e diel, 22 qershor 2008

बेल्जियममा नेपाल फेस्टिबल २००८









रबिन्द्रमान श्रेष्ठको संयोजकतामा नेपाली दूतावास बेल्जियम र बेल्जियमस्थित बिभिन्न सँघसंस्थाको आयोजनामा बेल्जियममा नेपाल फेस्टिवलको आयोजना गरियो।

प्रेसिडेन्ट अफ डिस्ट्रिक्ट काउन्सुलर 'बर्गरहाउत' बाट पानसमा बत्ति बाली उद्घाटन गरिएको कार्यक्रममा महामहिम राजदूत प्रबेष हमालले शुभकामनाका साथै "नेपालमा पर्यटन बिकाशका लागि नेपाल फेस्टिबल" को बारेमा प्रकाश पार्नु भएको थियो। सो अवसरमा आकर्षक नेपाली भेषभुषाको प्रदर्शनी गर्दै बेल्जियम र नेपालको राष्ट्रीय गान पनि गाइएको थियो। नेपालमा पर्यटनको बिकाशका लागि बनाइएको डोकुमेन्ट्री माथि दूतावासका प्रथम सचिब दूर्गा भण्डारीले प्रकाश पार्नुभएको थियो।

नायिका बर्षा खड्काद्वारा दोस्रो चरणमा नृत्य प्रदर्शन गरिएको थियो भने निर्माता अमृत लामाको चलचित्र झाँक्रीको पनि प्रदर्शन गरिएको थियो। साँस्कृतिक कार्यक्रमका रूपमा स्थानीय कलाकारहरुको नृत्य तथा गायनले दर्शकलाई नचाउन सफल भएको थियो ।त्यसै गरी नेपाली बाद्यबादनका सामानहरुको परिचयका साथै नेपाली मौलिक धूनहरु प्रस्तुत गर्नुले कार्यक्रमले अझै रौनकता पाएको थियो।

उल्लेखनीय रूपमा बेल्जिक तथा नेपालीहरुको उत्साहजनक उपस्थिती रहेको सो नेपाल फेस्टिवलमा बिभिन्न नेपाली सँघसंस्था ,नेपाली दूतावास ,ट्राभल एजेन्ट लगायत बेल्जिक सँघसंस्थाहरुले पनि नेपालीपन झल्कने स्टल लगाएका थिए। नेपाली परिकारका बिभिन्न खानेकुराहरु तथा पेय पदार्थ,नेपाली कपडा अनि गरगहना सो कार्यक्रमको आकर्षण थियो। यो कार्यक्रम शनिबार र आइतबार दूइ दिन चल्ने कुरा आयोजकहरुले बताएकाछन्। रमेश कंडेल
बेल्जियम

Nuk ka komente: