e enjte, 7 qershor 2007

वाइसिएलले विरोध सभा आयोजन

आज वाइसिएलले राजधानीको बसन्तपुरमा एक विरोध सभाको आयोजना गरियो । सो विरोधसभा मूलतः वाइसिएललाई अपराधीहरुको समूह भनी प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले लगाउनुभएको आरोप तथा वारा रौतहटमा वाइसिएलका कार्यकर्ताहरुको हत्या भएको विरोधमा आयोजना गरिएको थियो ।







सो सभालाई सम्बोधन गर्दै माओवादीका केन्द्रीय सदस्य हितमान शाक्य -सुमनले वाइसिएललाई अपराधीको आरोप लगाइन्छ भने भ्रष्टाचारीहरुलाई संरक्षण प्रदान गर्ने गिरिजाप्रसाद कोइराला आफू नै अपराधीहरुको राजा हुन् भन्न बाध्य हुने बताउनु भयो । उहाँले वाइसिएलको रचनात्मक कामहरुको विरोध गर्नुको सट्टामा तरुण दल लगायत अन्य राजनीतिक पार्टर्ीी भातृ संगठनहरुलाई पनि त्यस्तै जनता र मुलुकको हितमा हुने रचनात्मक कामहरु गरेर देखाउन चुनौती दिनुभयो ।

-चन्द्र खाकी ,काठमाडौं

Nuk ka komente: