


नेपाली जनसम्पर्क समिति बेल्जियमको आयोजनामा 7 फेब्रुअरीका दिन बेल्जियमको लुभेन शहरमा नेपाल सरकारका अर्थमन्त्री तथा नेपाली काँग्रेसका नेता डा. रामशरण महतको उपस्थितिमा नेपालको समसामयिक विषयमा एक अन्तरक्रिया तथा कार्यकर्ता भेला सम्पन्न भयो ׀ कार्यक्रममा बोल्दै मन्त्री महतले राष्ट्र उत्थानका तीन आधार द्विगो शान्ती,सुदृढ अर्थतन्त्र र सच्चा लोकतन्त्र एक अर्कामा अन्योन्याश्रीत रुपमा सम्बन्धित हुन्छन भन्नु भयो ׀ यि मध्य कुनै पनि अवयवको अनुपस्थितिमा मुलुकको सम्बृद्धि सम्भव छैन ,उहाँले सविस्तार ब्याख्या गर्नुभयो . 1976 मा बम्बैमा प्रथम जनसम्पर्क समिति गठन भएको र त्यससँग आफु शुरुदेखीनै सम्पर्कमा रहेको तथ्यमाथी प्रकाश पार्दै पुनामा अध्यनरत रहँदा महामानव बि पि कोइरालाको निर्देशनमा प्रत्यक आइतबार जनसम्पर्क समितिका कार्यकर्ताहरुलाइ प्रशिक्षण दिन जाने गरेको अनुभव पनि सुनाउनु भयो . त्यसै गरि सम्विधान सभाको चुनावको बारेमा बोल्दै उहाँले जेठमा कानूनी तयारी पूरा नभएकोले र मँशीरमा माओवादी अवरोधका कारण चुनाव स्थगित भएको तर आगामी चैत्रमा भने कसैले चुनाव रोक्न नसक्ने बताउनु भयो . माओवादी मूलप्रवाहमा आएपछी मुलुकमा हीँसा अन्त्य भएको तर हिँसाको प्रब्रित्ति जारी रहेको र यो समाप्त हुन समय लाग्छ, उहाँले भन्नु भयो . उहाँले शान्ती प्रक्रिया पछि मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रब्रित्ति देखिएको, यसवर्ष 5% प्रतिशत आर्थिक बृद्दीदर अनुमान गरिएको,पर्यटन आगमनमा सन 1999 पछी सबैभन्दा बढी 13% ले बृद्दी भएको,300 मेघावाटको अपर कर्णाली जलविद्युत योजना सम्झौता सम्पन्न भएको र पश्चिम सेति योजना अन्तिम टुँगोमा पुगेको जानाकारी गराउनु भयो . त्यसै गरी मधेशका महत्वपुर्ण मागहरु पुरा भैसकेको र अन्य मागहरु सम्विधानसभाबाट मात्र पुरा हुनेमा जोड दिँदै नागरीकता वितरण,सँघीय शाशन,सम्विधानसभामा 48 % मधेशको प्रतिनीधित्व हुनेगरि सम्विधानमा शँशोधन, मधेश आन्दोलनमा मारिएकाहरुलाइ शहीद घोषणा गरि 10-10 लाख वितरण गरिएको र सरकारी तथा सुरक्षा निकायमा मधेशको पहुँच सुनिश्चित गरिएकोले यि सबै उपलब्धीको ग्यारेण्टी गर्न पनि सम्विधान सभाको चुनाव अनिवार्य रहेकोमा उहाँको जोड थियो . बेल्जियममा रहेका नेपालीहरुको डिपोर्टेशनको सम्बन्धमा युरोकाँग्रेस सचिव गँगाधर गौतम र NRN अद्यक्ष युवराज गुरुँगले उठाउनु भएको प्रसँगमा उहाँले NRN अद्यक्ष युवराज गुरुँगलाइ लिखित रुपमा नेपाल सरकारमा पठाउन अनुरोध गर्दै यस सम्बन्धी सबै पहलुमा बिचार गरी दुइ पक्षीय वार्ता अगाडी बढाउन सकिने बताउनु भयो . त्यस्तै ककस कार्यक्रमका प्रश्नकर्ताहरुबाट उठेका प्रश्नहरुको जवाफ दिँदै नेपाल सरकार र बेल्जियमबीच यहाँबाट डिपोर्ट भएकाहरुलाइ नेपाली भाषा बोलेकै आधारमा सुपुर्दगि लिनैपर्ने कुनै सम्झौता नभएको जानाकारी दिनु भयो .
ईन्द्र क्षेत्रीको अद्यक्षतामा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा NRN अद्यक्ष युवराज गुरुँग तथा युरोकाँग्रेस सचिव गँगाधर गौतमले पनि बोल्नु भएको थियो . माधव सापकोटाले सँचालन गर्नु भएको सो कार्यक्रम शहीदको नाममा 1 मिनट मौन धारण र प्रमुख अतिथि डा. महत ,शिक्षक सँघका पूर्व केंद्रिय सदस्य गोपाल सापकोटा एवम तरुण दलका पुर्ब केंद्रिय सदस्य बलिराम झा द्वारा महामानव बि.पि. कोइरालाको तस्वीरमा पुष्प अर्पणबाट प्रारम्भ भएको थियो भने स्वागत मन्तब्य श्रीमति जानकी गुरुँगले दिनुभएको थियो . सो कार्यक्रममा नेपाली रजदूत प्रमेश हमाल,प्रथम सचिव दुर्गा भण्डारी,नेपालबाट आउनुभएका अर्थमन्त्रालयका उपसचिवद्वय दीपक खरेल र प्रदीप उपाध्याय, NRN केन्द्रिय सदस्य रबिन्द्रमान श्रेष्ठ, बिभिन्न सँघ-सँस्थाका प्रतिनीधिहरु तथा ब्यापक रुपमा पार्टी कार्यकर्ता तथा सर्वसाधारणको उपस्थिति थियो .
सो कार्यक्रम सकिएपछी नेता महतले सँक्षिप्त कार्यकर्ताभेलाको आयोजना गरी पार्टी कार्यकर्ताहरुलाइ बिभिन्न निर्देशन दिँदै फुटेर होइन जुटेर मुलुक,जनता र लोकतन्त्रको पक्षमा लाग्न निर्देशन दिनु भयो . त्यसपछी सोही साँझ मन्त्री महतको स्वागतमा हिमालयन रेस्टुरेण्टमा NRN को प्रायोजनमा जलपान तथा युरोकाँग्रेसको प्रायोजनमा भब्य रात्रीभोजको आयोजना गरियो .रात्रीभोजमा मन्त्री महतका साथै महामहिम राजदुत प्रमेश हमाल,दुतावासका पदाधिकारीहरु,उपसचिवद्वय,युरोप काँग्रेस सचिव गँगाधर गौतम, NRN का केन्द्रिय सदस्य रबिन्द्रमान श्रेष्ठ, NRN बेल्जियमका अद्यक्ष युवराज गुरुँग,महासचिव सुवाष जोशी,नेपाली टी.भी.का राजेन्द्र भट्ट लगायत समितिका कार्यकर्ताहरु सरीक हुनुभयो .
-ईन्द्र क्षेत्री
Nuk ka komente:
Posto një koment