e diel, 24 shkurt 2008

विपनाको लभ म्यारिज अप्रिल १८ मा




विपना थापा वास्तविक जीवनमा दुलही बन्दैछिन । फिल्ममा त उनी सयौँ पटक दुलही बनिसकेकी छिन्।उनको बिहे आउँदो अप्रिल १८ मा हुँदैछ। बिपनाको सपनाको राजकुमार 'आशुतोष भारद्वाज' भारतीय हुन्। ।
विपनाका अनुसार यो लभ म्यारिज हो। वरमाला नामको फिल्मको शुटिङका क्रममा उनिहरु दुई बीच भेट भएको थियो।भारद्वाजले सो फिल्ममा लगानी समेत गरेका थिए। चार वर्षसम्म प्रेम पछि अहिले उनीहरुको बिहे हुन लागेको हो।

e premte, 15 shkurt 2008

गेण्ट नगर प्रमुखलाइ मायाको चिनेा प्रदान

जर्मनीमा जननी जन्मभूमि समूह गठन




बिदेशमा प्रवशी जीवन बिताइरहे पनि अफु जन्मेर हुर्केको ठाउलाई कहिलेइ नबिर्शऊ र सधैं माया गरौ भन्ने भावनाले प्रेरित जर्मनीको हम्बुर्ग सिटीमा बस्ने नेपालीहरूले मातृभूमि लाई केही योगदान गरु भन्ने नाराको साथ "जननी जन्मभूमि समूह हम्बुर्ग" गठन गरिएको छ । जसको सुरुवातमा तत्काल १०० जना जतिको समूह खडा गरी हरेक महिनामा २० यूरो को दरले संकलन गरी मासिक रुपमा १ जनालाई गोला प्रथा द्वारा सेलेक्ट गरी हस्तांतरण गरिनेछ । उक्त रकम नेपालको आफ्नै गाऊ ठाऊमा कुनै पनि प्रकार को सामाजिक कार्यमा अनिबर्य को साथ लगानी गर्नुपर्ने निर्णय भएको छ । यस कार्यक्रम लाई निरंतरता दीदै भाबिश्यमा अरु पनि कार्य गर्ने योजनाको साथ पहिलो महीनाको गोला प्रथा यही नया बर्ष २००८ january मा खोलिएको छ. पहिलो छनौटमा पर्ने सौभाग्य पाउनु भएका श्री किरण कार्की लाई पहिलो किस्ता को रकम हस्तांतरण गरिसकियेको छ।
-रोशन श्रेष्ठ / जर्मनी

e martë, 12 shkurt 2008

बेल्जियममा सरस्वती पुजा





पासा पू:च बेल्जियमको आयोजनामा बेल्जियमको लुभेन शहरमा फेब्रुअरी 11 तारीखका दिन बिद्याकी देवी सरस्वतिको पुजा कार्यक्रम सम्पन्न भयो . पासा पु चका उत्तर दास श्रेष्ठको प्रायोजन तथा सुनील मुनिकारको सँयोजकत्वमा आयोजीत सो कार्यक्रममा ठुलो सँख्यामा बेल्जियमवासि बाल-बालिका,तिनका अबिभावक र बिभिन्न युनिभर्सिटीहरुमा अद्यनरत नेपाली विद्यार्थीहरुको उपस्थिति थियो . कार्यक्रममा अन न्त शर्माले सबैलाइ टीका प्रदान गर्नुभएको थियो भने पुरुषोत्तम सुबेदीले सरस्वती स्तोत्र वाचन गर्नु भएको थियो त्यसै गरि साना-साना नानीहरुले सरस्वतीको प्रसाद वितरण गरेका थिए .
-ईन्द्र क्षेत्री

e diel, 10 shkurt 2008

वेल्जियममा ल्होछार कार्यक्रम भव्यताका साथ सम्पन्न









शेर्पा समाज वेल्जियमले आयोजना गरेको ल्होछार कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । यो वर्ष मुसा वर्ष अर्थात जीवा ल्होछार परेको छ । यो जातिको नयाँ वर्षको शुरुवात हो । यो उपलक्ष्यमा आफ्ना नातेदार तथा मित्रसँग भेटघाट,उपहार आदानप्रदान गरी मनाइन्छ ।

औतारी लामा वाट पुजा गरी शुरुवात गरिएको सो कार्यक्रममा एक आपसमा शुभकामना व्यक्त गरी विविध संस्कृतिक कार्यक्रमको आयोजना समेत गरिएको थियो ।

कार्यक्रममा श्रीमान श्रीमती पिजी शेर्पा , श्रीमान श्रीमती कर्मा लामा, श्रीमान श्रीमती सोनाछुटी लामा, श्रीमान श्रीमती जाडवु लामा, श्रीमान श्रीमती वाडक्ष्ेाद्र लामा समेतले शुभकामना प्रदान गर्नु भएको थियो ।

तामाङ तथा शेर्पा जातिहरुले नेपालको उत्थान तथा विकासको हरेक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका सल्लाहकार डा ओम गुरुगले शुभकामना दिनु भएको थियो ।

जनजाती सरोकार मंच वेल्जियमको कार्यक्रम सम्पन्न









संविधान सभा र नया नेपालमा जनजातीको अधिकार को लागि चेतना फैलाउने उदेश्य अनरुप वेल्जियमको भ्रमणका रहनु भएको नेपाल आदिवासी जनजाति महासंघका सल्लाहकार डा ओम गुरुगको प्रमुख आथित्यमा जनजाती सरकार मंच वेल्जियमले अन्तरकृया कार्यक्रम आयोजना गर्‍यो ।

कार्यक्रममा वेल्जियम स्थित थकाली समाज गुरुग समाज मगर समाज र शेर्पा समाजको सहभागीता रहेको भएता पनि गैर जनजाती हरुको समेत उलेख्य उपस्थिती रहेको थियो ।

कार्यक्रममा शेर्पा समाज वेल्जियमका अध्यक्ष पिजी शेपाले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने मगर समाजका विरमान धर्ती मगर र एन आर एन वेल्जियमका युवराज गुरुगले समेत जनजाती सरोकार र हकअधिकार संरक्षणको विषयमा चर्चा गर्नु भएको थियो ।

जानकी गुरुगले संचालन गर्नु भएको सो कार्यक्रममा प्रमुख वक्ता डा ओम गुरुगले नया नेपालको निमाण संगै हुन गइरहेको संविधान सभाको निर्वाचनमा जनजातीको संलग्नताको साथै राज्य संम्रचनामा जनजातीको भावना र संधिय लोकतन्त्रको वारेमा उल्लेख गर्नु भएको थियो । उहाले सहभागीहरुको जिज्ञासाको उत्तर समेत दिनु भएको थियो ।

कार्यक्रमको अध्यक्षता सरेाकार मंचको आध्यक्ष गमवहादुर गुरुगले गर्नु भएको थियो ।

e shtunë, 9 shkurt 2008

बेल्जियम काँग्रेसद्वारा अन्तरक्रिया कार्यक्रम तथा कार्यकर्ता भेला सम्पन्न








नेपाली जनसम्पर्क समिति बेल्जियमको आयोजनामा 7 फेब्रुअरीका दिन बेल्जियमको लुभेन शहरमा नेपाल सरकारका अर्थमन्त्री तथा नेपाली काँग्रेसका नेता डा. रामशरण महतको उपस्थितिमा नेपालको समसामयिक विषयमा एक अन्तरक्रिया तथा कार्यकर्ता भेला सम्पन्न भयो ׀ कार्यक्रममा बोल्दै मन्त्री महतले राष्ट्र उत्थानका तीन आधार द्विगो शान्ती,सुदृढ अर्थतन्त्र र सच्चा लोकतन्त्र एक अर्कामा अन्योन्याश्रीत रुपमा सम्बन्धित हुन्छन भन्नु भयो ׀ यि मध्य कुनै पनि अवयवको अनुपस्थितिमा मुलुकको सम्बृद्धि सम्भव छैन ,उहाँले सविस्तार ब्याख्या गर्नुभयो . 1976 मा बम्बैमा प्रथम जनसम्पर्क समिति गठन भएको र त्यससँग आफु शुरुदेखीनै सम्पर्कमा रहेको तथ्यमाथी प्रकाश पार्दै पुनामा अध्यनरत रहँदा महामानव बि पि कोइरालाको निर्देशनमा प्रत्यक आइतबार जनसम्पर्क समितिका कार्यकर्ताहरुलाइ प्रशिक्षण दिन जाने गरेको अनुभव पनि सुनाउनु भयो . त्यसै गरि सम्विधान सभाको चुनावको बारेमा बोल्दै उहाँले जेठमा कानूनी तयारी पूरा नभएकोले र मँशीरमा माओवादी अवरोधका कारण चुनाव स्थगित भएको तर आगामी चैत्रमा भने कसैले चुनाव रोक्न नसक्ने बताउनु भयो . माओवादी मूलप्रवाहमा आएपछी मुलुकमा हीँसा अन्त्य भएको तर हिँसाको प्रब्रित्ति जारी रहेको र यो समाप्त हुन समय लाग्छ, उहाँले भन्नु भयो . उहाँले शान्ती प्रक्रिया पछि मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रब्रित्ति देखिएको, यसवर्ष 5% प्रतिशत आर्थिक बृद्दीदर अनुमान गरिएको,पर्यटन आगमनमा सन 1999 पछी सबैभन्दा बढी 13% ले बृद्दी भएको,300 मेघावाटको अपर कर्णाली जलविद्युत योजना सम्झौता सम्पन्न भएको र पश्चिम सेति योजना अन्तिम टुँगोमा पुगेको जानाकारी गराउनु भयो . त्यसै गरी मधेशका महत्वपुर्ण मागहरु पुरा भैसकेको र अन्य मागहरु सम्विधानसभाबाट मात्र पुरा हुनेमा जोड दिँदै नागरीकता वितरण,सँघीय शाशन,सम्विधानसभामा 48 % मधेशको प्रतिनीधित्व हुनेगरि सम्विधानमा शँशोधन, मधेश आन्दोलनमा मारिएकाहरुलाइ शहीद घोषणा गरि 10-10 लाख वितरण गरिएको र सरकारी तथा सुरक्षा निकायमा मधेशको पहुँच सुनिश्चित गरिएकोले यि सबै उपलब्धीको ग्यारेण्टी गर्न पनि सम्विधान सभाको चुनाव अनिवार्य रहेकोमा उहाँको जोड थियो . बेल्जियममा रहेका नेपालीहरुको डिपोर्टेशनको सम्बन्धमा युरोकाँग्रेस सचिव गँगाधर गौतम र NRN अद्यक्ष युवराज गुरुँगले उठाउनु भएको प्रसँगमा उहाँले NRN अद्यक्ष युवराज गुरुँगलाइ लिखित रुपमा नेपाल सरकारमा पठाउन अनुरोध गर्दै यस सम्बन्धी सबै पहलुमा बिचार गरी दुइ पक्षीय वार्ता अगाडी बढाउन सकिने बताउनु भयो . त्यस्तै ककस कार्यक्रमका प्रश्नकर्ताहरुबाट उठेका प्रश्नहरुको जवाफ दिँदै नेपाल सरकार र बेल्जियमबीच यहाँबाट डिपोर्ट भएकाहरुलाइ नेपाली भाषा बोलेकै आधारमा सुपुर्दगि लिनैपर्ने कुनै सम्झौता नभएको जानाकारी दिनु भयो .
ईन्द्र क्षेत्रीको अद्यक्षतामा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा NRN अद्यक्ष युवराज गुरुँग तथा युरोकाँग्रेस सचिव गँगाधर गौतमले पनि बोल्नु भएको थियो . माधव सापकोटाले सँचालन गर्नु भएको सो कार्यक्रम शहीदको नाममा 1 मिनट मौन धारण र प्रमुख अतिथि डा. महत ,शिक्षक सँघका पूर्व केंद्रिय सदस्य गोपाल सापकोटा एवम तरुण दलका पुर्ब केंद्रिय सदस्य बलिराम झा द्वारा महामानव बि.पि. कोइरालाको तस्वीरमा पुष्प अर्पणबाट प्रारम्भ भएको थियो भने स्वागत मन्तब्य श्रीमति जानकी गुरुँगले दिनुभएको थियो . सो कार्यक्रममा नेपाली रजदूत प्रमेश हमाल,प्रथम सचिव दुर्गा भण्डारी,नेपालबाट आउनुभएका अर्थमन्त्रालयका उपसचिवद्वय दीपक खरेल र प्रदीप उपाध्याय, NRN केन्द्रिय सदस्य रबिन्द्रमान श्रेष्ठ, बिभिन्न सँघ-सँस्थाका प्रतिनीधिहरु तथा ब्यापक रुपमा पार्टी कार्यकर्ता तथा सर्वसाधारणको उपस्थिति थियो .
सो कार्यक्रम सकिएपछी नेता महतले सँक्षिप्त कार्यकर्ताभेलाको आयोजना गरी पार्टी कार्यकर्ताहरुलाइ बिभिन्न निर्देशन दिँदै फुटेर होइन जुटेर मुलुक,जनता र लोकतन्त्रको पक्षमा लाग्न निर्देशन दिनु भयो . त्यसपछी सोही साँझ मन्त्री महतको स्वागतमा हिमालयन रेस्टुरेण्टमा NRN को प्रायोजनमा जलपान तथा युरोकाँग्रेसको प्रायोजनमा भब्य रात्रीभोजको आयोजना गरियो .रात्रीभोजमा मन्त्री महतका साथै महामहिम राजदुत प्रमेश हमाल,दुतावासका पदाधिकारीहरु,उपसचिवद्वय,युरोप काँग्रेस सचिव गँगाधर गौतम, NRN का केन्द्रिय सदस्य रबिन्द्रमान श्रेष्ठ, NRN बेल्जियमका अद्यक्ष युवराज गुरुँग,महासचिव सुवाष जोशी,नेपाली टी.भी.का राजेन्द्र भट्ट लगायत समितिका कार्यकर्ताहरु सरीक हुनुभयो .

-ईन्द्र क्षेत्री

e mërkurë, 6 shkurt 2008

नेकपा माओबादी केन्द्रिय सदस्य तथा जनमुक्ति सेना नेपालका डेपुटी कमाण्डर क.बलदेवको बिशेष आथित्यमा अन्तकृ्रया कार्यक्रम भब्यताका सम्पन्न





नेपाली जनप्रगतीशिल मचबेल्जियम को आयोजनामा नेकपा माओबादीका केन्द्रिय सदस्य तथा जनमुक्ति सेना नेपालका डेपुटी कमाण्डर क.बलदेवको बिशेष आथित्यमा बेल्जियमको आन्त्वरपेन सहरमा आसन्न संबिधान सभाको निर्वाचन र नेकपा माओबादीको नयाँ नेपालको अबधारणा बिषयक अन्तकृ्रया कार्यक्रम भब्यताका सम्पन्न भयो ।
बिश्व सर्बहारा बर्गको मुक्तिका साथै नेपाली जनताको परिबर्तनको चाहना नयां नेपालको सपना पुरा गर्ने अठोटका साथ आफ्नो जिबन क्रान्तिमा अर्पिनु भएका क। बलदेवले आफ्ना भनाइ हरु राख्दै भन्नु भयो मानिस संगठित हुन जरुरी छ । जुनकुरा बिदेशमा रहेर पनि तपाइहरुलॆ नेपाली क्रन्तिलाई सहयोग मुग्ने गरी संगठिीत हुनु भएको छ । संगठन निर्माण गरेर सक्तिसाली पनि बन्नु भएको छ । नयां नेपाल निर्माण गर्ने क्रममा हामी अगाडि बढीरहेको सन्दर्भमा तपाइहरुको सुझाव र सल्ल्ााह अत्यन्त महत्वपुर्ण हुने हुनाले म तपाईहरुको सुझाबहरु लिएर जानेछु ।
स्वभिमानी मान्छे बन्नकोलागी हामीले हाम्रा खराव बानी सुधार्नै पर्छ र सगठित सक्तिको निमार्ण पनि गर्नै पर्छ ।तव मात्र हामीले राष्टिय अन्तराष्टिय जिम्वेवारी पुरा गर्न सक्छौं । अहिले नेपालको स्थिति एका तर्फबाट सहज देखिन्छ किनकि सामान्य रुपले हेर्दा दॆश युद्धमा छैन । तर अर्को तर्फ नया नेपाल निर्माणमा कतैबाट अबरोध आउने अबस्थामा भिषण युद्धमा देश फर्किन पनि सक्छ । बिश्वको इतिहास हेर्नु भयो भने ठुला ठुला मानव नरसंहार हुने गरि यहि युरोपमा बिश्व युद्ध भएकै थियो । युद्धबाट फेरी निमार्ण मा जुटेको युरोपले आधुनिक बिकासमा अत्याधुनिक बिकास गरेकोछ । यो पनि सघर्षकै बाटो हुदै भएको बिकास हो ।
नेपालको राजसंस्थानै नेपाली जनताको बिकासको बाधक हो । त्यसको पुर्ण रुपमा उन्मुलन नगरे सम्म नया नेपाल बन्न संभव छैन । सेना दलाल पंुजिपति भारतिय बिस्तारबादबाट संरक्षिीत नेपालको राजतन्त्रलाइ खतम गर्न अझै नेपाली जनताले एउटा भिषणसघर्ष गर्न जरुरी छ । े बिगतमा सामन्त राजसंस्था तथा बिभिन्न राजनैतिक दलहरुले सत्ता चलाए तर नेपाली जनताको आबश्यकता र चाहाना बोमोजिम काम गरेनन ति दलहरु के बल बिदेशिको दलाली मात्र गरे त्यसैले नेपाली जनता अब नेकपा माओबादीको नेतृत्वोमा नयां नेपालको निर्माण गर्न चाहान्छन भन्नु भयो । नेपालमा नेकपा माओबादी मात्र त्यस्तो पार्टी जसको राजनैकि कार्य दिशा र भाबि नयां नेपालको स्पष्ट खाका छ ।
यदि २३ बुदे समझदारी सहि अर्थमा लागु हुन्छ भने हामी अब सबिधान सभाको चुनावमा होमिई सकेका छौ । हामी सबै भन्दा शन्तिी प्रेमि जनसमुदाय हौ । तर बिश्वमा १४७ ठाउमा आफ्नो सेनाराखेर बिश्व भरीनै युद्ध गर्ने अमेरिकानै प्रजातन्त्रको फलाको हालेर सबै भन्दा असान्ति मच्चाइ रहेको कुरा हामीले गभिर भएर बुझनु पर्छ ।
अहिले नेपाल राष्टले नया नेतिृत्वको माग गरिरहेको छ । नेपाली जनताले चाहेको नयां नेतृत्व भनेको नेकपा माओबादीको नेतृत्व हो र छिट्टैनै राष्टमा नेपाली जनताले चाहेको नेतृत्व हुनेछ भन्नु भयो । रााष्टले र जनता बलिदानी पुर्बक उठे भने संसारको कुनै तागतले रोक्न सक्दैन र हामी मुख्य रुपमा नेपाली जनताको बलमा नया नेपाल बनाउने नेतृत्व हुनु जरुरी भनिराखेका छोै । काग्रेस एमाले भारत र अमेरिकाको मुख ताक्छन् नेपाली जनतालाइ भर गर्दैनन्। बिश्व भरी भएर हामीले नेपाललाइ माया गनेै्र पर्छ । सासन ब्याबस्था मन नपरे जनताले गलत्याउने अधिकार नेपाली जनतालाइ दिनु पर्छ । चाहे त्यो सत्तामा जो सुकै पार्टीले चलाएको होस् । अहिले सबेै दलले आफ्नो दम्भ छोडेर नया ढंगले अगाडि बढ्न जरुरी छ । हामी त्यो दिशामा अत्यन्तै गभिरता पुर्बक लागि रहेका छौ । हामी त जनयुद्ध हाकेर आएका हौ । यदि जन भावना बिपरित दलहरु लाग्छन् भने हामी फेरी पनि टक्कर गर्न तयार छौं । नेपाली जनता पुर्ण रुपमा सार्बभौम नहुदा सम्म हामी लडिरहने छौ भन्नु भयॊ ।
अहिले पछिल्लो समस्या भनेको सबिधान सभाको चुनाव नै हो । हामी यो देशलाइ नतृेत्व दिन तयार छौ ा हामी अहिले बामपन्थिहरु मिलेर जानु पर्छ भन्ने मान्यतामा छौ । कतै कतै कुनै बिषयमा कागे्रस सगं पनि मिलेर जानुपर्छ भन्ने कुरामा दृढ छौ । भाषा भाषीजनजाति दलित तराइ पहाड हिमालबाट उठेका मुद्धाहरुको ठिक ढंगले हल गरेर चुनावमा जाउ भनेर भनिराखेका छौं र हाम्रो पार्टिले उठाएको पुर्ण सामुनुपातिक निर्वाचन प्रणाली का साथै जातिय क्षत्रीय स्वसत्ताले नै यि सबै समस्याको हल गर्दछ र त्यो नै अहिलेको समस्याको हल हुने सर्बतम बिधि हो भन्नु भयो ।sरीब दुई घण्टा तिस मिनेट सम्म वाहाको ओझपुर्ण मन्तब्यलाई उपस्थित सयौ जनसमुदायले अत्यन्तै ध्यान पुर्बक सुनेका थिए ।
उक्त कार्यकममा उपस्थित जनसमुदायबाट उठेका जिज्ञाुसाहरुको जवाफ क बलदेव ले दिनुभएको थियॊ ।
सन्य प्रतिष्टनका सदस्य क।प्रयास नेपाली राजदुतावसका प्रतिनिधी बिभिन्न संघसस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको उक्त अन्तरकृया कार्यक्रममा सयौ नेपाली समुदायको उत्साहबर्दक उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रमको अध्यक्षता नेपाली जनप्रगतिशिल मंच बेल्जियमका अध्यक्ष बिष्णु भुजेलले गर्नु भएको थियो भने उपस्थीत अतिथी प्रतिीनिधी तथा जनुसमुदायलाई मचका उपाध्यक्ष चित्र सुबेदीले स्वागत भाषण गर्नु भएको थियो भने कार्यक्रमको संचालन मंचका महासचिव दधिराज घिमिरेले गर्नु भएको थियो ।