



बेल्जियममा वर्ल्ड म्युजिक प्रोग्राम सम्पन्न
पुरुशोत्तम सुबेदी -बेल्जियम
गत १३ डिसेम्बर शनिबार को दिन बेल्जियम को लुभेन सहरमा वर्ल्ड म्युजिक प्रोग्राम भब्यताका साथ सम्पन्न भयको छ । झन्डै ४००० हजार नेपालीहरु रहेको बेल्जियममा बिभिन्न जाती र भाषा भासी भयका नेपालीहरुको बसोबास रहेको छ भने अर्को तर्फ बेल्जियममा नेपाल बाहेक अन्य थुप्रै मुलुकका मानिसहरुको समेत बसोबास रहेको छ । हरेक बर्ष झै यस बर्ष पनि लुभेनमा बिभिन्न देशबाट आयर बेल्जियममा बस्ती बसायका मानिसहरुको कल्चर डान्स प्रोग्राम सम्पन्न भयको छ । आ - आफ्नो देशको खानाको पारीकार का साथै आ -आफ्नो भेस भुसामा सजियर रहेका मानिसहरुको सो कार्यक्रमको रौनक बयान गरेरै नसकिने खालको थियो । झन्डै १५ देसको संलग्नता रहेको उक्त विश्वकल्चर कार्यक्रममा कलाकार हरुले बिभिन्न नाचहरु प्रस्तुत गरेका थिय । कार्यक्रममा नेपालको तर्फ बाट ईन्द्रधनुस स्पोर्ट क्लव (लुभेन ) र बिस्व मगरसंघ बेल्जियमले भाग लियको थियो । भाग लिने देशहरुमा नेपाल -फिलिपाइन्स -कोंगो -रुवान्डा -मरक्को -टर्की- भियतनाम -काजकिस्तान -भुटान -कुर्दस्तान -कोलम्बिया लगाय १५ औं राष्ट्रहरु रहेका थिय । त्यस्तै नेपाली कार्यक्रमको सुरुवातमा ईन्द्रधनुस क्लब को तर्फबाट क्ल्ब का उपाध्यक्ष अनन्ता गुरुङले नेदरल्यान्ड भाषामा स्टेजबाट मासलाई जानकारी गराउदै क्लबको नित्य सुरु भयको थियो । भने समुहगत महिला न्रित्य को रौनक ले मासबाट गडगडाहट ताली बजिरहेको थियो । ईन्द्रधनुस क्लबका अध्यक्ष मिन्ड गुरुङ उपाध्यक्ष सुर्य ढकाल लगायत संस्थाका अन्य सदस्य हरुको पनि उपस्थिती रहेको थियो । ईन्द्रधनुस क्लबले ८ बजे पछी आफ्नो कला प्रस्तुत गरेको थियो भने विश्व मगरसंघले राती १० ;३० को समयमा आफ्नो न्रित्य कला प्रस्तुत गरेको थियो । बिस्वमगर संघ को तर्फ बाट मार्के मगर- वीर मान घरती मगर सेक्रेटरी कुलबहादुर मगर लगायत अन्य थुप्रै सदस्यहरुको उपस्थिती रहेको थियो । साथै कार्यक्रममा यन आर यन बेल्जियम का महासचिब नन्द घलेको पनि उपस्थिती रहेको थियो ।विश्वमगरसंघ को तर्फ बाट सोनिया थनेतको नाच प्रदर्सन भयको थियो । स्मरण रहोस सोनिया थनेत ट्यालेन्ट अफ द एयर २००८ मा बेल्जियममा प्रथम भयकी १५ बर्सिय बालिका हुन । उनको न्रित्यले मासलाई झनै मोहित तुल्यायको थियो । सांझ ६ बजे बाट सुरु गरियको उक्त कार्यक्रम राती १२; ३० मा समापन भयको थियो ।
Nuk ka komente:
Posto një koment