुम्यानिष्टका सांसद जिं दाहेमान , इकोलो पार्टर्ीी सांसद फुवाद असामी त्यस्तै वर्कस पार्टर्ीीेल्जियमका महीला नेतृ रिपेट को विशेष उपस्थिती थियो । बेल्जियम भरी एकै पटक सशक्त आन्दोलन गर्न र गराउनका लागि बनेको संयोजक कमिटी नेशनल को अर्डिनेशन फर विथआउट पेपर नामको नयाँ सँस्थाको मैन वत्ती वालेर उद्घाटन गरी शुरु गरिएको उक्त कार्यक्रममा संस्थाका संयोजक ओस्कार ले बेल्जियमको आप्रवासी समस्याको सम्बन्धमा विस्तृत व्याख्या गर्नु भएको थियो । नेपाली समुदायका तर्फाट उक्त संस्थाको प्रतिनिधित्व गर्नु हुने लिलाधर पन्तले उद्घाटन मन्तव्यको क्रममा नेपाली समुदाय संर्घष्ा समिति , बेल्जियमको ब्रश्ोल्स , आन्त्वेरपेन , लुभेन , गेन्ट , ब्रुगे , वेस्टेण्ड र सेन्त्वेरदोन गरी छ वोटै स्तरमा क्षेत्रीय स्तरको समिति निर्माण भै सकेका छन र हामी हाम्रो संर्घष्ा लाइ प्रभावशाली रुपमा अगाडी बढाउन हाम्रै पहलमा निर्माण गरिएको छाता संगठन सि. एन्. एस ं पी ं मार्फ राष्ट्रव्यापी संर्घष्ाको उठान गर्नेछौं । हाम्रा समस्याको समाधानका लागि यो सरकारले छिट्टै पहल नगरे कठोर भन्दा कठोर संर्घष्ा गर्न कटिबद्ध छौं भन्नुभयो । यो समितिका अर्का प्रतिनिधी कावा र आमुद एकता नै बल हो । हामी अब एक भएका छौं , हामीमाथी गरिएको असमान व्यबहारले हामीलाई फेरी एक पटक ं संर्घष्ाका लागि बाध्य बनाएको छ भन्नुभयो ।
उद्घाटन कार्यक्रम पछि मन्तव्यको क्रममा सोसलिष्ट पार्टर्ीी तर्फाट पाल्नु भएका प्रमुख व्यक्तित्व पिएर गालौदले मानव अधिकार घोषणाको ६० औं बर्षो अवसरमा सबै महीला पुरुष समान हुनु पर्ने र सही मुल्यांङ्कन द्वारा सबैले बैधानिकता प्राप्त गर्नु पर्दछ । सन् २००७ मा बेल्जियममा भएको राजनैतिक अस्तव्यस्तता तथा गृह मन्त्रीको आपत्तीजनक अभिव्यक्तिका कारण तपाईहरु खतरामा हुनुहुन्छ , हामी हाम्रा मन्त्रीहरु मार्फ यो कुरा सम्बन्धीत ठाउँमा सुनुवाईका लागि बाध्य पार्नेछौं भन्नुभयो । अर्का बक्ता क्रिश्चियन डमोक्रेटीक पार्टर्ीी सांसद जी. दायेमान ले यो नयाँ बर्ष२००८ तपाईंहरुको पक्षमा हुनेछ । हाम्रो पार्टर्ीीपार्इंहरुको समस्याको बारेमा निरन्तर लर्डाई लडीरहेको छ । तपाईका बच्च्ााहरु निडर भएर स्कूल जान पाउने र मानव -मानव समान भएर बाँच्न पाउने अधिकार सहीतको रेगुलाइजेशन हुनु पर्छ , यस्को लागि हाम्रो पार्टर्ीी निरन्तर साथ दिनेछ । इकोलो पार्टर्ीी तर्फाट सांसद हुनु भएका फुवाद आसानी ले आफ्नो पार्टर्ीीे धारणा राख्दै आप्रवासीको यो समस्याको लागि निश्चित मापदण्ड सहितको स्थायी निकायको निर्माण हुनु पर्छ । गृहमन्त्री द्वारा भनिने गरिएको आतंङ्ककारीको संकेतले हामीलाइ भयभीत बनाएको छ । आतंकित भएर प्राण रक्षाको लागि हात फैलाउन विवश मानव समुदाय अहिले संसारमा ठूलो संख्यामा छ । कोही पनि आफू खुशी आफ्नो देश र परिवार छाड्दैन । पिडीत मानवलाई संसारमा गरीब भनि हेला नगरी मानवीय नाताले स्वागत र सम्मान गर्नु पर्छ भन्नु भयो । त्यस्तै अर्को बक्ता लेवर पार्टर्ीीेल्जियमकी पीएरले २० बर्षदेखि आफूहरुले हामी खतरनाक होइनौ, हामीहरु खतरामा छौं भन्ने नारा जोडदार साथ उठाउँदै आएको बताउनु भयो । याहाँ पूँजीगत हिसाबमा मानिसहरुलाई रेगुलाइज गरीन्छ । बाँच्नका लागि काम गर्न बाध्य जनसमुदाय सँग गरीने अपहेलीत व्यबहारले हामीलाइ दुःखी बनाएको छ । स्पष्ट नियम बनाइ सबै कामदारको समान अवसर र संरक्षण गरिनु पर्छ भन्नुभयो । नेपालीका तर्फाट आफ्नो मन्तव्य राख्दै नेपाली जन प्रगतिशील मंचका अध्यक्ष विष्णु भूजेलले यो समस्या नेपालको राजनैतिक समस्या सँग जोडीएको छ । देशमा भै रहेको राजनैतिक अन्योलताको समाप्ती सँगै हामी याहाँको नागरिकता पनि त्यागेर र्फकन इच्छुक छौं त्यसैले त्यो समय सम्म राजनैतिक शरणार्थीका रुपमा वा रेगुलाइज भएर बैधानिक रुपमा बस्न पाउनु पर्छ भन्नु भयो ।
कार्यक्रमको दोश्रो चरणमा नेपाली समुदाय बीचको आप्रवासी समस्या समाधानको लागि ऐक्यबद्धता जाहेर गर्दै भेलामा उपस्थित नेपाली लोकतान्त्रिक गणतान्त्रिक मंच ,बेल्जियम का कृष्ण तिवारी , नेपाल बेल्जियम साँस्कृतिक समाजका अध्यक्ष राजकुमार पुडासैनी , जनजाती सरोकार मंच, यूरोपका अध्यक्ष राम बहादुर गुरुङ्ग र विश्व मगर संघका कुल बहादुर मगरले आ- आफ्नो मन्तव्य राख्नु भएको थियो । नेपाली समुदाय संर्घष्ा समितिका संयोजक टि. एन्. सापकोटाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम गेन्ट कमिटीका संयोजक तथा केन्द्रिय सदस्य धरणीधर गौतमले संचालन गर्नुभएको थियो ।
आगामी दिनमा संर्घष्ाको कार्यक्रमलाई प्रभावकारी ढङ्गबाट अगाडी बढाउन पुरानो नेपाली समुदाय संर्घष्ा समिति विघटन गरी लिलाधर पन्तको संयोजकत्वमा २१ सदस्यीय नयाँ कार्यसमितिको गठन गरियो ।
नवगठीत कार्य समितिको नामावली ः
संयोजक लिलाधर पन्त
सचिव धरणीधर गौतम
कोषाध्यक्ष राजकुमार पुडासैनी
सदस्य रामहरी घिमिरे
सदस्य देवेन्द्रराज पौड्याल
सदस्य पवन सुवेदी
सदस्य रामहरी रायमाझी
सदस्य किरण कुमार मगर
सदस्य शिव महर्जन
सदस्य ह सन मल्ल
सदस्य आगबहादुर लामा
सदस्य लक्ष्मी महर्जन
सदस्य घनश्याम शर्मा
सदस्य प्रकाश कार्की
सदस्य रामचन्द्र सुवेदी
सदस्य सुमन शर्मा निउरे
सदस्य प्रकाश घिमिरे
सदस्य यशोदा सुवेदी
सदस्य खेमराज न्यौपाने
सदस्य भरत पन्त
सदस्य खेमराज कार्की
Nuk ka komente:
Posto një koment